मुहम्मद युनूस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुहम्मद यूनुस
मुहम्मद यूनुस बिश्वब्यापी अर्थशास्त्र सम्मेलन डेभोसमा
जन्मसन् १९४० जुन २८
चिटागोंग, ब्रिटिश राज
(हाल बङ्गलादेश)
राष्ट्रियताबङ्गलादेशी
संस्थान
क्षेत्र
बिद्यालय/परम्परामाइक्रोक्रेडिट
शिक्षा
योगदान
पुरस्कार
जानकारी हरु यहाँ IDEAS/RePEc छन् ।
मुहम्मद युनूस
वेबसाइटhttp://www.muhammadyunus.org/ Edit this on Wikidata

मुहम्मद युनूस (बङ्गाली भाषा:মুহাম্মদ ইউনূস) बाङ्गलादेशका ख्यातिप्राप्त अर्थशास्त्री, बैङ्कर तथा नागरिक समाजका अगुवा हुन् । उनलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित गरिएको थियो । बङ्गलादेशमा ग्रामिण बैङ्क तथा लघुवित्त स्थापना गरी ग्रामिण क्षेत्रमा उल्लेखनीय आर्थिक सुधार गरेबापत त्यहाँको ग्रामिण बैङ्क तथा युनूसलाई संयुक्त रूपमा सो पुरस्कार प्रदान गरिएको हो । विश्वमा शान्ति स्थापनाका निम्ति गरिबीलाई चिर्नु आवश्यक छ भन्ने निष्कर्षका साथ नर्वेको नोबेल कमिटीले डा. युनूस तथा उनले स्थापना गरेको ग्रामिण बैङ्कलाई नोबेल पुरस्कारका निम्ति सिफारिस गरेको थियो । उनी नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम बङ्गलादेशी पनि हुन् । यसबाहेक पनि डा. युनूस विभिन्न पुरस्कारहरूबाट सम्मानित भएका छन् । सन् २००९ मा उनले संयुक्त राज्य अमेरिकाको प्रेसिडेन्सीयल मेडल अफ फ्रिडम तथा सन् २०१० मा कंग्रेसनलगोल्ड मेडलबाट सम्मानित भए । सन् २००८मा फरेन पोलेसी नामक पत्रिकाले प्रमुख १०० विश्वस्तरीय चिन्तकहरूको सूचीमा दोस्रो स्थानमा राखेको थियो ।


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "List of Independence Awardees", Cabinet Division, Government of People's Republic of Bangladesh, अन्तिम पहुँच २०१२-११-२९ 

यस बाहेक पढ्नुहोस[सम्पादन गर्नुहोस्]

  • David Bornstein; The Price of a Dream: The Story of the Grameen Bank and the Idea That Is; Simon & Schuster; १९९६; ISBN ०-६८४-८११९१-X

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]