राहुल गान्धी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
राहुल गान्धी


सदस्य लोकसभा अमेठीबाट
बहालवाला
पद बहाली 
२००४

बहालवाला
पद बहाली 
२००७

जन्म : सन् १९७० जुन १९
नयाँ दिल्ली, भारत
राष्ट्रियता : भारत
राजनीतिक दल : भारतीय राष्ट्रिय कांग्रेस
निवास : नयाँ दिल्ली, भारत
अध्ययन संस्था : रोलिन्स कलेज
क्याम्ब्रिज विश्वविद्यालय
सम्म ५ जुन, २०११

राहुल गान्धी (जन्म: १९ जून, १९७०) एउटा भारतीय नेता र भारतको संसदका सदस्य हुन, भारतीय संसदको तल्लो सदन लोकसभामा उत्तर प्रदेशमा स्थित अमेठी निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दछन ।[१] राहुल गान्धी भारतीय राष्ट्रिय कांग्रेस सँग संबद्ध छन्।[२] राहुल त्यस नेहरू-गान्धी परिवारका सदस्य हुन्, जुन भारतको सबैभन्दा प्रमुख राजनैतिक परिवार हो । राहुललाई सन् २००९ को साधारण निर्वाचनमा कांग्रेसलाई प्राप्त भएको ठूलो जीतको श्रेय दिईएको छ । उनको राजनैतिक रणनीतिमा जमीनी स्तरलाई सक्रियतालाई बल दिनु, ग्रामीण भारतीयसँग गहिरो सम्बन्ध स्थापित गर्नु र कांग्रेस पार्टीमा आन्तरिक लोकतन्त्रलाई मजबूत पार्नमा बिशेष ध्यान दिनु, प्रमुख रहेको छ ।[३] अनुभवहीन भएका राहुलले मनमोहन सिंहको सरकारमा मन्त्रीपद लिएका थिएनन् । आजभोली राहुल आफ्नो पुरा ध्यान राजनैतिक अनुभव प्राप्त गर्न र पार्टीको जरालाई मजबूत बनाउनमा केन्द्रित गरिरहेका छन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

राहुल गान्धीको जन्म १९ जून १९७० मा नयाँ दिल्लीमा भएको थियो उनका पिता भारतको पूर्व प्रधानमन्त्री राजीव गान्धी र वर्तमान काँग्रेस अध्यक्ष श्रीमती सोनिया गान्धी हुन् । उनी आफ्नो माता पिताको दुई सन्तानहरूमा ठूलो हुन र प्रियंका गान्धी वाड्राका दाजु हुन । राहुलको हजुरआमा भारतको पूर्व प्रधानमन्त्री ईन्दिरा गान्धी थिईन ।

राहुलको प्रारम्भिक शिक्षा दिल्लीको मडर्न स्कूलमा भएको थियो, यस पछि उनी प्रसिद्ध दून स्कूलमा पढन गए जहाँ उनको पिताले पनि बिध्याआर्जन गरेका थिए । सन १९८१-८३ सम्म सुरक्षा कारणले गर्दा राहुललाई आफ्नो पढाई घरबाट नै गर्नु पर्‍यो । राहुलले हार्वर्ड विश्वविद्यालयको रोलिंस कलेज फ्लोरिडा बाट सन १९९४ मा कला संकाय तर्फ स्नातकको उपाधि प्राप्त गरे।[४] यस पछि सन १९९५ मा क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेज बाट एम.फिल.को उपाधि प्राप्त गरे ।

व्यवसायिक जीवन[सम्पादन गर्ने]

शुरूवात[सम्पादन गर्ने]

स्नातकको पढाई पछि राहुलले व्यवस्थापन गुरू माइकल पोर्टरको व्यवस्थापन परामर्श कम्पनी मनीटर ग्रूप सँग ३ बर्षसम्म काम गरे । यस समयमा उनको कम्पनी र सहकर्मी यस कुराबाट पुरा रूपमै अनभिज्ञ थिए कि उनी को सँग काम गरिरहेका छन किन भने राहुलले यहाँ छुटै नाम रल विंसीको नामबाट कार्य गर्दथे । राहुलको आलोचक उनको यस कामलाई भारतीय भएकाले उब्जीएको उनको हीनभावना मान्दछन जबकि, काँग्रेसी उनको यस कामलाई उनको सुरक्षासँग जोडेर हेर्छन । सन २००२ को अन्तमा उनी मुम्बईमा अभियांत्रिकीप्रविधि सँग सम्बन्धित एक आउटसोर्सिंग कम्पनी चलाउनको लागि भारत आए ।

