मारियो गोट्जे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मारियो गोट्जे
व्यक्तिगत जानकारी
पुरा नाम मारियो गोट्जे
उचाइ १.७६ मिटर (५ फिट ९ इन्च)[१]
खेल्ने स्थान(हरू) मिड फिल्डर[२]
क्लब जानकारी
वर्तमान टोली
बोरूसिया डर्टमन्ड
सङ्ख्या १०
युवा करियर
१९९५-१९९८ एससी रोन्सबर्ग
१९९८-२००१ एफसी इन्ट्याच्ट होमब्रच
२००१-२००९ बोरूसिया डर्टमन्ड
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००९-२०१३ बोरूसिया डर्टमन्ड ८३ (२२)
२०१३-२०१६ बायर्न म्युनिख ७३ (२२)
२०१६- बोरूसिया डर्टमन्ड ६० (१०)
अन्तर्राष्ट्रिय करियर
२०१०- जर्मनी ६३ (१७)
*क्लब घरेलु लिग उपस्थिति र गोल

मारियो गोट्जे (जर्मनेली उच्चारण: [ˈɡœtsə]; जन्म: ३ जुन १९९२) जर्मनी राष्ट्रिय फुटबल टिम र फुटबल क्लब बोरूसिया डर्टमन्डका आक्रामक मिडफिल्डर हुन् । नम्बर १० मा आफ्नो दमदार भूमिकाको अलावा, गोट्जे बैकल्पिक ९ (फल्स नाइन) का रूपमा र बायाँ वा दायाँ विङ्गरका रूपमा पनि खेल्न सक्षम मानिन्छन् ।

२००९ देखि २०१३ सम्म बोरूसिया डर्टमन्डका लागि खेलेका उनले २०१०-११ बुन्डेसलिगा, २०११-१२ डिएफबी पोकल जिताएका थिए भने २०१३ युइएफए च्याम्पियन्स लिग फाइनल सम्म टोलीलाई पुर्याएका थिए । अप्रिल २०१३ मा, €३७ मिलियन मा उनी बायर्न म्युनिख हानिएका थिए । यसले उनलाई मेसुट ओजिल पछीका सबभन्दा महँगा जर्मन फुटबलर बनायो ।[३]

राष्ट्रिय टोलीमा मात्र १८ वर्षको उमेरमा सन् २०१० मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका गोट्जेले २ प्रमुख अन्तराष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका छन् । उनी जर्मन टोलीका सदस्य थिए जुन टोलीले यूइएफए यूरो २०१२मा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो भने २०१४ फिफा विश्वकप फाइनलमा उनले निर्णायक गोल गरेका थिए ।[४]

क्लब करियर[सम्पादन गर्नुहोस्]

अन्तराष्ट्रिय करियर[सम्पादन गर्नुहोस्]

२०१४ फिफा विश्वकप[सम्पादन गर्नुहोस्]

२०१४ फिफा विश्वकप फाइनलमा गोट्जेले जर्मनीका लागि निर्णायक गोल गर्दा एजीक्वील ग्यारे (देब्रे), मार्टीन डेमिचेलिस (बिच) र अर्जेन्टिनी गोलरक्षक सर्जियो रोमेरो २०१४ फिफा विश्वकप आफ्नो हातबाट चिप्लिएको महसुस गर्दै

खेल्ने तरिका[सम्पादन गर्नुहोस्]

गोट्जे दाया विङ्ग, बाया विङ्ग, आक्रामक मध्यपंक्ति जहाँबाट पनि खेल्न सक्ने क्षमतावान खेलाडी हुन् । गोट्जेलाई विश्वका उत्कृष्ट युवा फुटबलरहरूमा गनिन्छ जसमा तीव्र वेग, तकनिकी कौसल, ड्रिब्लिङ कला, र प्लेमेकरको भुमिका राम्रोसँग निभाउन सक्ने खुबी छ । बोरूसिया डर्टमन्डमा जर्जेन क्लोपको प्रशिक्षणमा उनी टोलीको ४-२-३-१ संरचनामा फरक फरक भुमिकामा मैदानमा उत्रन्थे । जापानी प्लेमेकर सिन्जी कगावाको डर्टमन्ड सँगको करार अवधि सकिएपछी क्लोपले गोट्जेलाई २०१२-१३ सिजनका लागि आक्रामक मध्यपंक्ति को कमान सम्हाल्ने अवसर दिएका थिए । गोट्जेको प्रतिभालाई जोएचिम लो ले जर्मनी राष्ट्रिय टिममा फल्स ९ का रूपमा प्रयोग गरेका थिए ।

