राजीव गान्धी
| राजीव गान्धी | |
|---|---|
| जन्मतिथी: | २० अगस्ट, १९४४ |
| निधन: | २१ मई, १९९१ |
| भारत के ९ औं प्रधानमन्त्री | |
| जन्मस्थान: | मुम्बई, महाराष्ट्र |
| प्रधानमन्त्री क्रम: | औं प्रधानमन्त्री |
| पदभार ग्रहण: | ३१ अक्तूबर १९८४ |
| सेवामुक्त: | २ दिसंबर १९८९ |
| पूर्ववर्ती: | इन्दिरा गान्धी |
| उत्तराधिकारी: | विश्वनाथ प्रताप सिंह |
राजीव गांधी (२० अगस्ट, १९४४ - २१ मई, १९९१), इन्दिरा गांधीको पुत्र र जवाहरलाल नेहरूको नाति, भारतको औं प्रधान मन्त्री थिए।
१९८४मा इंदिरा गान्धीको हत्या पछि उनको छोरा राजीव गान्धी ठूलो बहुमतको साथ प्रधानमन्त्री बनेका थिए। त्यसपछि १९८९को आम चुनावहरूमा कांग्रेसको हार भयो र पार्टी दुई बर्षसम्म विपक्षमा रहयो। १९९१को आम चुनावको प्रचारको क्रममा तमिलनाडुको श्रीपेरंबदूरमा एउटा खतरनाक बम विस्फोटमा राजीव गान्धीको मृत्यु भएको थियो।
राजीव गान्धीको विवाह एन्टोनिया मैनोसँग भएको थियो जो त्यस बेला इटलीको नागरिक थीइन। विवाह पछि उनको पत्नीले नाम फेरेर सोनिया गान्धी बनाईन। भनिन्छ कि राजीव गान्धीसँग उनको भेटघाट त्यसबेला भयो जब राजीव कैम्ब्रिजमा पढनको लागि गएका थिए। उनको विवाह सन १९६८मा भयो त्यसपछि उनी भारतमा बस्न थाले। राजीव र सोनियाको दुई सन्तान छन, छोरा राहुलको जन्म १९७० र पुत्री प्रियंकाको जन्म १९७१मा भएको थियो।
राजनैतिक जीवन [सम्पादन गर्ने]
शुरुमाराजीव गान्धीलाई राजनीतिमा कुनै रूचि थिएन र उनी एउटा एयरलाइन पाईलोटको नोकरी गर्दथिए। संकटकाल लागेपछि जब इन्दिरा गान्धीले सत्ता छोडनु परेको थियो त्यसबेला केही समयको लागि राजीव गान्धी परिवारको साथ विदेशमा बस्न गएका थिए। तर १९८०मा आफ्नो दाजु संजय गान्धीको एउटा हवाई जहाज़ दुर्घटनामा असामयिक मृत्यु पछि आमा इन्दिरा गान्धीलाई सहयोग दिनको लागि १९८२मा राजीव गांधीले राजनीतिमा प्रवेश गरे। उनी अमेठीबाट लोकसभाको चुनाव जीतेर सांसद बने र ३१ अक्टूबर १९8४मा सिख आतंकवादियों द्वारा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरीए पछि त्यसै दिन राजीव गांधी भारतको प्रधानमन्त्री बने र त्यसपछिको आम चुनावमा सबैभन्दा धेरै बहुत पाएर प्रधानमन्त्री बने। उनको प्रधानमन्त्रित्व कालमा भारतीय सेना द्वारा बोफ़ोर्स तोपको खरीदमा लिएको किकबैक (कमीशन - घूस)को मुद्दा उठ्यो जसको मुख्य पात्र इटली का एक नागरिक, ओटावियो क्वाटोराची थियो जो सोनिया गान्धीको साथी थियो। त्यसपछिको चुनावमा कांग्रेसको हार भयो र राजीव गांधीले प्रधानमन्त्री पदबाट हटनु पर्यो।
त्यसपछिको चुनावमा कांग्रेसले जीत्ने र राजीव गांधीले पुन: प्रधानमन्त्री बन्ने पूरा संभावना थियो तर २१ मे,१९९१ का दिन तमिल आतंकवादिहरूले एउटा बम विस्फ़ोटमा राजीव गान्धीको हत्या गरीदिएका थिए।