योमरी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
योमरी

योमरी योमरी पुन्हीको दिन बनाइने एक प्रकारको मिष्ठान्न हो ।

पकाउने विधी[सम्पादन गर्ने]

योमरी बनाउन चामललाई पिठोमा परिणत गरिन्छ । चामललाई नेवार भाषा/नेपाल भाषामा पो/प्व भनिन्छ । चामलको पिठो पोचुं। चुं भन्नु चूर्ण अनुकण । चामल लस्सादार हुनुपर्छ । पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचुन चामलले लिएको छ। अत्यन्त मिहिन पिठो शुद्ध घिउमा थोरै हरक दिइन्छ । ११० डिग्री तापक्रममा उमालिएको पानीले मुछिन्छ पोचुं । मस्केर मुछिनुपर्छ, मुछिन्छ उस्तै। हावालै प्रत्यक्ष सुस्क पार्नबाट बचाउन सफा मलमल कपडाले छोपिनुपर्छ ।

मुछिएको आलो पिठोलाई आकार दिनुपर्छ। पिठोलाई आकार दिँदा योमरीको रूप बन्छ। योमरी बनाउने काम सिपालु काम हो । सीपविना योमरी बन्दैन। जुन आकारको योमरी तयार गर्नुछ, उत्रै डल्लो पिठो हात पार्नुपर्छ। पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ। औंला शुद्ध खानेतेलले रसाइ पिठो छेड्नुपर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शंखाकारमा परिणत हुन्छ। बीचमा झन्दै वाइन ग्लासको जस्तै खोक्रो ठाउँ बन्न पुग्छ। त्यसै रित्तो ठाउँमा तिलका पिठो र लेदो चाकुको मिश्रण हालिन्छ। त्यस्तो आकारको योमरीलाई "बायो" भनिन्छ। 'बायो' आकार विम्बात्मक छ। 'बायो' तान्त्रिकमात्र नभएर शारीरिक अङ्गबोधक पनि ठहर्छ। प्रशङ्गवश बायो बाबुको गुप्ताङ्गको विम्बबोधक बन्छ।

योमरीको भित्री भाग

योमरीको अर्को आकार त्रिकोणात्मक हुन्छ। त्यसलाई "मायो" भनिन्छ। बनाउने तरिका र प्रविधि एकै हो। त्रिकोण पनि विम्बबोधक बन्छ। मायोभित्र तिलचाकु मिश्रण हालिन्न। त्यसमा पिँधेको मासका बाक्लो लेदो डल्लो भरिन्छ। मासको सट्टा मुगी पनि प्रयुक्त हुन्छ/गरिन्छ। मुगीफल सबैका लागि उपयुक्त हुनसके हुन्छ। कुनै पनि शारीरिक अवस्थालाई सुपाच्य रहन्छ। अन्न/भात खान नहुने अवस्थामा पनि हामी सिङ्गो मुगी बेस्कन पकाएर मुगीसुप/रस पिउँछौँ। मायोको तीनकुने आकार तन्त्रमा पुगेर योनि विम्ब बन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

  1. योमरी पूर्णिमा