राजनैतिक जीवन[सम्पादन गर्ने]

सन् २००३ मा, राहुल गान्धीको राष्ट्रिय राजनीतिमा आसन्न प्रवेशको बारेमा ठूलो मात्रामा संचार माध्यमको अटकलबाजी थियो, जसको उनले पुष्टि गरेनन । उनी सार्वजनिक समारोह र कांग्रेसको बैठकहरूमा आफ्नो आमाको साथै देखिए । अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट सिरिज हेर्नको लागि उनि एउटा सद्भावना यात्रामा आफ्नो बहिनी प्रियंका गान्धीको साथ पाकिस्तानपनि गए ।[५]

जनवरी २००४ मा राजनीतिमा उनको र उनको बहिनीको सम्भावित प्रवेशको बारेमा अडकलहरू बढयो जब उनले आफ्नो पिताको पूर्व निर्वाचन क्षेत्र अमेठीको भ्रमण गरे, जुन त्यस समय उनको आमाको नेतृत्वमा थियो । उनले एक निश्चित प्रतिक्रिया दिन अस्विकार गरेका थिए, यो भनेर की "म राजनैतिको विरुद्ध छैन, मैले यो तय गरेको छैनकी म राजनीतिमा कहिले प्रवेश गर्ने छु र वास्तवमा, गर्ने पनि छु कि छैन"

मार्च २००४ मा, निर्वाचनमा जाने घोषणा संगै उनले राजनीतिमा आफ्नो प्रवेशको घोषणा गरे, जसमा उनी आफ्नो पिताको पूर्व निर्वाचन क्षेत्र उत्तर प्रदेशको अमेठी देखि लोकसभाको लागि खडा भए, जुन भारतको संसदको तल्लो सदन हो ।[६] यसभन्दा पहिले, उनको काका संजय एउटा विमान दुर्घटना भन्दा पहिले, यस स्थानको नेतृत्व गरिसकेका थिए । यो स्थान उनको आमाको नेतृत्वमा थियो, जबसम्म उनी आफ्नो अर्को स्थान राए बरेलीमा स्थानान्तरित भएकी थिइनन । त्यस समय राज्यको ८०/१० लोकसभा स्थान जितेर, उत्तर प्रदेशमा कांग्रेसको खराब अबस्था थियो ।[७] त्यस समय, यस कदमले राजनैतिक पर्यवेक्षकमा आश्चर्य उत्पन्न गर्‍यो, जसले उनको बहिनी प्रियंकामा धेरै आकर्षक भएको र सफल हुने संभावना देखे । उनको कदम यति आश्चर्य जनक थियो की पार्टिका अधिकारीहरूसँग संचार माध्यमको लागि उनको परिचय पनि तैयार थिएन । यसले अटकलहरू उत्पन्न गरे कि भारतको सबैभन्दा प्रसिद्ध राजनैतिक परिवारको एउटा युवा सदस्यको उपस्थिति भारतको युवा जनसंख्याको बीचमा कांग्रेस पार्टिका राजनैतिक भाग्यलाई पुनर्जीवित गर्नेछ ।[८] विदेशी संचार माध्यम सँग आफ्नो पहलो अन्तरवार्तामा उनले देशलाई जोड्ने शक्तिको रूपमा स्वयंलाई पेश गरेको र भारतको "विभाजनकारी" राजनैतिको निन्दा गरेका थिए । यो भनेर कि उनी जातिधार्मिक तनावलाई कम गर्ने कोशिश गरेका थिए ।[६] उनको उम्मीदवारीलाई स्थानीयहरुले जमेर स्वागत गरे, जसको यस क्षेत्रमा यस परिवारको उपस्थितिको साथ एउटा लामो सम्बन्ध थियो ।[७], भारतीय राष्ट्रिय कांग्रेसको नेता]]उनी एक विशाल बहुमतबाट जीते, १,००,०००को मत अन्तरको साथ परिवारको गढ कायम राखे, जब कांग्रेसले सत्तारूढ भारतीय जनता पार्टी लाई अप्रत्याशित रूपबाट हराए.[९] उनको अभियान उनको बहिनी, प्रियंका गान्धी वाड्रा द्वारा सञ्चालित गरिएको थियो । सन् २००६ सम्म उनले कुनै अरु पद ग्रहण गरेनन र मुख्य निर्वाचन क्षेत्रको मुद्दाहरू र उत्तर प्रदेशको राजनीतिमा ध्यान केन्द्रित गरे र भारतीय र अन्तर्राष्ट्रिय प्रेसमा व्यापक रूपबाट अडकल थियो की सोनिया गान्धी भविष्यमा उनलाई एउटा राष्ट्रिय स्तरको कांग्रेस नेता बनाउनको लागि तैयार गरिरहेकी छन ।[१०]

