रक्तचन्दन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रक्तचन्दन
in Talakona forest, in Chittoor District of Andhra Pradesh, India.
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(श्रेणीविहीन): Angiosperms
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Fabales
कुल: Fabaceae
उपकुल: Faboideae
Tribe: Dalbergieae
वंश: Pterocarpus
प्रजाति: P. santalinus
द्विपद नाम
Pterocarpus santalinus
L.f.
चित्र:SandalwoodChessPieces.jpg
रक्तचन्दनबाट बनेको बुद्धिचालको गोट्टी

चन्दन जस्तै गुनिलो स्वभाव र रातो रंगयुक्त भएकोले रक्तचन्दनको माग र व्यापार पनि ठूलो छ। यद्यपि यसको पारिवारिक अर्थात् वैज्ञानिक सम्बन्ध चाहिँ चन्दनभन्दा धेरै फरक छ। बरु यो विजयसालको सहोदर हो। विजयसाल र रक्तचन्दन दुवै कोसा फल्ने सिसौ परिवार 'लेगुमिनोसी' का वृक्ष हुन्। फलमा पखेटा पलाउने भएकोले रक्तचन्दनलाई ल्याटिन शब्द 'टेरो' (पखेटा) र 'कार्पस्' (फल)को सन्धिका आधारमा 'टेरोकार्पस् स्यान्टालाइनस' (pterocarpus santakinus)भन्ने वैज्ञानिक नाम दिइएको छ भने विजयसाललाई 'टेरोकार्पस् मार्सुपियम' (pterocarpus marsupium)।

नेपालमा यदाकदा चन्दनको खेती गरेको पाइए पनि श्रीखण्ड चन्दन वा रक्तचन्दन हाम्रा रैथाने बिरुवा हैनन्। यी नेपालमा पाइँदैनन्। हुन त हाम्रो पहाडी भेकमा पाइने एउटा वृक्षलाई पनि रक्तचन्दन भनिन्छ। तर आजकल चर्चामा रहेको दक्षिण भारतको रक्तचन्दन र हाम्रो पहाडी वा हिमाली भेकको रक्तचन्दन एउटै हैनन्। नाम मात्र मिलेको हो, गुण र स्वभाव बेग्लै छन्। 'डाफ्नेफाइलम हिमालयन्स' (daphniphyllum himalayse) भनिने हिमाली रक्तचन्दन लालुपाते परिवारको वनस्पति हो। यसले अहिलेसम्म त्यस्तो व्यापारिक महत्त्व पाएको छैन।

विशेषता र उपयोग[सम्पादन गर्ने]

दक्षिण भारतबाहेक अन्यत्र यो त्यति प्रचूर मात्रामा पाइँदैन। रक्तचन्दनको वृक्ष लगभग १० मिटर अग्लो र थामोको गोलाइ बढीमा दुई मिटर हुन्छ। यसको चुरोको काष्ठ पदार्थमा रातो रस हुन्छर त्यो सुकेपछि काठ पनि रातै हुन्छ भने बोक्रा चाहिँ अलि कालो कालो खालको हुन्छ। यस वृक्षको प्रत्येक भेट्नोमा गोलाकार वा अण्डाकारका तीन पात हुन्छन्। जाडोयाममा यी पातहरू झर्दछन्। रक्तचन्दन भनिए तापनि यसको फूल भने पहेँलो हुन्छ र झट्ट हेर्दा केराउको फूलका आकृतिमा फक्रन्छ।

रक्तचन्दन छिटो बढ्ने वृक्ष हैन। एकपटक काटेपछि त्यसको फेदबाट पलाएको बिरुवा ४० वर्षपछि मात्र फेरि काट्न तयार हुन्छ। यो वनस्पति प्रायः दक्षिण भारतमा मात्र पाइने तर भारत, चीन, जापान, कोरियालगायत विश्वका धेरै देशमा प्रयोग हुने भएकाले यसलाई विश्वमा सङ्कटापन्न वृक्षहरूको सूचीमा राखिएको छ। अवैध व्यापारबाट यसको संरक्षणमा प्रतिकूल प्रभाव नपरोस् भनेर भारत सरकारको पहलमा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियमन र नियन्त्रण गर्ने विश्व महासन्धि 'साइटिस'को अनुसूची–२मा पनि अङ्कित गरिएको छ। यस अनुसूचीभित्र परेका बिरुवाको व्यापार गर्नु परेमा आयातकर्ता तथा निर्यातकर्ताले आ–आफ्नो देशका 'साइटिस' अधिकारीबाट अनुमति लिनुपर्छ।

