रामवरण यादव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामवरण यादव
१ औं नेपालको राष्ट्रपति
कार्यकाल
२३ जुलाई २००८[१] – २८ अक्टूबर २०१५
प्रधानमन्त्री
उपराष्ट्रपतिपरमानन्द झा
पूर्वाधिकारीसंविधान स्थापना
उतराधिकारीविद्यादेवी भण्डारी
नेपाली कांग्रेसका महामन्त्री
कार्यकाल
१९९६–२०१०
सभापतिगिरिजाप्रसाद कोइराला
पूर्वाधिकारी
उतराधिकारी
व्यक्तिगत विवरण
जन्म२००४ माघ २२
४ फेब्रुअरी १९४८
सपही धनुषा, नेपाल
राजनीतिक दलनेपाली काँग्रेस
जीवन साथीजुलेखा यादव [२]
सन्तान(हरू)डा. चन्द्रमोहन यादव
चन्द्रशेखर यादव (छोरा)
अनीता यादव (छोरी)

डा. रामवरण यादव (जन्म २००४ साल माघ २२ गते)[२] नेपालको प्रथम तथा भूतपूर्व राष्ट्रपति हुन। उनी २०६५ साउनमा निर्वाचित भएका नेपालका प्रथम राष्ट्रपति हुन । उनले यस अघि स्वास्थ्य मन्त्रीको रूपमा र नेपाली काँग्रेस पार्टीको महासचिवको रूपमा सेवा गरे ।

यादव बिसं २०४७ देखि २०५० सम्म नेपाली कांग्रेसको सरकारमा स्वास्थ्य राज्यमन्त्री थिए । उनी बिसं २०५६ मा निर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्वारको रूपमा प्रतिनिधि सभाको लागि निर्वाचित भएका थिए। उक्त निर्वाचन पछि उनी स्वास्थ्यमन्त्री भए । वि.सं. २०६४ बैशाखमा, यादवको जनकपुर स्थित निवासमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका लडाकुहरूले आक्रमण गरे। उनीहरूले घरमा कब्जा गरेको एउटा सूचना दिए, यसमा आफ्नो झन्डा फहराए र एउटा बम राखे । बि.सं २०६४ चैत्रको संविधान सभा निर्वाचनमा यादवले धनुषा ५ संसदीय क्षेत्रमा प्रतिस्प्रधा गरे । १०,३९२ मत प्राप्त गरेर त्यो स्थान जिते । पहिलो चरणमा भएको निर्वाचन स्तगित भएपछि, २०६५ साउन ६ मा पुन दोस्रो चरणको निर्वाचन गराईयो । यस दोस्रो चरणको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उमेद्वार राम राजा प्रसाद सिंहलाई २८२ हराउदै उनी नेपालका प्रथम राष्ट्रपतिको रूपमा निर्वाचित भए । उनले संविधान सभा खसेको ५९० मत मध्ये ३०८ मत पाएका थिए । उनले बि.सं २०६५ साउन ८ गते नेपालको प्रथम राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे । प्रधान न्यायाधीश केदारप्रसाद गिरीले उनलाई राष्ट्रपति भवन शितल निवासमा पद र गोपनीयताको शपथ दिलाए । शपथ ग्रहण समारोहमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला लगायत अन्य महानुभवहरू उपस्थित थिए। उनले पनि उपराष्ट्रपति परमानन्द झालाई शपथ गराए ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

रामबरण यादवकाको जन्म २००३ माघ २२ गते थानी यादव र राम रति यादवको सन्तानको रूपमा भएको थियो । उनको विवाह जुलेखा यादव सँग भएको थियो। यादवको श्रीमती १९८३ मा मृत्यु भएको थियो । उनका सन्तानहरूमा दुई छोरा (डा. चन्द्रमोहन यादव र ई.चन्द्रशेखर यादव) र एउटी छोरी (अनीता यादव) हुन ।[३] यादव अहिले शीतल निवासमा छोरा (चन्द्रमोहन यादव) र छोरी (अनीता यादव)को साथ बस्छन्। उनका कान्छा छोरा (चन्द्रशेखर यादव) संयुक्त राज्य अमेरिकामा छन ।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

रामवरण यादव बिद्यार्थी हुँदा देखि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । उनी भारतको कलकत्तामा चिकित्साशास्त्रको बिद्यार्थी हुँदा त्यस समयमा भारतमा स्व-निर्वासनमा रहेका विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, सुवर्ण शम्सेर राणा, पुष्पलाल श्रेष्ठ र सरोज कोइराला जस्ता नेपाली राजनीतिज्ञहरूसँग उनको भेट भयो । यिनै नेताहरूबाट प्रभावित भएर यादव राजनीतिक क्षेत्रमा प्रवेश गरे । उनी वि.सं. २०३७ मा नेपालमा बहुदलीय प्रजातन्त्रको लागि भएको आन्दोलनमा सक्रिय रूपमा लागि परे। चिकित्सकको रूपमा अभ्यासरत रहँदा उनीले आफुलाई नेपाली काँग्रेसको सक्रिय कार्यकर्ताको रूपमा राजनीतिमा स्थापित गराए । बि.सं. २०३७ देखि २०३९ सम्म उनले तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको निजी चिकित्सकको रूपमा काम गरे ।

राष्ट्रपति राम बरण यादव

रामवरण यादव बि.सं २०४७ साल अघि भएका प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रूपमा लागि परिरहे । त्यस आन्दोलन क्रममा उनले नौ महिना सम्म जेलमा बिताए। बि.सं २०४७ सालमा बहुदलीय प्रजातन्त्र घोषणा भएपछि भएको प्रतिनिधि सभाको चुनावमा उनी धनुषा जिल्लाको क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा उठे र विजयि पनि भए । उनी बि.सं २०४८ देखि २०५१ सम्म नेपालका स्वास्थ्य राज्यमन्त्री भए । उनले पुन: बिसं २०५६ देखि २०५८ सम्म नेपालका स्वास्थ्य मन्त्रीको कार्यभार सम्हाले । रामवरण यादवले नेपाली काँग्रेस पार्टीमा धेरै जिम्बेवारीपूर्ण पदहरू निर्बाह गरिसकेका छन । उनी १५ वर्ष केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा साथै संसदीय बोर्डका सदस्य र पार्टीको अनुशासन समितिका सदस्य थिए । राष्ट्रपति हुनु पूर्व उनी नेपाली काँग्रेस पार्टीका महासचिव थिए ।

अनिता यादवसँग राष्ट्रपति राम बरण यादव
राष्ट्रपति राम बरण यादव र वहा कि छोरी अनिता यादवसँग भारत कि राष्ट्रपति प्रतिभा देवि सिंह पाटिल र भारत का प्रधानमन्त्री मनमोहन सिंह

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]