मूल्य अभिबृद्धि कर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

परिभाषा[सम्पादन गर्ने]

मुल्य अभिवृध्दि कर (अंग्रेजी: Value Added Tax) भन्नाले वस्तु तथा सेवाको मुल्यमा भएको वृध्दि रकममा लाग्ने करलाई बुझाउँदछ । यसलाई मु.अ.कर पनि भनिन्छ । यो कर विभिन्न देशमा फरक फरक दरमा असूल गरिन्छ। नेपालमा यो कर मुल्य अभिवृध्दि कर ऐेन, २०५२ तथा मुल्य अभिवृध्दि कर नियमावली, २०५३ ले निर्दिष्ट गरे अनुसार लागु गरिएको छ।[१] हाल नेपालको व्यवस्था अनुसार बृद्धि भएको मूल्यको १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्ने व्यवस्था छ। उदाहरणको लागी कुनै मु.अ.कर लाग्ने बस्तु रु. १०० मा खरिद गरि रु. १२० मा विक्रि गरिन्छ भने मुल्यमा थप भएको रकम रु.२० (१२०-१००) मा कर लाग्दछ । नेपालमा मुल्य अभिवृध्दि कर वस्तु तथा सेवाको आपूर्तिको कारोवारमा लाग्दछ ।

कर लाग्ने कारोवार[सम्पादन गर्ने]

  • नेपाल भित्र आपूर्ति भएको वस्तु तथा सेवाहरु
  • नेपाल भित्र आयात गरिएका वस्तु तथा सेवाहरु
  • नेपाल बाहिर निर्यात गरिएकोवस्तु तथा सेवाहरु

करका दरहरु[सम्पादन गर्ने]

  1. शुन्य दरः मुल्य अभिवृध्दि कर ऐेन, २०५२ को अनुसुचि २ मा उल्लेख गरिएका वस्तु तथा सेवाहरुमा शुन्य दर लाग्दछ ।
  2. १३ प्रतिशतः सामान्य अवस्थामा मुल्य अभिवृध्दि कर ऐन तथा नियमावली अनुसार एकल १३ प्रतिशत लाग्दछ

कर नलाग्नेः मुल्य अभिवृध्दि कर ऐेन, २०५२ को अनुसुची १ मा उल्लेख गरिएको वस्तु तथा सेवामा मुल्य अभिवृध्दि कर लाग्दैछ ।

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्ने]

  1. मुल्य अभिवृध्दि कर ऐन, २०५२