मित्रमणि आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मित्रमणि आचार्य तत्कालीन (छैठौं) पक्षधर अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रामपुर कृषि क्याम्पस (प्रस्तावित नेपाल कृषि तथा वन विश्वविद्यालय), चितवनका स्ववियु सभापति हुनुहुन्थ्यो। सांगठनिक कामको शिलशिलामा चितवनको मेघौली पुगेको बेला उहाँलाई नेविसंघका गुण्डाहरूले २०४२ वैशाख १८ गते सांघातिक आक्रमण गरेका थिए। त्यही आक्रमणबाट उहाँको उपचार गर्दागर्दै मृत्यु भयो। उहाँको हत्या भएको मिति वैशाख १८ गतेलाई प्रत्येक वर्ष मित्रमणि दिवसको रूपमा मनाउने गरिन्छ। मित्रमणिको क्षमता, प्रतिभा, व्यक्तित्व र राजनीतिक क्रियाशीलताबाट क्षुब्ध भएका कांग्रेसी र पंचहरूको मिलेमतोमा उहाँको हत्या गरिएको थियो।[१]

श्रोतहरू[सम्पादन गर्नुहोस्]