रामधुनी मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रामधुनीबाट अनुप्रेषित)
चित्र:रामधुनी मन्दिर.jpg
रामधुनी मन्दिर

रामधुनी सुनसरी जिल्लाको सिंगियाप्रकाशपुर गाउँ विकास समिति अन्तर्गत पर्ने जङ्गलको मध्यक्षेत्रमा रहेको प्रख्यात धार्मिक स्थल हो। यहाँ हरेक रामनवमीको दिन ठूलो मेला लाग्ने गर्दछ। सुनसरी जिल्लाको सदरमुकाम इनरुवाबाट करीब ९ किलोमिटर उत्तरमा रहेको यस स्थानमा चारैतिर घना जङ्गल र सुन्दर फुलबारीका बीचमा धुनीस्थल रहेको छ। त्रेता युगदेखि जल्न शुरु गरेको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको अचम्मलाग्दो किम्बदन्तीमा आधारित यो स्थान पूर्वाञ्चलकै प्रशिद्ध तीर्थस्थल मानिन्छ। राम नवमी, विवाह पञ्चमीबालाचतुर्दशीमा लाग्ने मेलामा लाखौंको संख्यामा नेपाल, भारत तथा भुटानका मानिसहरू आउने यस पवित्रस्थलमा त्रेतायुगमा रामचन्द्रले बासबस्दा बालेको धुनी निरन्तर आजसम्म जलिरहेको र कथंकदाचित निभेमा धरानस्थित पिण्डेश्वर मन्दिरमा रहेको अखण्ड दीपबाट प्रज्वलित गर्नुपर्ने र पिण्डेश्वर मन्दिरको अखण्डदिप निभेमा रामधुनीको धुनीबाट आगो लगि सल्काउनु पर्ने परम्परा हालसम्म कायमै छ। रामधुनीमा वनबासको क्रममा सम्झना स्वरूप भगवान रामले छोडेको एकजोर खराउ र रथका पाङ्ग्रा हालसम्म छँदैछ।

किम्बदन्ती[सम्पादन गर्नुहोस्]

किम्बदन्ती अनुसार त्रेतायुगमा भगवान राम वनबास आउने क्रममा धुनी जगाएर एक रात बास बसेको र त्यो स्थान छोडी हिँड्दा आफ्ना पाउका एक जोर खराउ छाडी गएको भन्ने पौराणिक भनाइ रहँदै आएको छ। भगवान रामको पाउ स्पर्स भएको यस पवित्र भूमिमा आफ्नो ध्यानलाई पूर्ण गर्न बसेका बाबा वनस्खण्डी नाम गरेका योगीले भगवान रामले जगाएका अग्निलाई निभ्न नदिई राखेर त्यसबाट प्राप्त भएको विगुत(खरानी) प्रसादको रूपमा वितरण गर्ने प्रचलन सुरु भएको थियो। रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित विगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेको छ। यसदेखि बाहेक भगवान रामले किशोर अवस्थामा राजकुमारी विदिन्युलाई भेट्न आउँदा रामधुनी वनमा ती राजकुमारी धुनीवाली बसेको जनश्रुति पनि किम्बदन्ती अनुसार त्रेतायुगमा भगवान राम वनबास आउने क्रममा धुनी जगाएर एक रात बास बसेको र त्यो स्थान छोडी हिँड्दा आफ्ना पाउका एक जोर खराउ छाडी गएको भन्ने पौराणिक भनाइ रहँदै आएको छ। रामचन्द्रको पाउ स्पर्स भएको यस पवित्र भूमिमा आफ्नो ध्यानलाई पूर्ण गर्न बसेका बाबा वनस्खण्डी नाम गरेका योगीले भगवान रामले जगाएका अग्निलाई निभ्न नदिई राखेर त्यसबाट प्राप्त भएको विगुत(खरानी) प्रसादको रूपमा वितरण गर्ने प्रचलन सुरु भएको थियो। रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित विगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेको छ। यसदेखि बाहेक भगवान रामले किशोर अवस्थामा राजकुमारी विदिन्युलाई भेट्न आउँदा रामधुनी वनमा ती राजकुमारी धुनीवाली बसेको जनश्रुति पनि छ।

रामधुनी सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा सङ्ख्या ४ (साविक सिंगीया गा.वि.स. वडा नं. २) मा पर्दछ। सुनसरीको झुम्का बजारदेखि करिब ७ कि.मी. उत्तर पश्चिममा पर्ने धुनिवनमा अवस्थित रामधुनिमा भगवान रामले धुनि जगाएको भन्ने धार्मिक विश्वास छ। तर ऐतिहासिक खोजीका आधारमा त्यस स्थानमा सर्वप्रथम वनखण्डी वावाले धुनि जगाएर साधना गरेका थिए। उनको समय करिब ३०० वर्ष अगाडितिरको मानिएको छ।

रामधुनिमा मुख्य रूपमा धुनि मन्दिर र दरवार मन्दिर छन्। धुनि मन्दिरमा सधै एउटा साजको मूढो सल्काएर राखिन्छ र उक्त मूढो जली रहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ। यसैगरी दरवार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ। त्यसभित्र चन्द्र, शिवलिंग, दूर्गा र सिंहका मूर्तिहरू राखिएका छन्। वनखण्डी वावाले बोकेर हिड्ने मनचिन्ते चिम्टा पनि त्यसै मन्दिरमा राखिएको छ। धुनिवन सुनसरी खोलाको किनारमा छ, जसको क्षेत्रफल करिव १००० विगाहा छ। एउटा किंवदन्तीमा वनखण्डी वावाले यहाँका सखुवाको बोटमा चिम्टा रोपेर आँपका वृक्ष बनाएका थिए भनिरामधुनिमा मुख्य रूपमा धुनिमन्दिर र दरवार मन्दिर छन्। धुनिमन्दिरमा सधै एउटा साजको मूढो सल्काएर राखिन्छ र उक्त मूढो जली रहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ। यसैगरी दरवार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ। त्यसभित्र चन्द्र, शिवलिंग, दूर्गा र सिंहका मूर्तिहरू राखिए

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]