आयुर्वेदमा रक्तचन्दनलाई वायु र कफसम्बन्धी धेरै रोगको निराकरणमा उपयोगी मानिन्छ। नेपाली निघण्टु अनुसार रक्तविकार र रक्तपित्तमा पनि यो उपयोगी छ। हालका केही अध्ययनले यसको चुरो काष्ठ पदार्थ मधुमेह रोगको उपचारमा समेत प्रयोग हुने देखाएका छन्। यसको चूरो काठ डुबाएर वा यो काठको अम्खोरा वा कटौरामा राखेर निश्चित समय छाडिएको पानी औषधि बन्दछ। काठलाई चन्दन जस्तै घोटेर लेप लगाउनाले चर्मरोग निको हुन्छ। तर नेपालमा औषधिको रूपमा रक्तचन्दनको ठूलो खपत छैन। डाबर अनुसन्धान केन्द्रको एक अध्ययनले भारतमा पनि आयुर्वेद औषधि उद्योगमा यसको वार्षिक खपत १६ टन जति मात्र देखाएको छ।

राम्रो रातो काठ भएकाले विभिन्न बुट्टाहरू कुँदेर फर्निचरलगायत अन्य कलात्मक वस्तु बनाउन पनि रक्तचन्दनको प्रयोग हुन्छ। जापानीहरू यसको चूरो काठबाट आफ्नो नामको मोहर लगाउने टाँचा बनाउँछन्। यसैगरी परम्परागत बाजागाजाका सामग्रीमा पनि रक्तचन्दनको काठ प्रयोग हुने गरेको छ। यसको काठबाट प्राप्त हुने रातो रंग विभिन्न खाद्य पदार्थलाई मनमोहक रंग दिन समेत प्रयोग हुन्छ। यी सबै कारणले यसको औद्योगिक खपत बढेको छर यसका लागि काठका मूढा हैन स–साना टुक्रा काठ वा काठको धूलो निर्यात हुने गरेको छ। युरोप र अमेरिकामा हुने निर्यात 'साइटिस' का कारण घट्न गएको भए तापनि चीन, जापान र सिङ्गापुरको माग भने दिनपर दिन बढ्दो छ।

चीनमा पुग्ने रक्तचन्दन केही वर्ष पहिलेसम्म क्याम्बोडिया (हाल कम्पुचिया), ब्राजिल र माडागास्करको स्रोतबाट प्राप्त हुन्छ भनिन्थ्यो। तर 'ट्राफिक इण्डिया'को एक प्रतिवेदनमा सन् २००३ (२०६०/०६१)मा चीनमा भित्रिएको सय टन रक्तचन्दनमध्ये नेपालबाट ९६ टन गएको भन्ने कुरा लेखिएपछि विगत चार–पाँच वर्षयता नेपालको बाटो रक्तचन्दनको व्यापार भन विश्वास गर्न थालिएको छ। २९ चैत २०६३को कान्तिपुरमा सुवोध गौतमले भारतमा प्रतिकिलो करिब रु.५००मा खरीद गरिने रक्तचन्दन चीनको तिब्बत, खासामा १६ सयमा बिक्री भन गरेको उल्लेख गर्नुभएको छ। सन् २००२को एक आँकडा अनुसार विश्वबजारमा यसको मूल्य प्रतिकिलो रु.५ हजारदेखि रु.६,५०० सम्म पर्ने विश्वास गरिएको छ।

चीनमा पुग्ने रक्तचन्दन केही वर्ष पहिलेसम्म क्याम्बोडिया (हाल कम्पुचिया), ब्राजिल र माडागास्करको स्रोतबाट प्राप्त हुन्छ भनिन्थ्यो। तर 'ट्राफिक इण्डिया'को एक प्रतिवेदनमा सन् २००३ (२०६०/०६१)मा चीनमा भित्रिएको सय टन रक्तचन्दनमध्ये नेपालबाट ९६ टन गएको भन्ने कुरा लेखिएपछि विगत चार–पाँच वर्षयता नेपालको बाटो रक्तचन्दनको व्यापार हुने विश्वास गर्न थालिएको छ। २९ चैत २०६३को कान्तिपुरमा सुवोध गौतमले भारतमा प्रतिकिलो करिब रु.५००मा खरीद गरिने रक्तचन्दन चीनको तिब्बत, खासामा १६ सयमा बिक्री हुने गरेको उल्लेख गर्नुभएको छ। सन् २००२को एक आँकडा अनुसार विश्वबजारमा यसको मूल्य प्रतिकिलो रु.५ हजारदेखि रु.६,५०० सम्म पर्ने विश्वास गरिएको छ।

प्रयोग तथा ओसारपसार[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय अभिसन्धि साइटिसमा रक्तचन्दनलगायतका बहुमूल्य वनस्पति प्रयोग तथा ओसारपसार गर्न नपाइने प्रावधान छ। साइटिस अभिसन्धिअनुसार त्यसरी बरामद भएको रक्तचन्दन जहाँबाट ल्याइएको हो, त्यहीं फर्काउनुपर्ने वा जलाएर नष्ट गर्नुपर्ने हुन्छ।