रामपुर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

(चितवनको रामपुर का लागि रामपुर (चितवन) हेर्नुहोस)

पाल्पा जिल्लाको पूर्वी भाग कालीगण्डकी उपत्यकामा रहेको रामपुर पाल्पा जिल्लाको दोस्रो मुख्य बाणीज्य केन्द्र हो। मगर जातिको बाहुल्य रहेको नगरोन्मुख रामपुर गाविस पूर्वी पाल्पाको केन्द्र हो। काली नदीको किनारमा पर्ने रामपुर उपत्यका रातो माटोको सतहले बनेको छ। हाल सिंचाइ नहरको निर्माण पछि यो उपत्यका उत्पादनशील भएको छ।