मार्क डेविड च्यापम्यान
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
|
यसलाई नेपाली भाषामा उल्था गर्न आवश्यक छ। यसलाई नेपालीमा उल्था गर्नुहोस। नेपालीमा लेख्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोस्। |
मार्क डेविड च्यापम्यानको जन्म सन् १९५५ मे महिनाको १० तारिखका दिन अमेरिकाको टेक्सास् राज्यमा भएको थियो। सन् १९८० डिसेम्बर ८ तरिखका दिन रातीको एघार बज्न लाग्दा आफ्नो अपार्टमेण्ट फर्कँदै गरेका जोन लेनन माथि छ गोली (जस मध्य पाँच गोली खाए पछि जोन सडकको पेटीमा ढलेका थिऐ) प्रहार गरि हत्या गरिदिने यीनै हुन। अझ छक्क पर्दो कुरो के छ भने यिनी विटल्स ब्याण्ड तथा जोन लेननका ठूला फ्यान थिऐ।
मार्क डेविड च्यापम्यानले दिउँसो मात्र जोन लेननको अटोग्राफ लिएर हात पनि मिलाएका थिऐ। साविती वयान दिने क्रम पछि उनले जोन लेननलाई पहिले पनि मार्न चाहेको तर आँट नआएको स्वीकारे। विटल्सलाई हद भन्दा बढी मनपराउने डेविड मार्क च्यापम्यान वास्तविक जीवनमा पनि जोन लेननलाई आफ्नो हीरोको रूपमा हेर्दथे। यीनी आफूले पनि जापानी मूलकी केटी सँग जोनले जस्तै विवाह गरेका थिऐ।
मार्क डेविड आफ्नो आर्थिक अवस्था देखि निक्कै निराश थिऐ। यसो हुनाको कारण उनले जोन लेननलाई ठाने। “भन्नलाई चै यस्तो होस् उस्तो होस्, धनी गरीब नहोस् आदि भन्ने तर आफू चैँ करोडौँ डलर कमाई दामी दामी घर जग्गा किन्ने, जहाज किन्ने, यो त हामी जस्ता उसका सबै चक्काहरू किनेर आफ्नो जीवननै त्यसैमा समर्पित गर्नेहरूलाई ‘उल्लु’ बनाको होईन त ?”
मार्क डेविड The Catcher in the Rye भन्ने पुस्तकका पनि ठूला फ्यान थिऐ। हत्याको बेला उसँग यो पुस्तक साथमा थियो। त्यस बाहेक बाईबल अनि विटल्सका सम्पूर्ण एलबमहरू उसंगै थिऐ। मार्क डेविडलाई बीस वर्षको जन्म कैद सजाय भयो। पाँच पटक सम्म (सन् २०००, २००२, २००४, २००६ र २००८) उनको सजाय माफको याचना अस्वीकार गरियो। सन् २००५मा बेलायती टेलीभिजन च्यानल, Chanel 4ले उनको अन्तर्वाता प्रसारण गर्न खोजेका थिऐ जसलाई जोन लेननकी श्रीमति योको ओनोले प्रचण्ड विरोध गरे पछि स्थगित गर्नु परेको थियो। मार्कले गरेको जोन लेननको हत्याको विषयलाई लिएर अहिले सम्म दुई वटा चलचित्रहरू निर्माण भैसकेका छन्। Chapter 27 अनि The Killing of John Lennon। न्युयोर्क अवस्थित साँगितिक ब्याण्ड Mindless Self Indulgenceले “If” भन्ने एल्बममा “Mark David Chapman” शीर्षक गीत नै बनाऐका छन्।