यार्सा गुम्बा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
colspan=2 style="text-align: center; background-color: transparent; text-align:center; border: 1px solid red;" | यार्सा गुम्बा
झुसिलकिराको टाउकोमा उम्रिएका यार्सागुम्बा
colspan=2 style="text-align: center; background-color: transparent; text-align:center; border: 1px solid red;" | वैज्ञानिक वर्गीकरण
जगत: ढुसी
संघ: एस्-कोमाइकोटा
वर्ग: सोर्डारियोमिकेट्स
गण: हाइपोक्रियल्स
कुल: क्याविसिपिटासिया
वंश: कोर्डिसेप्स
प्रजाति: सी. साइनेसिस
colspan=2 style="text-align: center; background-color: transparent; text-align:center; border: 1px solid red;" | द्विपद नाम
यार्सागुम्बा
चित्र:Yarcha.jpg
यार्सागुम्बा

विश्वमा अहिले सम्म Cordyceps वर्गमा पर्ने ढुसीहरू (sac fungus)का ६८० भन्दा बढी प्रजातीहरू पत्तालागेका छन् । यी मध्ये सबैभन्दा परिचित ढुसी यार्चागुम्बालाई अंग्रेजीमा Caterpillar fungus भनिन्छ । यसको बैज्ञानिक नाम Cordyceps Sinensis हो । ल्याटीन शब्दहरू cord "club", ceps "head" र चिनीयाँ भन्ने अर्थमा sinensisबाट यसको वैज्ञानिक नाम Cordyceps Sinensis राखिएको हो । यार्सागुम्बा नेपालतिब्बतको हिमाली भागमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटरको उचाईमा पाइन्छ । यसलाई तिब्बती भाषामा यार्साकुन्भु तथा यार्सागुन्बु भनिन्छ । जसमा 'यार'को अर्थ बर्षा,'सा'को अर्थ घाँस र 'कुन्भु'को अर्थ हिउँदे किरा अर्थात बर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ । यार्सागुम्बा एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सकिएपछि बैशाख तिर हिउँ पग्लन्छ र बिरुवाहरु उम्रिएर फूल फूल्न शुरु गर्छ, त्यही समयमा पुतलीहरुले फुल पार्न थाल्छन । सोहि पुतलिको लार्भा अवस्थामा रहेको झुसिलकिरा जमीन मुनि पुग्छ र उक्त झुसिलकिराको टाउकोमा ढुसी उम्रन्छ । यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पंहेलो रंगको हुन्छ । जमीन मुनिको भाग ४ मि. मि. मोटो र ४ से. मि. जति लामो तथा माथीको भाग मसिनो ५-६ से. मि. जति लामो हुन्छ ।

[सम्पादन गर्ने] उपयोगिता

नेपाली यार्सागुम्बा

विश्वमा १००, चीनमा २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्सागुम्बा पाइन्छन् । यसलाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न टनिकको रुपमा लिइएको छ । पुरुष नपुंसकता र अजीर्ण अपचमा स्थानीय कुखराको मासुमा र मृगौलाको रोगमा सुँगुरको मासुमा यसलाई पकाएर खाइन्छ । खोकी, दम, क्षयरोग, अनिद्रामा यसलाई चिनिया औषधी विधि अनुसार सेवन गरिन्छ । बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा यो उपयोगी देखिएको छ । स्नायु सम्बन्धी रोग अनिद्रा मांशपेसीको दुखाई श्वासप्रश्वास सम्बन्धी रोगमा कोलेष्ट्रोल घटाउन रोग प्रतिरोधक क्षमता बढाउन यो उपयोगी छ । हाल यार्सागुम्बालाई चामल, चिया आदिमा मिसाएर बजारमा बिक्री वितरण भइरहेको छ ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा