रक्षा मन्त्रालय (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रक्षा मन्त्रालयबाट अनुप्रेषित)

रक्षा मन्त्रालय नेपालको सम्पूर्ण बाहृय तथा आन्तरिक सुरक्षा व्यवस्था गर्नु रक्षा मन्त्रालयको जिम्मेवारी हो। यो उद्देश्य हासिल गर्न नेपाली सेनाको व्यवस्था, परिचालन तथा सरकारका अन्यमन्त्रालय तथा निकायहरूसँग आवश्यक समन्वय गर्ने कार्य यस मन्त्रालयले गर्दछ।

नेपालको रक्षा मामिला सञ्चालन एवं व्यवस्थित गर्ने र मलुकको सार्वभौम सत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्न बाह्य तथा आन्तरिक सुरक्षा व्यवस्था बनाई राख्नु यस मन्त्रालयको प्रमुख उद्देश्य हो। मुलुकको बाह्य सुरक्षा व्यवस्था गर्नु यस मन्त्रालयको प्राथमिक जिम्मेवारी भए तापनि जनताको जिउधनको सुरक्षा गरी आन्तरिक सुरक्षा र व्यवस्था कायम गर्राई राख्नु पनि यस मन्त्रालयको जिम्मेवारी भित्र पर्न आउँछ। यस सर्न्दर्भमा रक्षा मन्त्रालयको प्रमुख कार्य भनेको मुलुकको सुरक्षा एवम् प्रतिरक्षाको सम्बन्धमा सरकारबाट नीतिगत निर्देशन प्राप्त गर्नु र सोको कार्यान्वयनकोलागि शाही नेपाली सेना र मातहतका विभागहरूमा ती नीति निर्देशनहरू सञ्चार गर्नु नै हो। यसको अलावा आफ्नो लक्ष्य हासिल गर्ने क्रममा मुलुकको रक्षाको प्रमुख जिम्मेवारी लिएकोनेपाली सेना र नेपाल सरकारका अन्य मन्त्रालय तथा निकायहरूबीच सर्म्पर्क बिन्दुको रूपमा समेत रक्षा मन्त्रालयले काम गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

रक्षा मन्त्रालयको नामाकरणको विषयमा आधिकारिक ठोस प्रमाण नभेटिए तापनि २००७ सालमा गठन भएको मन्त्रिमण्डलमा श्री बबर शम्शेरलाई रक्षामन्त्री बनाइएको अभिलेखबाट देखिन आएकोले रक्षा मन्त्रालयको नामाकरण सोही समयमा भएको अनुमानसम्म गर्न सकिन्छ।

उद्देश्य[सम्पादन गर्नुहोस्]

नेपालको र्सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रिय स्वाभिमान एवम् आन्तरिक तथाबाह्य सुरक्षामा कुनै किसिमको आँच आउन नदिई नेपाली जनताको जीउधनको सुरक्षा प्रदान गर्दै समाजमा शान्ति, सुरक्षा, व्यवस्था र अमन चयन कायम गरी नेपाली जनतालाई सुरक्षाको प्रत्याभूमि दिँदै राष्ट्रिय कार्यमा जागरुक बनाई राष्ट्रिय स्वाभिमानको विकास गराउनु यस मन्त्रालयको उद्देश्य रहेको छ।

कार्यक्षेत्र र जिम्मेवारी[सम्पादन गर्नुहोस्]

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६४ले यस मन्त्रालयलाई कार्य सम्पादन गर्न देहायको कार्य सुम्पेको देखिन्छ।

  • रक्षा नीति सम्बन्धी,
  • नेपाली सेनाको गठन र नियन्त्रण सम्बन्धी,
  • सैनिक अधिकृत तथा जवानहरूको अनुशासन र सेवा र्सत सम्बन्धी,
  • सैनिक गठन सम्बन्धी,
  • सैनिक तालीम सम्बन्धी,
  • सेना सुविधा सम्बन्धी,
  • सैनिक हातहतियार र सामग्रीको खरीद र उत्पादन सम्बन्धी,
  • सैनिक कारवाही र सेनाको गतिविधि आदि सम्बन्धी,
  • शाही नेपाली सेना सम्बन्धी,
  • सैनिक निर्माणशाला सम्बन्धी,
  • सैनिक व्यवस्थापन (इन्स्टलेसन) र सञ्चार तथा यातायात सम्बन्धी,
  • सैनिक भण्डार सम्बन्धी,
  • शिलाखाना सम्बन्धी,
  • सैनिक गुप्तचर विभाग सम्बन्धी,
  • सैनिक अस्पतालहरू सम्बन्धी,
  • सैनिक ब्यारेक तथा कार्यालयहरूको व्यवस्था सम्बन्धी,
  • प्रशासन, विकास कार्य र दैवी प्रकोप उद्धार कार्यमा सहयोग सम्बन्धी,
  • राष्ट्रिय सेवा दलको सङ्गठन, तालीम र प्रशासन सम्बन्धी,
  • भूतपूर्व सैनिकहरूको कल्याण सम्बन्धी,
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको सुरक्षा सम्बन्धी,
  • नेपाली सैनिक विमान सेवा सम्बन्धी,
  • सैनिक कल्याणकारी योजना सम्बन्धी,
  • राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी।

मन्त्रालय अर्न्तर्गतका निकायहरू[सम्पादन गर्नुहोस्]

सम्पर्क ठेगाना[सम्पादन गर्नुहोस्]

नेपाल सरकार
रक्षा मन्त्रालय
सिहदरवार, काठमाडौँ, नेपाल
फोन : ४२११२८९
फ्याक्स: ४२११२९४

आधिकारीक वेवसाईट[सम्पादन गर्नुहोस्]

www.mod.gov.np