मुम्बई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुम्बई
Mumbai
बम्बाइ
बोम्बे
शीर्षबाट क्रमश: कफी परेड गगनचुम्बी, ताजमहल प्यालेस एन्ड होटल, छत्रपति शिवाजी टर्मिनस, बान्द्रा-वर्ली सागर बाँध, र गेटवे अफ इन्डिया
उपनाम(हरू): 
सात टापुको सहर, सिटी अफ ड्रिम्स,[१] गेटवे टु इन्डिया, हलिउड अफ इन्डिया
देश भारत
राज्यमहाराष्ट्र
जिल्लामुम्बई सिटी
मुम्बई सुबुरबन
पूर्व नामबोम्बे
आधिकारिक भाषामराठी[२][३]
मौलिक भाषामराठीकोंकणी
स्थापना१५०७
नामकरणमुम्बादेवी
सरकार
 • प्रकारमेयर-परिषद
 • अङ्गएमसिजिएम
 • मेयरस्नेहल अम्बेकर[४] (शिव सेना)
 • नगरपालिका प्रमुखअजोय मेहता[५]
क्षेत्रफल
 • महानगर६०३ किमी (२३३ वर्ग माइल)
 • महानगर४,३५५ किमी (१,६८१.५ वर्ग माइल)
उन्नतांश
१४ मिटर (४६ फिट)
जनसङ्ख्या
 (२०११)[७]
 • महानगर१२,४४२,३७३
 • क्रम१औँ
 • घनत्व२१०००/किमी (५३०००/वर्ग माइल)
 • महानगर१८,४१४,२८८
२०,७४८,३९५(Extended UA)
 • मेट्रो क्रम
१औँ
वासिन्दामुम्बईकर
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
जिप कोड
४०० ००१ देखि ४०० १०७
क्षेत्रीय सङ्केत+९१-२२
सवारी दर्ताMH-०१ (केन्द्रीयl), MH-०२ (पश्चिम), MH-०३ (पूर्व), MH-४७ (उत्तर)
वेबसाइटwww.mcgm.gov.in

मुम्बई (/mʊmˈb/; पूर्व नाम: बम्बई) भारतको पश्चिमी तटमा स्थित भारतीय राज्य महाराष्ट्रको राजधानी हो । यसको अनुमानित जनसङ्ख्या ३ करोड २९ लाख रहेको छ ।[९] यो भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको नगर हो । यस नगरको गठन सात सानो-सानो टापुहरूबाट भएको हो र यो बाँधद्वारा प्रमुख भू-खण्डबाट जोडिएको छ । मुम्बई बन्दरगाह भारतवर्षको उत्कृष्ट सामुद्रिक बन्दरगाह हो । युरोप, अमेरिका, अफ्रिका आदि पश्चिमी देशहरूसँग जलमार्ग वा हवाई मार्गबाट आउने जहाज यात्री तथा पर्यटक सबैभन्दा पहिले मुम्बई नै आउने गर्छन् यसकारण मुम्बईलाई भारतको प्रवेशद्वार भन्ने गरिन्छ ।

मुम्बई भारतको उत्कृष्ट वाणिज्यिक केन्द्र हो । यसको भारतको कुल कुल घरेलु उत्पादनमा ५% को भागेदारी छ ।[१०] मुम्बई विश्वको सर्वोच्च दश वाणिज्यिक केन्द्रहरू मध्ये एक हो ।[११] भारतको प्राय जसो सबै बैङ्क तथा व्यापारिक कार्यालयहरूको प्रमुख कार्यालय तथा कयौं महत्त्वपूर्ण आर्थिक संस्थान जस्तै भारतीय रिजर्भ बैङ्क, बम्बई स्टक एक्स्चेञ्ज, नेशनल स्टक एक्स्चेञ्ज तथा अनेकौ भारतीय कम्पनीहरूको निगमित मुख्यालय तथा बहुराष्ट्रिय कम्पनीहरू मुम्बईमा अवस्थित छ । यसैकारण यसलाई भारतको आर्थिक राजधानी पनि भन्ने गरिन्छ। नगरमा भारतको हिन्दी चलचित्र तथा दूरदर्शन उद्योग पनि छ, जुन बलिउडको नामले प्रसिद्ध छ ।[१२]

उद्गम[सम्पादन गर्नुहोस्]

