राई जाति
राई नेपालको एक जनजाति हो। यो मंगोलियन प्रजातिमा पर्दछ जो नेपालको पूर्वी पहाड्को आदिबासि हुन्, तर अहिले पूर्वी तराई लगायत काठमाडौं उपत्यका , दार्जिलिङ सिक्किम्, भुटान अनि पूर्वी भारत तिर पनि प्रसस्त यो जातिको बसोबास् भएको पाइन्छ। यस जातिमा अनेक थर-उपथर हुन्छ। जस्तै - साङपाङ, नछिरिङ, चाम्लिङ, हाङ्खिम, यामदाङ, पुमा, इसारा, ओक्छाली, बुखिम, सिवाङ, निवाङ, लोहोरुङ्, बान्तवा, कुलुङ्, थुलुङ्, दुमि, आदि राईका थरहरू हुन्
विषयसूची |
[सम्पादन गर्ने]
नेपाली शब्दसागर शब्दकोषमा राई प्राचीन नेपाली भाषामा राजाहरूलाई बुझाउने कर्णाली प्रदेशको सम्मानबोधक शब्द, यो नेपालको धेरै पुरानो एक किराँती जाति हो यिनिहरूको पुर्खा लाई परुहाङ्ग र सुम्निमा भनिन्छ। यो जातिले नेपलमा करिब १३०० बर्ष राज गरेका थिए। पहिलो किराँती राजा यलम्बर हो। यो राई शब्द प्राचीनकालमा सरकारी मालपोत वा तिरो उठाउने पदाधिकारी भन्ने पनि उल्लेख छ।
बसोबास [सम्पादन गर्ने]
खासगरी राईहरूको मूलथलो पूर्वी पहाडको वल्लो किराँत, पल्लो किराँत र माझ किराँत भएको बताइन्छ। अर्थात इलाम, पाँचथर, ताप्लेजुङ्ग, संखुवासभा, तेह्रथुम, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ्ग र धनकुटा यिनीहरूको मूलथलो हो भन्न सकिन्छ। यसका साथै राईहरू सुनसरी, मोरङ्ग, झापा, सप्तरी लगायतका जिल्लाहरूमा छरिएर ठूलो संख्यामा बस्दै आएका छन्। बि.सं. २०४८ सालको जनगणनाअनुसार २ लाख ५८ हजार ९ सय २२ पुरुष र २ लाख ६६ हजार ६ सय २९ गरी ५ लाख २५ हजार ५ सय ५१ उल्लेख रहेको छ। त्यसैगरी बि.सं. २०५८ सालको जनगणनाअनुसार ६ लाख ५२ हजार १ सय ५४ रहेको उल्लेख छ।
रहन सहन [सम्पादन गर्ने]
पहाडी क्षेत्रमा राईहरू घर ढुङ्गा र माटोले बनाउने गर्दछन् र तराई क्षेत्रमा आफुलाई इच्छा लागे अनुसार घर बनाउने गर्दछन्। यिनीहरू घरमा पूर्व तर्फ एउटा र दक्षिण तर्फ एउटा ढोका राखिएको हुन्छ। घरहरू अधिकांस दुई तले हुन्छन्। घरको छानो खर चित्राले छाइएको हुन्छ। गेरु र कमेरो माटोले घर लिपेका हुन्छन्।
राईहरू प्राईः गरी सुँगुर तथा बंगुर पाल्ने गर्दछन्। यिनीहरू सुँगरका मासु अत्याधिक मात्रामा रुचाउछन। यिनीहरू आफ्नो खेतबारीमा मकै, कोदो, गहुँ लगायतका बालीहरू लगाउँछन्। बान्तवा थरका राईमा रक्सी, बोकाको मासु खान हुन्न भन्ने मान्यता रहेको पाइन्छ। येनिहरूका पुर्खाहरूले जंगलमा पाइने अल्लो-पाटबाट झिकेको खस्रो धागोको भांग्रा बुनेर लगाउने गर्दथे। यो जातिमा महिलाहरूले घाँटीमा मुगाको माला, चाँदीका मोहरका माला र प्रशस्त सुन लगाउने गर्दथे। अहिले यो जती हरेक क्ष्रेत्रमा अगडि देखिन्छन्। राई जातिक मनिसहरू इमानदार र शाहसि पनि मनिनछन्। राई जाती भित्र करिब ३६ भषा छन् र यि सबै भषा बोलचालमा प्रयोग भएको पाइन्छ।