जनवरी २००६ मा, हैदराबादमा भारतीय राष्ट्रिय कांग्रेसको एउटा सम्मेलनमा पार्टिका हजारौ सदस्यहरूले गान्धीलाई पार्टीमा एउटा अर्को महत्वपूर्ण नेतृत्वको भूमिकाको लागि प्रोत्साहित गरे र प्रतिनिधिहरूलाई सम्बोधनको मांग गरे । उनले भने, म यसको सराहना गर्दछु र म तपाईहरूको भावना र समर्थनको लागि आभारी छु । म तपाईहरूलाई विश्वास दिलाउछुकी म तपाईहरूलाई निराश गर्ने छूईन", तर तत्कालै कुनै पनि उच्च स्तरको भूमिका गर्नबाट अस्विकार गरे । [११]

गान्धी र उनको बहिनीले सन् २००६ मा राय बरेलीमा पुनः सत्तारूढ हुनको लागि उनको आमाको अभियानलाई प्रबंधित गर्‍यो,जसले उनलाई ४००००० मत भन्दा धेरै अन्तरको जित निकाल्न पर्याप्त थियो । [१२]

सन् २००७ मा उत्तर प्रदेश विधानसभा निर्वाचनको लागि एउटा उच्च स्तरको कांग्रेस अभियानमा उनी एक प्रमुख व्यक्ति थिए । हुन त कांग्रेसले ८.५३% मतदान संगै मात्र २२ स्थान जित्न सफल भयो । तर यस निर्वाचनमा बहुजन समाज पार्टी को जुन पिछडिएको जातिका भारतीयहरूको प्रतिनिधित्व गर्दछ, आफ्नै अधिकारमा उत्तर प्रदेशमा १६ वर्ष शासन गर्दै पहलो पार्टी बन्यो ।[१३]

राहुल गान्धीको २४ सेप्टेम्बर २००७ मा पार्टी सचिवालयको एक फेरबदलमा अखिल भारतीय कांग्रेस समितिको महासचिव नियुक्त गरिएको थियो ।[१४] त्यसै फेरबदलमा, उनलाई युवा कांग्रेसभारतीय राष्ट्रिय छात्र संघको निरिक्षण दिइएको थियो ।[१५]

एउटा युवा नेताको रूपमा आफुलाई साबित गर्ने उनको प्रयासमा नोभेम्बर २००८ मा उनले नयाँ दिल्लीमा आफ्नो १२ लेन निवासमा कम से कम ४० मानिसलाई सूक्षमतासँग छान्नका लागि अन्तरवार्ता आयोजित गरे जुन भारतीय युवा कांग्रेसको सोच्ने शक्ति बन्नेछन, जबदेखि उनी सेप्टेम्बर २००७ मा महासचिव नियुक्त भएका छन त्यसबेला देखि यस संगठनलाई परिणत गर्न इच्छुक छन ।[१६]

२००९ को निर्वाचन[सम्पादन गर्ने]

२००९ को लोकसभा निर्वाचनमा, उनले उनको निकटतम प्रतिद्वन्दीलाई ३,३३,००० मतको अन्तरबाट पराजित गरेर आफ्नो अमेठी निर्वाचन क्षेत्र कायम राखे । यस निर्वाचनमा कांग्रेसले कुल ८० लोकसभा स्थान मध्ये २१ जितेर उत्तर प्रदेशमा आफुलाई पुनर्जीवित गर्‍यो र यस परिवर्तनको श्रेय राहुल गान्धीलाई दिईएको छ ।[१७] छ हप्तामा देश भरमा उनले १२५ रैलिमा भाषण दिएका थिए ।

पार्टी वृत्तमा उनी RG को रूपमा जानिन्छ ।[१८]

