राष्ट्रिय पुस्तकालय

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेपालको राष्ट्रिय पुस्तकालय ललितपुर नगरपालिका भित्रको हरिहर भवनमा अवस्थित छ। यसले उक्त भवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ। हाल यहाँ ३४,४९२ वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन्।

यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो। राजगुरु हेमराज पाण्डेका निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो। त्यस बेला यो सिंहदरबार भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो। त्यतवेला सिंहदरबारमा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठूलो बनाईएको थियो।

वि.सं. २०१७ सालमा यसलाई सिंहदरबारबाट हाल रहेको हरिहर भवनमा सारिएको हो। त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो। तर पछि गएर यो कार्य बन्द गरियो। वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो।

सम्पर्क ठेगाना[सम्पादन गर्ने]

नेपाल राष्ट्रिय पुस्तकालय
हरिहर भवन
पोष्ट बक्स न.: १८२, ललितपुर, नेपाल
फोन न.: ९७७-१-५५२११३२
फ्याक्स न. : ९७७-१-५०१००६१
ईमेल ठेगाना: nnl@nnl.wlink.com.np

बाहिरी लिंकहरू[सम्पादन गर्ने]