राई समुदाय मनोरञ्जन गर्ने खालका हुन्छन्। यिनीहरू गीत, नाच र वाद्यवादन असाध्यै रुचाउँछन्। ओमाडाक, बिसू तथा धुले पूजाका समयमा आठपहरिया राईहरूले सात दिनसम्म समूह समूहमा बिभाजित भई धनुकाँडबाट तीर हान्ने गर्दछन्। यसमा बाजीसमेत राखिएको हुन्छ। तीर हान्ने बेलामा राम्रा र सफा कपडाहरूमा सजिएर तारो हान्ने काममा सहभागी हुन्छन्। कुनै कुनै वयस्क तरुनीहरूले त आफ्नो घाँटीमा लगाइराखेको हार झिकेर आफूले मन पराएको समूह वा व्यक्तिलाई तारोका रूपमा थापिदिने पनि गर्छन्। जित्नेहरू गौरवान्वित हुन्छन् र उक्त हार लाने गर्दछन्। त्यतिबेला सम्बन्धित युवतिले त्यो उकास्न एक मुरी दुई पाथी चामल, गाग्री भरि जाँड, रक्सी, एउटा सँगुर, ७ रूपैयाँदाम चढाएर मामामार्फ फिर्ता लिने प्रचलन छ। हरेक राईहरूले कम्मरमा खुकुरी भिरेकै हुन्छन्।सहरमा बस्ने राईहरूमा भने यो प्रथा भेटिदैन।
राई जातिका केटाकेटीहरूले एक अर्कामा मायाप्रीति गाँसी प्रेमबिवाह पनि गर्ने गर्दछन्। मायाप्रेम कै सिलसिलामा केही गरी केटी गर्भवती भएमा भने पनि त्यसै केटाले नै बिवाह गर्नुपर्छ । राईहरू भूतप्रेतमा विश्वास गर्छन्। राई जातिमा 'सिये' भन्ने भूतमाथि विश्वास गर्ने गर्दछन्। यो भूत चूल्हो, अगेँनो र राईका शव गाडिने ठाउँमा बस्छ भन्ने गर्दछन्। सियेको प्रभाव पर्नासाथ मानिसको कपाल दुख्न थाल्दछ र वान्ता पनि हुन्छ भन्दछन्। त्यसैले कपाल दुख्न थाल्यो भने राईहरू कपाल मुठ्ठीभरि समाएर झड्का दिएर तान्ने गर्दछन्। यस्तो कार्यलाई राई भाषामा 'टाङ ची' भनिन्छ। वान्ता भयो भने यसले हैजाको रूप पनि लिनसक्ने विश्वास गर्दछन्। राईहरूमा खटिरा नआओस् र अंगभंग भएको केटाकेटी नजन्मून् भनेर 'नागी' भन्ने पूजा समेत गर्दछन्।
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
See also [सम्पादन गर्ने]
- किराँत
- यलम्बर किराँत राजवंशको प्रथम राजा -
- नाछिरिङ
- साकेला
- किराँत राई यायोँख्खा, social organization for the Kirat Rai
राई जातीका केही प्रसिद्ध व्यक्तित्वहरू [सम्पादन गर्ने]
चाम्लिङ असीम राई - गायक, अभिनेता, लन्डन मोडेल
- पवन कुमार चाम्लिङ भारतीय राज्य सिक्किमकोको पाचौं मुख्यमंत्री।
- प्रेमदास राई (1954)को जन्म सिक्किम डेमोक्रेटिक फ्रंट
- तरूणदीप राई, 22 फरवरी 1984, नामची मा, सिक्किम, भारत)को जन्म. [1] एक भारतीय आर्चर [2] [3] त्यो छ भारतीय गोर्खा समुदाय
