रवीन्द्र बराल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रवीन्द्र बराल नेपालको पोखरामा जन्मी भरतपुर तथा काठमाण्डौमा शिक्षा दिक्षा लिइ सन २००० मा साउदी अरेविया पुगेका हुन । आएदेखि साउदी अरेवीयका प्रवासी दुखी पिडीत नेपालीको कल्याणका लागि खटेका उनले नेपाली मिलनकेन्द्र नामक संस्थाको स्थापनामा विशेष भुमिका खेलेका थिए । २००५ मा हेल्प नेपाल नेटवर्क साउदी अरेवीयका सभापती भएका उनी २००७ मा गठन भएको गैर-आवासीय नेपाली सङ्घ साउदी अरेबीया राष्ट्रीय समन्वय समितीको प्रवक्ताको रूपमा पनि सेवारत छन । रवीन्द्र बराल २००५ देखि अङ्ग्रेजी हिन्दी तथा नेपाली विकिपिडियाको भणडार श्रीबृद्धीका लागि लागीपरेका सदस्य हुन ।