मुर्तिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुर्तिया गाविसमा रहेको प्राचिन खण्डहर
प्राचिन शिलालेख

मुर्तिया सर्लाही जिल्लामा अवस्थित एक गाविस हो। यस गाविसको वडा नम्बर ३मा राजमार्गभन्दा करीब तीन किलोमिटर भित्र घना जंगलमा विभिन्न देवी देउताका मूर्तिहरू रहेका छन्। मुर्तिहरू भएकै कारणले सो स्थानको नाम मुर्तिया रहन गएको स्थानीय बासिन्दाको भनाइ रहेको छ। बिसं २०२७ सालमा तत्कालीन राजा महेन्द्र शाहको पहलमा सो स्थानको उत्खनन गरिएको थियो। उत्खननबाट सयौंको संख्यामा मूर्तिहरू फेला परेका थिए। मूर्तिहरूको संरक्षण गर्न पहल नगरिदा धेरै मूर्तिहरू चोरी भइसकेका छन्। करीब दुई विघा जग्गामा उत्खनन गरिए पनि थप उत्खनन र संरक्षणको कार्य हुन सकेको छैन। कलात्मक कला प्रयोग गरिएको देखिने ती मूर्तिहरू हजारौं वर्ष पहिलेका भएको अनुमान पुरातत्व विभाग (नेपाल)को अनुमान छ। बागमती नदीकिनारमा रहेको मूर्तियामा कुनै राजाको ठूलो दरबार हुनसक्ने अनुमान गरिएको छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]