मेलम्ची नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मेलम्चीबाट अनुप्रेषित)
मेलम्ची नगरपालिका
देश नेपाल
प्रदेशप्रदेश नं. ३
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • मेयरडम्बर बहादुर अर्याल (ने.क.पा.)
 • उप मेयरभगवती नेपाल (ने.क.पा.)
क्षेत्रफल
 • जम्मा९०.४ किमी (३४.९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,९५५
 • घनत्व३२०/किमी (८३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११
वेबसाइटwww.melamchimun.gov.np

मेलम्ची नगरपालिका नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती अञ्चलमा पर्ने सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा सिन्धुपाल्चोक जिल्लामा मेलम्ची, बाँसबारी, सिन्धुकोट, तालामाराङ, फटकशिला, ज्यामिरेशिखरपुर यी ७ गाउँ विकास समितिहरूलाई समेटेर मेलम्ची नगरपालिका घोषणा गरिएको हो।[३][४] मेलम्ची नगरपालिकाको केन्द्रभने मेलम्चीबजारमा रहको छ।[२] नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।[४]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

मेलम्ची नगरपालिका साविकका मेलम्ची, बाँसबारी, सिन्धुकोट, तालामाराङ, फटकशिला, ज्यामिरेशिखरपुर गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ७ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा मेलम्ची नगरपालिकाको कूल जनसङ्ख्या २८,९५५ हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. २.० २.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. ४.० ४.१ "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]