रातो ऐँसेलु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रातो ऐंसेलुबाट अनुप्रेषित)

रातो ऐँसेलु
Rubus ellipticus in Nepal
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
Rosales
कुल:
वंश:
उपवंश:
Idaeobatus
प्रजाति:
R. ellipticus
वैज्ञानिक नाम
Rubus ellipticus
Sm.[१]

वैज्ञानिक नाम रुबस इलिप्टिकस(Rubus ellipticus)ले चिनिने यो वनस्पति हिमालय पर्वत शृङ्खला आसपासका पहाडी भूभागमा पाइने एक बहुवर्षीय बुट्यान वर्गको वनस्पति हो। रुबस इलिप्टिकस अर्थात रातो ऐँसेलु एसियाको हिमालय पर्वत शृङ्खला आसपासका क्षेत्रको रैथाने वनस्पति हो। यो जातको ऐँसेलु नेपालको पहाडी भेगको सबै ठाउँमा पाइन्छ। नेपालका अलावा भारतका उत्तरी पहाडी भूभाग, चीनपाकिस्तानमा समेत पाइन्छ। यसको बोट एक झाडी खालको हुन्छ। रातो ऐँसेलु पनि दुई प्रकारको हुन्छ। एक प्रकारको ठूलो झाडी हुन्छ भने अर्को सानो बोट भएको हुन्छ। पहिलो खालको ऐँसेलुको पात खस्रो र हल्का हरियो हुन्छ भने दोस्रो ऐँसेलुको पात चिल्लो र गाढा हरियो हुन्छ। पहिलो जातको ऐँसेलुको काँडा केही कम हुन्छ भने दोस्रो जातको ऐँसेलुको काँडा धेरै खतरनाक हुन्छ।

फल[सम्पादन गर्नुहोस्]

यसको फल काँचोमा हरियो र पाकि सकेपछि रातो(सुन्तला रंग) हुने हुनाले यसलाई रातो ऐँसेलु भनिएको हो। ठूलो झाडीहुने प्रजातिको फलको स्वाद गुलियो हुन्छ भने अर्को सानो बोट भएको प्रजातिको फलको स्वाद अलि चुकिलो (अमिलो) हुन्छ। पहिलो जातको चैत देखि जेठको अन्त सम्म पाकेको पाइन्छ भने दोस्रो जातको ऐँसेलु जेठको अन्तमा पाकेको हुन्छ।

काण्ड[सम्पादन गर्नुहोस्]

रातो ऐँसेलुको झुसयुक्त काण्ड

रातो ऐँसेलुको काण्ड घोप्टो परेका नङ्ग्रा आकारका काँडा तथा तिखा बिषालु झुसयुक्त भएको हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Wild edible angiospermic plants of Illam Hills (Eastern Nepal) and their mode of use by local community", अन्तिम पहुँच अगष्ट ०७  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)