निजी जीवन[सम्पादन गर्ने]

२००४ मा स्पेनमा वरौनिकाको साथ उनको सम्बन्ध भएको सूचना प्राप्त भएको थियो । यी दुबै जना विश्वविद्यालयमा भेटेका थिए । [१९]

आलोचना[सम्पादन गर्ने]

सन् २००६ को अन्तमा न्यूजवीकले राहुलमाथि आरोप लगायो की उनले हार्वर्डकैंब्रिजमा आफ्नो डिग्री गरेको छैनन् वा मनिटर ग्रूपमा काम गरेका छैनन् ,त्यस समय राहुल गान्धीको कानूनी मामलाको टीमले जवाबमा एउटा कानूनी नोटिस पठायो जसले गर्दा पछि न्युजवीकले आफ्नो बयानलाई परिवर्तन गर्यो ।[२०]

राहुल गान्धीले १९७१मा पाकिस्तान टुट्नुलाई आफ्नो परिवारको "सफलताहरू"मा गने । यस बयानले भारतमा थुपै राजनैतिक दलहरूका साथै विदेश कार्यालयको प्रवक्ता सहित पाकिस्तानको उल्लेखनीय मानिसहरूबाट आलोचनालाई आमन्त्रित गर्‍यो । [२१] प्रसिद्ध इतिहासकार इरफान हबीबलले भनेको यो टिप्पणी "..बंगलादेश आंदोलनको अपमान थियो ।[२२]

सन् २००७ मा उत्तर प्रदेशको निर्वाचन अभियानको समयमा उनले भनेको "यदि कोही गान्धी-नेहरू परिवारबाट राजनीतिमा सक्रिय हुन्थ्यो भने, बाबरी मस्जिद ढलदैनथ्यो". यसलाई पी.वी.नरसिंह राव प्रती हमलाको रूपमा व्याख्याको गरिएको थियो, जुन १९९२ मा मस्जिद विध्वंसको समयमा प्रधानमन्त्री थिए । गान्धीको बयानले भारतीय जनता पार्टी, समाजवादी पार्टी र वामपन्थी दलको केही सदस्यहरू बिच विवाद शुरू गर्‍यो, दुबै "हिन्दू विरोधी" र "मुस्लिम विरोधी"को रूपमा उनलाई उपाधि दिएर[२३]. स्वतन्त्रता सेनानीहरू र नेहरू-गान्धी परिवारमा उको टिप्पणिलाई भारतीय जनता पार्टीको नेता वेंकैया नायडू द्वारा आलोचना गरे र सोधे "के गान्धी परिवार संकटकाल लगाएको जिम्मेदारी लिन्छ ?"[२४]

सन् २००८ को अन्तमा, राहुल गान्धीको लागि एउटा स्पष्ट रोकावट उनको शक्तिको ठेगाना लगाउन पुग्यो । उत्तर प्रदेसह्का पुर्वमुख्यमन्त्री सुश्री मायावतीको राजनैतिक चालबाजिको परिणामस्वरूप गान्धीलाई चन्द्रशेखर आजाद कृषि एवं प्रविधि विश्वविद्यालयमा विद्यार्थीहरूलाई सम्बोधन गर्नको लागि सभागृहको उपयोग गर्नबाट रोकियो । [२५]पछी, विश्वविद्यालयको कुलपति वी.के.सूरीलाई राज्यपाल श्री टी.वी.राजेश्वर (जो कुलाधिपति पनि थे) द्वारा हटाइयो, जुन गान्धी परिवारको समर्थक र श्री सूरीको नियोक्ता थिए । यस घटनाले शिक्षालाई राजनैतिको साक्षीको रूपमा उद्धृत गरियो र अजित निनान द्वारा टाइम्स अफ इंडियामा एक हास्यचित्रमा लेखीयो: "वंश सम्बन्धित प्रश्नको उत्तर राहुलजीको हिडीरहेको सैनिकहरूद्वारा दिईरहेको छ ।"[२६]

सेंट स्टीफेंस कलेजमा उनको प्रवेश विवादास्पद थियो किन भने एउटा प्रतिस्पर्धात्मक पिस्टल निशानाबाजको रूपमा उनको क्षमताको आधारमा प्रवेश गरिएको थियो, जुन विवादित थियो ।[२७] उनले सन् १९९० मा त्यस कलेजलाई छोडि दिएका थिए । [२८]

