माल्टा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Malta
माल्टा
—  गाँउ विकास समिति  —
देश  नेपाल
अञ्चल बागमती
जिल्ला ललितपुर जिल्ला
जनसङ्ख्या (2001)
 - जम्मा २,१३०
समय क्षेत्र Nepal Time (UTC+5:45)

परिचय[सम्पादन गर्ने]

नेपालको मानचित्रमा ७५ जिल्लाहरूमा ललितपुर जिल्लाका ४१ वटा गा.वि.स. हरू मध्ये माल्टा गा.वि.स.ले गौरवमय स्थान ओगटेको छ। नेपाल अधिराज्यको मध्यमाञ्चाल विकास क्षेत्र अन्तर्गत बाग्मती अञ्चलका आठ जिल्लाहरू मध्ये ललितपुर जिल्लाको दक्षीणी क्षेत्रमा पर्ने माल्टा गा.वि.स. ऐतिहासिक, धार्मिक तथा प्राकृतिक दृष्‍टिकोणले सम्पन्न गा.वि.स. हो। धार्मिक रूपले महत्त्वपूर्ण चण्डेश्वरी गुफा र मन्दिर, कालीदेवीको मन्दिर, त्रिखण्डेश्वर महादेव, र डर लाग्दो देविको रूपमा चिनिने राकसदेवि स्थान आदिले गर्दा पनि माल्टा गा.वि.स. प्रख्यात रहेको छ। भौगोलिक बनवट नै माल्टा गा.वि.स.को मुख्य विशेषता हो साथै वनजङ्गलको विविधता, विभिन्न जातिहरूको रहन-सहन र भेष-भुषा आदिको विविधताले गर्दा पनि यस गा.वि.स.ले आफ्नो छुट्टै पहिचान बोकेको छ।

जनसंख्या[सम्पादन गर्ने]

सन् २००१को तथ्याङ्क अनुसार माल्टा गा.वि.स.को जनसंख्या २१३० रहेको छ।[१] जस मध्ये १०६५ जना पुरुष र १०६५ जना महिला रहेका छन्। साथै उक्त तथ्याङ्क अनुसार यस गा.वि.स.मा ३७० घरधूरी रहेका छन्। यस गा.वि.स.को औसत परिवार संख्या ५.७५ रहेको छ भने लैङ्गिक अनुपात १००.०० रहेको छ।

इतिहास[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

चित्र:माल्टा गा.वि.स.को नक्शा.jpg
माल्टा गा.वि.स.को नक्शा

भौगोलिक सिमाना

माल्टा गा.वि.स.को पूर्वमा भट्टेडाँडा गा.वि.स., पश्चिममा मकवानपुर जिल्लाको इपा पञ्चकन्या गा.वि.स., उत्तरमा घुसेल र देविचौर गा.वि.स. र दक्षिणमा इपा पञ्चकन्या र प्युटार गा.वि.स. पर्दछन्।

भौगोलिक स्थिति

माल्टा ग.वि.स.को फैलावट लगभग २७ डिग्री २८ मिनेट देखि २७ डिग्री ३१ मिनेट उत्तरी अक्षांश र ८५ डिग्री १४ मिनेट देखि ८५ डिग्री १६ मिनेट पूर्वी देशान्तर(अनुमानित)सम्म रहेको छ। यस गा.वि.स. समुद्री सतह देखि लगभग ७१० मिटर देखि २२५० मिटरसम्मको उचाईमा रहेको छ। यस माल्टा गा.वि.स.ले करिब ७०५०(अनुमानित) एकड जमीन ओगटेको छ। यस गा.वि.स.को लगभग एक तिहाइ भन्दा कम भू-भाग समथर रहेको छ भने बाँकी भाग पहाडै-पहाड रहेको छ। माल्टा गा.वि.स. चारैतिर पहाडै-पहाडले घेरिएको एक सानो उपत्यकाको रूपमा रहेकोले माल्टा गा.वि.स.लाई ललितपुर जिल्लाकै अनुपम स्थलको रूपमा लिन सकिन्छ।

राजनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

माल्टालीहरूकोको मुख्य पेशा भनेको कृषि नै हो। यहाँका करीब ९०% भन्दा बढी मानिसहरू कृषिमा निर्भर रहेको पाइन्छ भने बाँकी १०% मानिसहरू राजधानीमा गई अन्य व्यवसाय तथा सेवामा लागेको पाइन्छ। यहाँका मुख्य खाद्य बालीहरूमा धान, मकै, गहुँ, कोदो, फापर आदी रहेका छन् साथै रातो सिमी(राजमा) नगदे बालीको रूपमा रहेको छ भने तेलहन बालीहरूमा तोरी, सर्स्युँ र हाल सुर्यमुखी फुललाई पनि तेलहन बालीका रूपमा प्रयोग गर्न थालिएको पाइन्छ। यस गा.वि.स.लाई यातायातले राजधानीसँग जोडेपनि स्थायी रूपमा भने सवारी साधन चल्न सकेको छैन। वि.सं. २०१८ सालतिर निर्माण भएको कान्तिराजपथ यही गा.वि.स. भएर गएको छ, कान्तिराजपथलाई तराईराजधानी जोड्ने सबैभन्दा छोटो राजमार्गको रूपमा लिइन्छ। हाल यो राजमार्ग जिर्ण अवस्थामा रहेको छ।

धर्म[सम्पादन गर्ने]

यस गा.वि.स.मा विशेषगरि हिन्दू धर्मालम्बिहरूको बाहुल्यता रहेको पाइन्छ साथै बौद्ध र क्रिश्चयन धर्म मान्नेहरू पनि न्यन मात्रामा रहेका छन्।

जीवनशैली[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]


बाहिरी कडीहरू[सम्पादन गर्ने]


अरु सम्बन्धित बिषयहरू[सम्पादन गर्ने]