योनिच्छद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(योनीच्छदबाट अनुप्रेषित)
योनीच्छद
बाह्य भागोष्ठ फट्टाइएको अवस्थाको महिलाको यौनाङ्ग
विबरण
पहिचान
ल्याटिनhymen vaginae
चिकित्सा विषय शीर्षकहरूD006924
TAA09.1.04.008
एनाटोमीको आधारभूत मोडेल20005
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

योनिच्छद महिलाको योनिद्वारलाई पुरै वा आंशिक भागमा ढाकिएर रहेको पातलो झिल्ली हो । यो महिलाकोयोनी वा स्त्री बाह्य योनाङ्ग अन्तर्गत पर्दछ ।[१][२][३] बाल्यावस्थामा योनिछदको आकार सामान्यतया अर्धचन्द्राकार हुन्छ । तर वयस्क अवस्थामा यसको आकार फरक-फरक हुन सक्छ ।

योनीच्छदको आकार स्त्रीको उमेर संगै बढ्दै जान्छ। योनीच्छदको परीक्षण गरेर एक महिलालाई कुमारी छ वा छैन भन्ने निश्चितता सँग पुष्टि गर्न संभव छैन।[२][३] संदिग्ध बलात्कार वा यौन शोषणको सन्दर्भमा, योनीच्छदको एक विस्तृत परीक्षण गर्न सकिन्छ; तर योनीच्छदको अवस्था मात्रले अक्सर अपूरो हुन्छ। साना बच्चाहरूमा फाटेको योनीच्छद सामान्यतया धेरै छिटो ठीक हुन्छ, वयस्कमा योनीच्छदको द्वार प्राकृतिक कारणहरू र भिन्नताले गर्दा आकार र प्रकारमा वृद्धिको विस्तार हुने गर्दछ।[१] बच्चाहरूमा योनीच्छदको सामान्यतया अर्धचन्द्राकारको तथा अन्य धेरै रूपहरू हुन सक्छ।[१] महिलाले बच्चा जन्माएपछि, उनको योनीच्छदको अवशेष मात्र रहन सक्छ, यसलाई carunculae myrtiformes भनिन्छ, वा योनीच्छद पुरै नष्ट हुन सक्छन्।[४]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ Emans, S. Jean. "Physical Examination of the Child and Adolescent" (2000) in Evaluation of the Sexually Abused Child: A Medical Textbook and Photographic Atlas, Second edition, Oxford University Press. 61-65
  2. २.० २.१ Perlman, Sally E.; Nakajyma, Steven T. and Hertweck, S. Paige (२००४), Clinical protocols in pediatric and adolescent gynecology, Parthenon, पृ: 131, आइएसबिएन 1842141996  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. ३.० ३.१ "Hymen", Discovery.com, अन्तिम पहुँच २००९-०२-०२, "Knowing the facts about the hymen can help women dispel the myth that it proves virginity, freeing them from the negative effects of popular mythology. Having accurate information about the hymen can assist in normalizing a woman's fears about her body and help promote greater self-acceptance." 
  4. Knight, Bernard (१९९७), Simpson's Forensic Medicine (11th संस्करण), London: Arnold, पृ: 114, आइएसबिएन 0713144521