जर्मन फुटबल लेजेन्ड फ्रान्ज बेकेनबउरले गोट्जेलाई “जर्मन मेस्सी"को नाम दिएका थिए । सन् २०१० मा जर्मन फुटबल संघका तत्कालिन प्रबन्ध निर्देशक म्याथीअस सामरले भनेका थिए : "गोट्जे जर्मनीले पाएको हालसम्मकै उत्कृष्ट खेलाडी हुन्"।

फुटबल बाहिर[सम्पादन गर्नुहोस्]

जर्मनीको मेम्मीनगेनमा जन्मिएका गोट्जेका पिता जर्जेन गोट्जे डर्टमन्ड प्राविधिक विश्वविद्यालय का प्राध्यापक हुन् ।[५][६] मारियो गोट्जेका दाजु फाबियन गोट्जे पनि फुटबलर हुन् ।[७] उनका भाइ फेलिक्स गोट्जे बायर्न म्युनिख यू-१७ टिमबाट खेल्दछन् ।[८] गोट्जेको प्रेमिका एन क्याथरिन ब्रोमेल हुन् । [९] गोट्जे क्रिष्टियन धर्मावलम्बी हुन् ।[१०][११][१२]

करियर तथ्याङ्क[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

क्लब प्रदर्शन लिग कप महादेशिय अन्य जम्मा Ref.
क्लब लिग सिजन उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
जर्मनी लिग डिएफबी-पोकल यूरोप अन्य जम्मा
बोरूसिया डर्टमन्ड बुन्डेस लिगा २००९-१० [१३]
२०१०-११ ३३ ४१ [१४]
२०११-१२ १७ २६ [१५]
२०१२-१३ २८ १० ११ ४४ १६ [१६]
जम्मा ८३ २२ २३ ११६ ३१
बायर्न म्युनिख २०१३-१४ २७ १० ११ ४४ १५ [१७][१८]
२०१४-१५ २९ १० ४४ १५ [१९]
जम्मा ५६ १९ २१ ८८ ३०
करियर जम्मा १३९ ४१ १६ ४४ ११ २०४ ६१

अन्तराष्ट्रिय[सम्पादन गर्नुहोस्]

सेप्टेम्बर २०१५ सम्म

जर्मनी राष्ट्रिय टिम
वर्ष उपस्थिति गोल
२०१०
२०११ ११
२०१२
२०१३
२०१४ १५
२०१५
जम्मा ४६ १६

अन्तराष्ट्रिय गोल[सम्पादन गर्नुहोस्]

गोल मिति स्थान विपक्षी स्कोर नतिजा प्रतिस्पर्धा
१. १० अगस्ट २०११ मर्सिडिज-बेन्ज एरिना, स्टुटगार्ट, जर्मनी  ब्राजिल –० ३–२ मैत्रीपुर्ण
२. २ सेप्टेम्बर २०११ भेल्टीन्स-एरिना, गेल्सेनकिर्चेन, जर्मनी  अस्ट्रिया –२ ६–२ यूइएफए यूरो २०१२छनौट
३. ७ सेप्टेम्बर २०१२ एडब्लुडी-एरिना, हेनोभर, जर्मनी  फरोइ टापु –० ३–० २०१४ फिफा विश्वकप छनौट
४. २२ मार्च २०१३ एस्टाना एरिना, एस्टाना, काजख्स्तान  कजाख्स्तान –० ३–० २०१४ फिफा विश्वकप छनौट
५. २६ मार्च २०१३ फ्रान्केनस्टेडीयन, नुरेमबर्ग, जर्मनी  कजाख्स्तान –० ४–१ २०१४ फिफा विश्वकप छनौट
६. १५ अक्टोबर २०१३ फ्रेन्ड्स एरिना, सोल्ना, स्विडेन  स्विडेन –२ ५–३ २०१४ फिफा विश्वकप छनौट
७. ५ मार्च २०१४ मर्सिडीज-बेन्ज एरिना, स्टुटगार्ट, जर्मनी  चिली –० १–० मैत्रीपुर्ण
८. 6 June 2014 Coface Arena, Mainz, Germany  आर्मेनिया 5–1 6–1 Friendly
९. 6–1
१०. 21 June 2014 Castelão, Fortaleza, Brazil  घाना 1–0 2–2 2014 FIFA World Cup
११. 13 July 2014 Estádio do Maracanã, Rio de Janeiro, Brazil  अर्जेन्टिना 1–0 1–0 2014 FIFA World Cup Final
१२. 3 September 2014 Esprit Arena, Düsseldorf, Germany  अर्जेन्टिना 2–4 2–4 Friendly
१३. 14 November 2014 Frankenstadion, Nuremberg, Germany  जिब्राल्टार 3–0 4–0 UEFA Euro 2016 qualifying
१४. 10 June 2015 RheinEnergieStadion, Cologne, Germany  संयुक्त राज्य अमेरिका 1–0 1–2 Friendly
१५. 4 September 2015 Commerzbank-Arena, Frankfurt, Germany  पोल्यान्ड 2–0 3–1 यूइएफए यूरो २०१६ छनौट
१६. 3–1

