राणा शासन
नेपाली विकिपीडियाबाट
राणाहरूले गरेको पारिवारिक शासन। नेपालमा यो विक्रम सम्बत १९०३ देखि प्रारम्भ भएर २००७ साल सम्म कायम रह्यो। यसमा राणा प्रधानमन्त्रीका भाईमा पद सर्दै जाने नियम थियो। देशका मुख्य मुख्य शक्तिशाली पदहरूमा पनि राणा खानदानका नै मानिसहरू नियुक्त हुन्थे। आधारभूत मौलिक अधिकार हुँदैनथ्यो। राणाले जे बोले पनि कानून सरह लागू हुन्थ्यो।