- अगम सिं राई 13 भिक्टोरिया क्रस विजेता नेपाली।
- नारदमुनि थुलुङ - वरिष्ठ कैबिनेट मंत्री
- बलबहादुर राई नेपाली काँग्रेस पार्टीको वरिष्ठ नेता, वरिष्ठ कैबिनेट मंत्री, प्रधानमन्त्रीको रूपमा काम गरे -
- लैनसिंह बाङदेल नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व उपकूलपति
- टंक राई नेता
- इन्द्रबहादुर राई - लेखक र साहित्यिक आलोचक
- गणेश रसिक लेखक तथा कलाकार।
- काले राई वा डा स्वामी प्रपन्नचार्य राजपरिषद सदस्य
पूर्व सरकारको सचिव र लोक सेवा आयोगको अध्यक्ष - * सांता बहादुर राई
- मकर बहादुर Bantawa - बडा Haakim, जोनल आयुक्त, [गोरखा दक्षिणा बहूको [आदेश]] 1 वर्ग, त्रि शक्ति पत्ताको आदेश 1 वर्ग
पूर्व राजदूत, राजनयिक र विद्वान प्रोफेसर ड. नोबेल किशोर राई
- प्रदीप राई - लेखक र कवि नेपालको राष्ट्रिय गान लेखयो था
विश्व प्रसिद्ध प्लास्टिक सर्जन ड. शंकर मैन राई - * शम्भू राई कलाकार (गायक संगीतकार) कलाकार (गायक) - * धीरज राई
- सबिन राई - कलाकार (गायक)
- राजेश पायल राई कलाकार (गायक) -
- विल्सोन बिक्रम राई कलाकार
- सत्यकला राई कलाकार (गायिका)
- कला राई कलाकार (गायिका)
- बिना राई कलाकार (गायिका)
- चक्र भुषन राई कलाकार (गायकार)
- पार्बती राई कलाकार (गायिका)
- बिष्नु मुकारुङ कलाकार (गायक)
- आभा मुकारुङ कलाकार (गयिका)
- उदय सोतङ् कलाकार (गायक)
- मनिला सोतन्ङ कलाकार (गायिक)
- अशोक राई - यूएमएल पार्टीको पूर्व उपाध्यक्ष
- गणेश राई - काठमाडौं मेट्रोपोलिटन Officeको पूर्व मुख्य कार्यकारी अधिकारी (वर्तमानमा संयुक्त सचिव, नेपालको सरकार)
- दुर्ज कुमार राई - AIGP (नेपाल सशस्त्र पुलिस बल), बलमा दोश्रो सर्वोच्च पद
- राम काजी वान्तवा AIGP, नेपाल पुलिस, राष्ट्रिय पुलिसमा दोश्रो सर्वोच्च पद
- गणेश राज राई - DIGP
- ज्ञानेंद्र राई - DIGP
खुफिया विभागको पूर्व मुख्य - * चंद बहादुर राई डा. स्वामी प्रपन्नाचार्य वेदहरूको विद्वान
- टंक बहादुर राई - आसाम सरकार विधानसभा अध्यक्ष
|
||||||||||||||||
सन्दर्भ सामग्रीहरू [सम्पादन गर्ने]
बाह्य सूत्र [सम्पादन गर्ने]
- वाम्बुले राइ समाज
- राई समाज
- Related Indigenous nepali people (नेपालको जनजाति सम्बन्धित)
- Kirat Rai Yayokkha Nepal
- United Kirat Rai Organization of America
- Kirat Rai Society of America
- Blog of the Kirat Rai Society of America
- Portal of the Kirati community
- Nepal Federation of Indigenous Nationalities (NEFIN)
- Academic Research Project on Rai Culture by the University of Vienna, Austria