सम्मान[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

बोरूसिया डर्टमन्ड[२०]
बायर्न म्युनिख[२०]

अन्तराष्ट्रिय[सम्पादन गर्नुहोस्]

जर्मनी

व्यक्तिगत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "बायर्न प्रोफाइल मारियो गोट्जे", एफसी बायर्न, अन्तिम पहुँच २२ मे २०१४ 
  2. "मारियो गोट्जे", एफसी बायर्न म्युनिख, अन्तिम पहुँच ८ फेब्रुअरी २०१५ 
  3. "Mario Gotze to join Bayern Munich from Borussia Dortmund", BBC, २३ अप्रिल २०१३, अन्तिम पहुँच २२ जुन २०१३ 
  4. "Gotze goal hands Germany World Cup", ESPN FC, १३ जुलाई २०१४, अन्तिम पहुँच १४ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण ५ डिसेम्बर २०१४ मिति
  5. "Prof. Dr.-Ing. Jürgen Götze" (जर्मनमा), e-technik.uni-dortmund.de, १३ जुलाई २०११, अन्तिम पहुँच १४ जुलाई २०१४ 
  6. Hoß, Dieter (११ अगस्ट २०११), "Der "kleine Gott" des deutschen Fußballs" (जर्मनमा), stern.de, अन्तिम पहुँच ४ नोभेम्बर २०११ 
  7. "37 Millionen günstiger" (जर्मनमा), Süddeutsche Zeitung, अन्तिम पहुँच २ जुलाई २०१३ 
  8. "Bayern holt noch einen Götze" (जर्मनमा), sport1.de, १६ जुलाई २०१४, अन्तिम पहुँच १७ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३१ डिसेम्बर २०१४ मिति
  9. Tate, Amethyst (१४ जुलाई २०१४), "Who Is Ann-Kathrin Brommel? Mario Gotze's Girlfriend Is German Lingerie Model", International Business Times, अन्तिम पहुँच १७ जुलाई २०१४ 
  10. Moore-Bridger, Benedict; Bryant, Miranda (१४ जुलाई २०१४), "Mario Gotze: the story behind Germany's 'miracle boy' after his stunning World Cup-winning goal", London Evening Standard, अन्तिम पहुँच २० जुलाई २०१४ 
  11. Hinrichs, Miriam (२६ जुन २०१४), "Ich danke Gott!" (Germanमा), jesus.ch, अन्तिम पहुँच २६ जुन २०१४ 
  12. "Götze dankt Gott bei Facebook" (Germanमा), Bild, २६ जुन २०१४, अन्तिम पहुँच २६ जुन २०१४ 
  13. "Götze, Mario", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच १८ अगस्ट २०१४ 
  14. "Götze, Mario", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच १८ अगस्ट २०१४ 
  15. "Götze, Mario", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच १८ अगस्ट २०१४ 
  16. "Götze, Mario", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच १८ अगस्ट २०१४ 
  17. "Götze, Mario", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच १८ अगस्ट २०१४ 
  18. "Bayern im Finale – Guangzhou kein Prüfstein", kicker (Germanमा), १७ डिसेम्बर २०१३, अन्तिम पहुँच ११ मार्च २०१४ 
  19. "Götze, Mario", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच ६ मे २०१५ 
  20. २०.० २०.१ २०.२ "M. Götze", Soccerway, अन्तिम पहुँच १८ जुलाई २०१४ 
  21. Gartenschläger, Lars (६ जुन २०१३), "Khedira, Özil, Neuer – Aufstieg der Euro-Helden" (जर्मनेलीमा), welt.de, अन्तिम पहुँच १७ जुलाई २०१४ 
  22. २२.० २२.१ "Ausgezeichnet! Diese Jungstars holten Gold" (जर्मनेलीमा), kicker.de, अन्तिम पहुँच १८ जुलाई २०१४ 
  23. Doyle, Mark (५ डिसेम्बर २०११), "Borussia Dortmund's Mario Gotze lands 'Golden Boy' award for 2011", goal.com, अन्तिम पहुँच ११ डिसेम्बर २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]