रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन
नेपाली विकिपीडियाबाट
(रसियली सामाजिक-जनवादी मजदुर पार्टीको द्वितीय महाधिवेशन बाट पठाईएको)
रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशन सन् १९०३ को ३० जुलाईदेखि २३ अगस्टसम्म चालु रहेको थियो । महाधिवेशनका पहिला बैठकहरू ब्रुसेल्समा सम्पन्न भएका थिए । तर पुलिसले खेदो खन्न थालेको हुँदा बैठकहरू लन्डनमा सार्न वाध्य हुनुपरेको थियो । पार्टीका केन्द्रीय निकायहरूमा निर्वाचन हुँदा लेनिनका समर्थकहरूले बहुमत प्राप्त गरे र यसैले गर्दा बोल्सेविक (बहुमतवाला) भनिन थाले । अनि अल्पमतमा परेका अवसरवादी चाहिँ मेन्सेविक (अल्पमतवाला) भन्ने नाउँ पाए ।[१]
[परिवर्तन्] स्रोतहरू
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४७९