यजुर्वेद

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

यजुर्वेद चार वेदहरू मध्येको हिन्दू धर्मको एउटा महत्त्वपूर्ण श्रुति धर्मग्रन्थ हो। यसमा यज्ञ-प्रक्रियाको निम्ति गद्य र पद्य मन्त्रहरू छन्। यजुर्वेद यजुस + वेद यो हिन्दू धर्मका चार पवित्रतम प्रमुख ग्रन्थहरूमा एउटा हो। यज्ञमा वाचन गरिने गद्यात्मक मन्त्रहरूलाई ‘यजुस’ भनिन्छ। यजुस नाममा नैं आधारित यस वेदको का नाम यजुस+वेद दुइ शव्दहरूको सन्धिले (यजुर्वेद) बनिएकोछ। यजुर्वेदका पद्यात्मक मन्त्र ॠग्वेद अथवा अथर्ववेदबाट लिएका छन्।[१] यसमा स्वतन्त्र पद्यात्मक मन्त्र धेरै कम छन्। यस वेदमा अधिकांशतः यज्ञ र हवनका नियम तथा विधान छन्, अतः यो ग्रन्थ कर्मकाण्ड प्रधान छ। जहाँ ॠग्वेदको रचना सप्त-सिन्धु क्षेत्रमा भएको थियो भनें यजुर्वेदको रचना कुरुक्षेत्रको प्रदेशमा भएको हो।[२] कसै-कसैको मतानुसार यसको रचनाकाल १४०० से १००० ई.पू. मानिन्छ। यजुर्वेदका संहिताहरू लगभग अन्तमा रचिएका संहिताहरू हुन्, जो ईसा पूर्व द्वितीय सहस्राब्दि देखि प्रथम सहस्राब्दीको आरंभिक शताव्दीहरूमा लेखिएका हुन्।[१] यस ग्रन्थद्वारा आर्यहरूको सामाजिक तथा धार्मिक जीवनमाथि पूर्ण रूपमा असर परेको देखिन्छ। त्यस बेलाको वर्ण-व्यवस्था तथा वर्णाश्रमको झाँकी पनि यसैमा छ। यजुर्वेद संहितामा वैदिक कालका धर्मका कर्मकाण्ड आयोजनका साथै यज्ञ गर्नका निम्ति मन्त्रहरूको संग्रह छ। यजुर्वेदका दुइ शाखाहरू छन् : दक्षिण भारतमा प्रचलित कृष्ण यजुर्वेद र उत्तर भारतमा प्रचलित शुक्ल यजुर्वेद शाखा।

यसमा कर्मकाण्डका धेरै यज्ञहरूको विवरण छः

ऋग्वेदका लगभग ६६३ मन्त्र यथावत् यजुर्वेदमा सामेल गरिएकाछन्। यजुर्वेद वेदको एउटा यस्तो भागहो, जो आज पनि जन-जीवनमा आफ्नो स्थान कुनै न कुनै रूपमा बनाएकोछ।[३] संस्कारहरू एवं यज्ञीय कर्मकाण्डहरूका अधिकांश मन्त्र यजुर्वेदका नैं छन्।[४]

संप्रदाय, शाखाहरू अनि संहिताहरू[सम्पादन गर्ने]

संप्रदाय

यजुर्वेदाध्यायी परम्परामा दुइ सम्प्रदाय- ब्रह्म सम्प्रदाय अथवा कृष्ण यजुर्वेद र आदित्य सम्प्रदाय अथवा शुक्ल यजुर्वेद नैं प्रमुख छन्।

संहिताहरू

वर्तमानमा कृष्ण यजुर्वेदको शाखामा ४ संहिताहरू -तैत्तिरीय, मैत्रायणी, कठ र कपिष्ठल कठ मात्र उपलब्ध छन्। शुक्ल यजुर्वेदका शाखाहरूमा दुइ प्रधान संहिताहरू- १. मध्यदिन संहिता र २. काण्व संहिता नैं वर्तमान कालमा प्राप्य छन्। अचेल प्रायः उपलब्ध हुने यजुर्वेद मध्यदिन संहिता हो। यसमा ४० अध्याय, १९७५ कण्डिकाहरू (एक कण्डिका धेरै भागहरूमा यागादि अनुष्ठान कर्महरूमा प्रयुक्त भएको कारण यसमा धेरै मन्त्रहरू हुन्छन्।) तथा ३९८८ मन्त्र छन्। विश्वविख्यात गायत्री मन्त्र (३६.३) तथा महामृत्युञ्जय मन्त्र (३.६०) यसमा छन्।

शाखाहरू

यजुर्वेद कर्मकाण्डसित सम्बन्धित हो र यसमा विभिन्न यज्ञहरू (जस्तै अश्वमेध)को वर्णन छ। यजुर्वेद पाठ अध्वुर्यद्वारा गरिन्छ| यजुर्वेद ५ शाखाहरूमा विभक्त छ-

  1. काठक
  2. कपिष्ठल
  3. मैत्रियाणी
  4. तैतीरीय
  5. वाजसनेयी

पढ्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. १.० १.१ यजुर्वेद।भारत कोषमा हेर्नुहोस्
  2. यजुर्वेद।ब्रज डिस्कवरी
  3. वेद।वेद विद्या.कम
  4. ब्रह्म के हो? जीव के हो? आत्मा के हो? ब्रह्मांण्डको उत्पत्ति कसरी भयो?।सत्यको खोज

बाहिरका कडीहरू[सम्पादन गर्ने]