राघवध्वज पन्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डा. राघवध्वज पन्त (सन् १९४४- सन् २०१०) नेपालका वरिष्ठ अर्थविद् थिए । उनी एक समय राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पनि रहे। उनको जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

शिक्षा[सम्पादन गर्नुहोस्]

राघवले मौद्रीक अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए । नेपाल राष्ट्र बैङ्कबाट जागीरे जीवन सुरु गरेका पन्तले एसियाको मुद्रास्फ्रीति विषयमा सन् १९७९मा कार्लसन युनिभर्सिटी, क्यानडाबाट विद्यावारिधि गरेका थिए । उनी प्राध्यापन, अनुसन्धान र लेखनमा लागेका थिए । पहिले सदस्य हुँदै उनी २०५४ सालमा योजना आयोगका उपाध्यक्ष बनेका थिए । पन्त पछिल्लो समयमा आर्थिक गतिविधिको अनुसन्धान र अध्ययनमा व्यस्त थिए । त्यहि गतिविधिका लागि उनी इन्स्टीच्युट फर डेभेलपमेन्ट स्टडिजका कार्यकारी निर्देशक थिए ।

निधन र परिवार[सम्पादन गर्नुहोस्]

उनको निधन २०६७ साउन ३मा आफ्नो निवास डिल्लीबजारमा भयो । उनी एक महिनादेखि कलेजो र मिर्गौलासम्बन्धी रोगबाट ग्रसित थिए । पन्तका श्रीमती, एक छोरा र एक छोरी छन् ।