राममान तृषित

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राममान तृषितको शव

राममान तृषितको खास नाम डा. राममान श्रेष्ठ (१९९७-२०६८) हो। नेपाली साहित्यमाका राममान तृषित नामले स्थापित र प्रिय रहिआएका थिए। उनको जन्म विस १९९७ माघमा काठमाडौंको ओमबहालमा भएको थियो।

खासगरी कविता, गजल, मुक्तक, भजन र गीत रचनाको क्षेत्रमा आजीवन सक्रिय उनका १३ वटा विभिन्न साहित्यिक कृतिहरू प्रकाशित छन्। उनीद्वारा रचित १७२ वटा गीतहरू रेकर्ड भएका छन। 'मान्छेको माया यहाँ खोलाको पानी जस्तो, किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो..', मैले पुण्य मन पराएँ या पाप मन पराएँ, जे होस मैले तिमीलाई चुपचाप मनपराएँ' आदि चर्चित गीतका रचनाकार तृषितका कविता, मुक्तक र निबन्धका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन। वि.सं २०४१ सालमा प्रबल गोरखा दक्षिण बाहु[१], छिन्नलता पुरस्कार, व्यथित काव्य पुरस्कार, नातिकाजी सम्मान, इमेज लाई फटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका तृषित मिर्गौलाको रोगबाट पीडित थिए। जेठ १७ बिहान अस्पतालमा उपचारको क्रममा निधन भयो।[२] चिकित्सा पेशामा सम्लग्न तृषितले भारत, चीन, वर्मा, पाकिस्तान, कोरिया, बङ्गलादेश, सिङ्गापुर लगायतका देशहरूको समेत भ्रमण गरिसक्नु भएको थियो। उनले मास्टर्स अफ र्सजरी सम्मको अध्ययन गरेका थिए।[१]

राममान "तृषित" द्वारा लेखिएका पुस्तकहरू[सम्पादन गर्नुहोस्]

  • प्रेयसीका आँखासित पिरतीका कुरा
  • लामबाहिर
  • एक मनको अनेक मृत्यु- विसं २०३७
  • फूल थरी थरीका- विसं २०३३
  • भजनका नयाँ पाइला
  • क्षितिजको पृष्ठभूमिमा- विसं २०५०, कविता सङ्ग्रह
  • शोरा- विसं २०४७, गीत सङ्ग्रह
  • राममान तृषितका कविता
  • बहुलाको हातमा बन्दुक
  • आज मान्छे खोज्नुपर्ने भएको छ
  • बन्दुकको नालबाट बाँसुरीको धुन
  • अनुत्तरित प्रश्न
  • मनदेखि मनसम्म
  • नेपालमा स्वास्थ्य सेवाको विकास- विसं २०३२

[१][३]

सन्दर्भ सामाग्रिहरू[सम्पादन गर्नुहोस्]