मुम्बई नाम दुई शब्दहरू मिलेर बनेको छ, मुम्बा वा महा-अम्बा  – हिन्दू देवी दुर्गाको रूप, जसको नाम मुम्बा देवी हो  – र आई, मराठी भाषामा आमालाई भन्ने गरिन्छ ।[१३] पूर्व नाम बम्बे वा बम्बईको उद्गम सोर्हौ शताब्दीबाट आएको हो, जब पोर्चुगेली मनिसहरू यहाँ सबैभन्दा आए, र यसलाई विभिन्न नामहरूले बोलाउन सुरू गरे, जुन अन्ततः बम्बेको रूप लिखितमा लिन सक्यो । यो नाम अहिले पनि पोर्चुगेलीहरू प्रयोग गर्छन । सत्रहौ शताब्दीमा, ब्रिटिश मानिसहरू यहाँ अधिकार जमाए पछि, यसको पूर्व नामको अङ्ग्रेजीकरण गरे, जुन बाम्बे बन्यो । तर मराठी मानिसहरू यसलाई मुम्बई र हिन्दी भाषी मानिसहरू यसलाई बम्बई नै भन्ने गरे ।[१४][१५] यसको नाम आधिकारिक रूपले सन् १९५५ मा मुम्बई बन्यो।

इतिहास[सम्पादन गर्नुहोस्]

कान्दिवली नजिकै उत्तरी मुम्बईमा भेटिएको प्राचीन अवशेषहरू सङ्केत गर्छन्, कि यो द्वीप समूह पाषाण युग देखि नै अस्तित्वमा छ । मानव जनसङ्ख्याको लिखित प्रमाण इशा पूर्व २५० सम्म पाइन्छ, जब यसलाई ह्यापटानेसिया भन्ने गरिन्थ्यो । इशा पूर्व तेस्रो शताब्दीमा यो द्वीपसमूह मौर्य साम्राज्यको भाग बन्यो, जब बौद्ध सम्राट अशोक महानको शासन थियो ।

सन् १५३४ मा पोर्चुगेली मानिसहरूले गुजरातका बहादुर शाहबाट यो द्वीप समूह नियन्त्रणमा लीन सफल भयो । जुन पछि चार्ल्स द्वितीय, इङ्ल्यान्डलाई दहेज स्वरूप हस्तान्तरण गरेको थियो ।[१६]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Seven Islands", The Mumbai Pages, १६ जुलाई १९९५, अन्तिम पहुँच २७ अक्टोबर २०१२ 
  2. National Commissioner Linguistic Minorities 50th report, page 131 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०८ मिति. Government of India. Retrieved 15 July 2015.
  3. "Evolution of the Corporation, Historical Milestones", Mumbai: Municipal Corporation of Greater Mumbai, अन्तिम पहुँच Jul १५, २०१५ 
  4. "Sena’s Snehal Ambekar is first Dalit woman Mayor of city", The Indian Express (Mumbai), १० सेप्टेम्बर २०१४, अन्तिम पहुँच Jun २२, २०१५ 
  5. "Ajoy Mehta replaces Sitaram Kunte as new BMC Commissioner", Daily News and Analysis (Mumbai), २७ अप्रिल २०१५, अन्तिम पहुँच मे २०, २०१५ 
  6. "Mumbai metropolitan area" (इटालेलीमा), Projectsecoa.eu, अन्तिम पहुँच १४ मार्च २०१३  वेब्याक मेसिन अभिलेखिकरण १ मार्च २०१४ मिति
  7. "Maharashtra (India): Districts, Cities, Towns and Outgrowth Wards - Population Statistics in Maps and Charts" 
  8. "INDIA STATS : Million plus cities in India as per Census 2011", Press Information Bureau, Mumbai, National Informatics Centre, अन्तिम पहुँच २० अगस्ट २०१५ 
  9. विश्व गैज़ेटियर अनुमान 2008-01-01
  10. "बम्बाइ अर्बन इंफ्रास्ट्रक्चर परियोजना", बम्बाइ महानगरीय क्षेत्र विकास प्राधिकरण]]।  |accessed= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-२३ मिति
  11. "Mumbai among world's top 10 financial flow hubs", Rediff News, २००७-०६-१८। 
  12. मनोरमा ईयरबुक 2006, कोट्टायम, भारत: मलयाला मनोरमा, २००६, आइएसबिएन 8189004077 
  13. Sheppard, Samuel T (१९१७), Bombay Place-Names and Street-Names:An excursion into the by-ways of the history of Bombay City, Bombay, India: The Times Press, पृ: pp 104–105, एएसआइइन B0006FF5YU 
  14. Sujata Patel & Jim Masselos, सम्पादक (२००३), "Bombay and Mumbai: Identities, Politics and Populism", Bombay and Mumbai. The City in Transition, Delhi, India: The Oxford University Press, पृ: pg 4, आइएसबिएन 0195677110 
  15. Mehta, Suketu (२००४), Maximum City: MUMBAI Lost and Found, Delhi, India: Penguin, पृ: pg 130, आइएसबिएन 0144001594 
  16. "UK Government Foreign and Commonwealth Office", २००७-०६-२८, मूलबाट २००३-०७-३१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०१-०६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]