जनवरी २००९ मा ब्रिटेनको विदेश सचिव डेविड मिलीबैंडको साथ उत्तर प्रदेशमा उनको संसदीय निर्वाचन क्षेत्रमा अमेठीको निकट एउटा गाउँमा उनको "गरीबी पर्यटन यात्रा"को लागि गंभीर आलोचना गरिएको थियो । यसको अतिरिक्त यसलाई "सबभन्दा ठूलो कूटनैतिक भूल"को रूपमा मानियो । मिलीबैंडद्वारा आतंकवाद र पाकिस्तानमा दिएको सल्लाह र श्री मुखर्जी तथा प्रधानमन्त्री मनमोहन सिंहको साथ निजी भेटघाटमा उनी द्वारा गरिएको आचरणको कारण यस्तो भनेका थिए ।[२९]

सन्दर्भ[सम्पादन गर्ने]

  1. Vidya Subrahmaniam (18 April 2004), "Gandhi detergent washes away caste" 
  2. Sudip Mazumdar (25 December 2006), "Charisma Is Not Enough" 
  3. http://www.newsweek.com/id/200051
  4. हिन्दुस्तान टाइम्स , 16 जनवरी 2007
  5. BBC समाचार | दक्षिण एशिया | मुशर्रफको आमाको भारतीय प्रधानमन्त्रीसंग भेटघाट
  6. ६.० ६.१ BBC समाचार | दक्षिण एशिया | राहुलको 'विभाजनकारी' राजनीतिमा हमला
  7. ७.० ७.१ BBC समाचार | दक्षिण एशिया | भारतीय मुख्य क्षेत्रमा गान्धीको ज्वरो
  8. BBC समाचार | दक्षिण एशिया | राहुल गान्धीको पहेली
  9. BBC समाचार | दक्षिण एशिया | भारत निर्वाचन: शुभ दिन - बुरा दिन
  10. "द ट्रिब्यून", चंडीगढ, 21 अगस्ट 2004; "टेलीग्राफ भारत", 20 मे 2006, BBC समाचार, 26 मे 2004.
  11. BBC समाचार | दक्षिण एशिया | राहुल गान्धीको पार्टी भूमिकाको इंकार
  12. BBC समाचार | दक्षिण एशिया | भारतको साम्यवादी भविष्यमा उत्साहित
  13. BBC समाचार | दक्षिण एशिया | उत्तर प्रदेश निम्न जाति भूस्खलन
  14. "Rahul Gandhi gets Congress post", BBC News, 2007-19-24. अन्तिम पहुँच मिति:2007-09-24.
  15. "Rahul Gandhi gets Youth Congress Charge", The Hindu, 2007-19-25. अन्तिम पहुँच मिति:2007-09-25.
  16. "Rahul Gandhi's talent hunt", The Economic Times, 2008-11-07. अन्तिम पहुँच मिति:2008-11-07.
  17. "Sonia secures biggest margin, Rahul follows", The Times of India, Bennett Coleman & Co. Ltd., 2009-05-18. अन्तिम पहुँच मिति:2009-05-18.
  18. [१]
  19. इंडियन एक्सप्रेस
  20. http://www.indianexpress.com/news/newsweek-apologises-to-rahul-gandhi/21088/
  21. Subramanian, Nirupama. "Pakistan resents Rahul's remarks", The hindu, April 16, 2007.
  22. इस्लामिक मौलविको राहुलको टिप्पणीमा गुस्सा हिन्दुस्तान टाइम्स - 16 अप्रिल, 2007
  23. म नरसिंह रावलाई सराहना गर्दछु: राहुल गान्धी टाइम्स अफ इंडिया - ४ अप्रिल, २००७
  24. BJP द्वारा राहुलको बयानको मजबूत अपवाद हिंदुस्तान टाइम्स - 15 अप्रिल, 2007.
  25. Now, Maya locks Rahul out of Kanpur college. "Manjari Mishra & Bhaskar Roy", Times of India, 2008-10-25.
  26. http://timesofindia.indiatimes.com/articleshowpics/3638569.cms
  27. NYTimes
  28. Rediff
  29. "Stop Poverty Toursim", Indian Express, 2009-01-18. अन्तिम पहुँच मिति:2009-02-26.

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाहिरी कडिहरू[सम्पादन गर्ने]