रायपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रायपुर
रायपुर
सरकार
 • महापौरप्रमोद दुबे
जनसङ्ख्या
 (2011)
 • जम्मा१,०१०,०८७
वेबसाइटwww.raipur.nic.in

रायपुर छत्तीसगढको राजधानी हो । यो शहर भारतको २६ औ राज्य हो । सन् २००० नोभेम्बर ०१ मा भारतको मध्यप्रदेशबाट विभाजित भई छत्तीसगढको निर्माण भएको थियो ।

इतिहास[सम्पादन गर्नुहोस्]

पुरानो भवन एवं किलको अवशेषमा आधारित केहि इतिहासविदको मान्यतानुसार यो शहर ९ औ शताब्दीदेखि अस्तित्वमा छ । तर धेरै मान्छेहरूको अनुसार यो शहर १४ औँ शताब्दीमा बसेको थियो ।

जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]

सन् २०११ को जनगणनाको अनुसार रायपुरको जनसँख्या १०,१०,०८७ रहेको छ । यहाँको लिङ्गानुपात ९४६ महिलाहरू प्रति १००० पुरुषको छ । रायपुरको साक्षरता दर ८६.९०% छ, पुरुषहरूको साक्षरता दर २९.३९% र महिलाहरूको साक्षरता दर ८१.१०% छ ।

भूगोल एवं जलवायु[सम्पादन गर्नुहोस्]

रायपुर खारुन नदीको तटमा बसेको छत्तीसगढको सबैभन्दा बढा शहर हो । रायपुर एक बडा मैदान (छत्तीसगढ का मैदान) को मध्यमा स्थित छ जुन धान का कटोरा को नामले पनि चिनिन्छ । रायपुरको पूर्व मा महानदी नदी बग्दछ । उत्तर-पश्चिममा मैकाल को पहाडि छ । उत्तरी तर्फ छोटा नागपुरको पठार र दक्षिणमा बस्तरको पठार छ । रायपुर मुम्बई-हावडा रेल लाइनमा छ र यो सबै मह्त्वपूर्ण शहरहरूदेखि जुड्छ । राष्ट्रीय राजमार्ग ६ शहरहरूबाट गुजरता हो र ४३ शहर को विशाखापट्नम देखि जुड्छ । रायपुर मुम्बई, दिल्ली एवम अन्य शहरहरूसग हवाई मा‍र्गाद्वारा जोडिएको छ । रायपुरको विमानस्थल 'माना मा छ ।

तापमान: गर्मीमा ४५ देखि २९ सेल्सिअस जाडोमा २७ देखि १० सेल्सिअस वर्षा लगभग १२० देखि मी (जुलाई देखि सेप्टेम्बर)

नया रायपुर[सम्पादन गर्नुहोस्]

सन् २००० मा बनेको छत्तीसगढ राज्यको राजधानी रायपुरको प्रशासनिक केन्द्र "नया रायपुर " मा प्रस्तावित छ । यो एक विश्व स्तरीय परियोजना हो जसमा वर्तमान रायपुर देखि २५ किमी दूर एक नए शहरको सृजन गरिदैछ । यसको लागि एक ठुलो क्षेत्रको भूमिको अर्जन गरिदैछ । नया रायपुरको लागि कुल ८०,००० हेक्टेयर भूमि अर्जित गरिनेछ । नया रायपुरमा २२५ किमी पक्की सडक छ । नया रायपुरको परसदा क्षेत्र अन्तराष्ट्रीय क्रिकेट स्टेडियम बनाइएको छ ।[१]

अर्थव्यवस्था[सम्पादन गर्नुहोस्]

रायपुर सम्पूर्ण छ्त्तीसगढ एवं उडीसाको लागि थोकको मन्डी छ यस बाहेक यहा एक औद्योगिक शहर छ ।

शिक्षा[सम्पादन गर्नुहोस्]

राजधानी रायपुरमा ५ विश्वविद्यालय छन्:

  • पन्डित रविशंकर शुक्ल विश्वविद्यालय
  • इन्दिरा गान्धी कृषि विश्वविद्यालय
  • हिदायतुल्ला विधि विश्वविद्यालय
  • कुशाभाऊ ठाकरे पत्रकारिता एवं सञ्चार विश्वविद्यालय
  • नय आयुष्य एवं चिकित्सा विश्वविद्यालय

इन्जीनियरिङ्ग शिक्षाको लागि NIT राष्ट्रीय तकनीकी संस्थान सहित चार अभियान्त्रिकी महाविद्यालय छन् :

  • शासकीय अभियाम्त्रिकी महाविद्यालय,
  • रायपुर इन्स्टीट्यूट आफ़ टेक्नोलाजी,
  • दिशा इन्स्टीट्यूट अफ टेक्नालाजी एण्ड म्यानेजमेन्ट

नया चिकित्सा विश्वविद्यालयको अधीन रायपुरको चार चिकित्सा महाविद्यालय छन्

  • जवाहर लाल नेहरु स्मृति चिकित्सा महाविद्यालय
  • शासकीय आयुर्वेदिक महाविद्यालय
  • होम्योपैथिक महाविद्यालय
  • शासकीय अन्त चिकित्सा महविद्यालय

यस बाहेक विज्ञान, कला, वाणिज्यको अध्ययनको लागि धेरै महाविद्यालय छन् । शासकीय विज्ञान महाविद्यालय, शासकीय छ्त्तीसगढ महाविद्यालय हुन् । भविष्यमा इन्डियन इस्टीट्यूट अफ म्यानेजमेन्ट ओअनि केन्द्र सरकार द्वारा प्रारम्भ गरिने छ । रायपुरमा अधिकांश शासकीय विद्यालय राज्य परीक्षा बोर्ड र निजी विद्यालय पनि बी एस ईबाट सम्बद्ध छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. नया रायपुर विकास प्राधिकरण