यज्ञनिधि दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यज्ञनिधि दाहाल (प्रसिद्ध नाम दाहाल यज्ञनिधि) नेपाली रेडियोकर्मी हुन्। दाहाल वि.स. २०१०मा खोटाङको खाल्लेमा जन्मिएका हुन्। उनले चलाएको रेडियो नेपालको साहित्य संसार कार्यक्रम का लागि उनी नेपाली रेडियो श्रोता सामु परिचित छन्। वि. सं. २०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रूपमा उक्त कार्यक्रम चलाएका थिए । [१]दहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख,साहित्य समीक्षा, समालोचना , अन्तर्वाता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा टेवा पुर्याएका छन् । तत्कालिन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन "जदौ" शव्दको सर्वव्यापी प्रयोगलाई उनले व्यापकता दिएका थिए। दाहाल यज्ञनिधि अहिले मृर्गौला रोगबाट पीडित छन्। उनको ११ वर्षअघि मृगौलाको प्रत्यारोपण भएको थियो ।

जीवनी[सम्पादन गर्नुहोस्]

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

बि.स. २०३० सालमा साहित्यमा लागेका दाहाल २०३४ सालमा रेडियो नेपालमा कार्यक्रम सञ्चालक बने । उनले पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम सञ्चालक भएर काम गरेका थिए । ‘जदौँ स्रोता, जदौ, खुल्यो साहित्य संसारको दैलो’ भन्ने यज्ञनिधिको कार्यक्रम सञ्चालन शैली लोकप्रिय रहेको थियो । साहित्यकार रमेश शुभेच्छुको सम्पादनमा प्रकाशित ‘जदौ’ कृति भयो भने पछि ‘जदौँ’ साझा प्रकाशनले उनको निबन्ध प्रकाशन गरेको छ । २०५७ फागुन १० मा मिर्गौला प्रत्यारोपणका कारण साहित्यिक कार्यक्रमको यात्रामा अल्पविराम लागेको थियो । बोलीमा मिठास अनि भाषामा लयात्मकता र झर्रोपना अनि गणतान्त्रिक विचारले परिस्कृत यज्ञनिधिले लोकतान्त्रिक साहित्यिक आन्दोलनका समयमा आफ्नो अनामनगरस्थितको निवासलाई गणतन्त्र काव्यटार घोषणा गरेको विशेष स्मरणीय मानिन्छ । नाम नभएको नगरका रूपमा अनामनगरको नाम पनि दाहालले राखेका थिए । नागार्जुन साहित्यिक प्रतिष्ठानका सल्लाहकार र पछि लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चलाई अस्तित्वमा ल्याई सक्रिय गराउन उहाँले ठुलो भूमिका खेलेका थिए ।[२]


मृत्यु[सम्पादन गर्नुहोस्]

मिर्गौला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी यज्ञनिधि दाहालको २०७५ साउन २५ गते शुक्रवार मस्तिष्काघातका कारण मृत्यु भएको छ । [३]




सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]