राजविराज नगरपालिका
| राजविराज नगरपालिका | |||
| [[Image:{{{तस्वीर}}}|335px]] | |||
| स्थापना : | २०१६ साल | ||
|---|---|---|---|
| अञ्चल: | सगरमाथा अञ्चल | ||
| जिल्ला: | सप्तरी जिल्ला | ||
| क्षेत्रफल: | - | ||
| जनसंख्या: | ३०,३५३ | वडा संख्या: | - |
| भौगोलिक अवस्थिति: | तराई | ||
| मेयर: | ?? | ||
| टेलिफोन कोड: | ०३१ | ||
| वेबसाईट: | - | ||
देशकै पहिलो 'टाउन प्लानिङ्ग' गरी बसाइएको सप्तरी जिल्लाको सदरमुकाम राजविराज तराईको सबैभन्दा पहिलो र अधिराज्यको चौथो नगरपालिका हो।
वि.सं. १९९४ तिर सप्तकोशी नदीले पुरानो सदरमुकाम हनुमाननगरलाई कटान गर्न थालेपछि सदरमुकाम अन्यत्र सार्न उपयुक्त ठाउँको खोजी हुन थाल्यो। तत्कालीन बडाहाकिम प्रकाशशमशेर जबराले उपयुक्त ठाउँ खोजेर सहर बसाउने जिम्मेवारी ख्यातिप्राप्त इन्जिनीयर डिल्लीजङ्गलाई सुम्पेका थिए। उनले आफ्नो जमीनन्दारी मौजा रहेको जोलहरी मलेठ गाउँ नजीकैको राजपुर मौजामा सदरमुकाम बसाउने निधो गरे। त्यस बेला सुन्दर सहरकोरूपमा प्रसिद्धि पाएको भारत जयपुरको नक्सा बमोजिम टाउन प्लानिङ्ग गरी विं.सं.१९९८मा राजविराज सहर बसाइयो।
विषयसूची |
नगर [सम्पादन गर्ने]
नगरपालिकामा १२ जना प्रमुख तथा उपप्रमुख भइसकेका छन्। नगरपालिकाको प्रथम प्रमुख यमुनानन्द मिश्र र उप प्रमुख गुणानन्द चौधरी हुनु भएको थियो।
रितिथिति [सम्पादन गर्ने]
वर्तमान राजविराजको पूर्वी भागमा पर्ने भलुवाही खोलाको छेउमा लामो इतिहास बोकेको राजदेवी भगवतीको मन्दिरबाट राजविराज नाम रहन गएको विभिन्न पुस्तकमा उल्लेख छ। राजदेवी भगवतीलाई सेन राजाको इष्टदेवी मानिन्छ। राजदेवी मन्दिर यहाँ अवस्थित रहनुको कारण यहाँ सेन राजाहरूको कचहरी गर्ने ठाउँ, दरवार, किल्ला रहनु हो। सहर विकासका लागि चाहिने आधारहरू भएकोले २०१६ सालमा राजविराजलाई नगरपालिका घोषणा गरियो। नगरपालिकाको पूर्वमा खाँडो खोला, पश्चिममा जमुनी मधेपुरा, उत्तरमा मलेठ र दक्षिणमा बोरिया गाविस छन्। योजनाबद्ध किसिमले व्यवस्थित राजबिराज छिट्टै व्यवसायिकरूपमा अगाडि बढी २०१० सालतिर पूर्वी नेपालको तराई र पहाडी जिल्लाका व्यापारिक केन्द्रको रूपमा विकसित हुन पुग्यो। नगरपालिकामा ऐतिहासिक राजदेवी, दुर्गा भगवती, वागेश्वरी भगवती, हनुमान, रामजानकी, राधाकृष्ण, विष्णु, बैष्णवी काली, महादेव लगायतका मठ मन्दिर तथा मुस्लिम समुदायको जामे मस्जिद र जैन धर्मावलम्बीका मन्दिर छन्।
जनसंख्या [सम्पादन गर्ने]
नगरपालिकामा ब्राहृमण, क्षेत्री, थारू, हरिजन, यादव, मुस्लिम, जैन, मारबाडी, दास, डुम, मण्डल, देव, हलखोर जातिको बसोबास छ। हिन्दु, मुस्लिम, जैन, बुद्ध धर्म मान्नेहरू आपसमा मिलेर बसेका छन्। प्रत्येक धर्मावलम्बीहरूको आ-आफ्नो रीतिरिवाज र चाडपर्व, कला-संस्कृति छ। कामकाजको रूपमा नेपाली भाषा प्रयोग गर्ने गरे पनि अधिकांश मैथिली भाषा बोल्ने गरिन्छ। वि.सं. २०५८को जनगणनाअनुसार १६ हजार १ सय ९९ पुरूष र १४ हजार १ सय ५४ महिला गरी ३० हजार ३ सय ५३ जनसंख्या रहेको नगरपालिकामा ५ हजार ४ सय ४५ घर संख्या र प्रति वर्ग किलोमिटर २५३७ दशमलव ८८ जनघनत्व छ।