रिठ्ठो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रिठ्ठो
Sapindus marginatus shrubs
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(unranked): Angiosperms
(unranked): Eudicots
(unranked): Rosids
गण: Sapindales
कुल: Sapindaceae
उपकुल: Sapindoideae
वंश: Sapindus
L.
प्रजातिहरू
Sapindus saponaria
L.[१]
Species

See text

पर्याय

Dittelasma Hook.f.[२]

रिठ्ठो (Sapindus mukorossi)नेपालमा पाइने एक प्रकारको रूख हो। यसको रूख अग्लो हुन्छ। यसमा लाग्ने फल चिप्लो किसिमको हुन्छ। यो गाउँघरमा साबुनको रूपमा प्रयोग हुन्छ।

Sapindus emarginatus in Hyderabad W2 IMG 4648.jpg

आयुर्वेदिक र औद्योगिक क्षेत्रमा बराबर महìवको साथ हेरिने रिठो बहुउपयोगी वनस्पति हो। समुद्री सतहबाट ९०० देखि १५०० मिटरसम्मको उचाइमा नेपालमा मध्य पहाडी क्षेत्रमा सप्रने यो वनस्पति १८ मिटरसम्म अग्लो हुन्छ। यो वनस्पति ओसिलो, पानी नजम्ने तर चिस्यान भएका स्थानहरूमा हुर्कने गर्दछ। यो वनस्पति प्रत्येक वर्ष वैशाखदेखि असारसम्म फुल्छ र फलेर पहेँलो भई पाकेको दाना मङ्सिर पुसतिर सङ्कलन गरिन्छ। यसको दानालाई ओखल वा ढुङ्गामा कुटेर पानीमा ढड्याइ निस्कने फिँज प्रयोग गरी लुगा धुने र नुहाउने काम गरिँदै आएको पाइन्छ। मानव इतिहासमा साबुनको विकास हुनुअघि लुगा धुन र नुहाउन रिठ्ठाको प्रयोग गरिँदै आएकेले नै होला- यसलाई अङ्ग्रेजीमा soap nut भनिन्छ।

नेपालका मध्य पहाडी क्षेत्रमा ४० भन्दा बढी जिल्लामा पाइने रिठाको मुख्य उपयोगी अङ्ग फल हो। यसको फल दिसा खुलाउन, वान्ता गराउन, खकार निकाल्न, छारे रोग, र्‍याल चुहिने रोग, पेटका कीरा मार्न, खाना अपच भएमा, विच्छीले टोकेमा, दम, हैजा, खोकी आदि रोगको औषधिको रूपमा उपयोग गर्ने गरिन्छ। परम्परादेखि माछा मार्न विषको रूपमा प्रयोग गरिँदै आएको यो वनस्पतिको फल पछिल्ला दिनहरूमा स्याम्पु, साबुन, कीटनाशक औषधि, डिटर्जेन्ट पाउडर बनाउन पनि प्रयोग गरिएको छ।

पछिल्ला दिनहरूमा हाम्रो नेपालमा उत्पादन हुने रिठ्ठाको राष्ट्रि्रय र अन्तर्राष्ट्रिय बजारमा यिनै असङ्ख्य उपयोगिताको कारण निकै लोकपि्रय हुँदै गएको छ। विगत चार/पाँच वर्ष अगाडिसम्म घरायसी प्रयोगमा मात्र सीमित रहेको रिठ्ठा आजभोलि छिमेकी राष्ट्र भारतका अतिरिक्त क्यानडा, चेक रिपब्लिक, हङ्गेरी, रसिया फ्रान्स, जर्मनी, चीन आदि राष्ट्रहरूसम्म निर्यात हुन थालेको छ। नेपालबाट विदेश निर्यात गरिने रिठ्ठामध्ये सबभन्दा बढी परिमाण साबुन र स्याम्पु बनाउने उद्देश्यले खरीद गर्ने गर्छन् र निर्यातको केही भाग नेपालबाटै निर्यात कम्पनीहरूले आकर्षक प्याकहरूमा ती राष्ट्रहरूका डिपार्टमेन्टल स्टोरहरूलाई बिक्री गर्ने गरेका छन्। डिपार्टमेन्टल स्टोरहरूमा राखिएका प्याकहरू खरीद गरी उपभोक्ताहरूले घर लान्छन् र एकपटकमा आठ-दस दाना वासिङ मेसिनमा हालेर कपडा धुने गर्छन्। विश्वभर जैविक भनेर प्रचार गरिएको नेपाली रिठ्ठाको प्रयोग प्रत्येक वर्ष अन्तर्राष्ट्रिय बजारमा फराकिलो हुँदै गइरहेको उद्यमीहरू बताउँछन् अहिले बजारमा आउने आयुर्वेदिक स्याम्पुमा रिठ्ठा, अमला र सिकाकाइ भन्ने जडिबुटीहरूको मात्रा मिसाइएको हुन्छ तर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा रिठालाई गि्रन्डरमा पेलेर तयार पारिएको पाउडर नै बढी चल्तीमा छ।

हाल स्वदेशी बजारमा पनि रिठ्ठाको प्रयोग क्रमशः बढ्दैछ। सुनचाँदी व्यवसायीहरूले धातुलाई चम्काउन रिठाको पाउडर प्रयोग गर्ने गर्छन्। फाट्टफुट्टरूपमा राजधानीका महिलाहरूले मेहेन्दीको लेप बनाउँदा यसको पाउडर प्रयोग गर्ने प्रचलन बढिरहेको छ। मेहेन्दीमा रिठाको पाउडर प्रयोग गर्दा कपाल फर्फराउँदो र सिल्की हुने हुँदा यसप्रति प्रयोगकर्ताहरू आकषिर्त हुन थालेका छन्। यस आकर्षणलाई ध्यानमा राखी हालै स्वदेशी कम्पनीहरूले पनि यसलाई आकर्षक प्याकमा डिपार्टमेन्टल स्टोरहरूसम्म पुर्‍याएका छन्। अत्यधिक विषादीको प्रयोग र कृत्रिम जीवनबाट वाक्क भइसकेको आधुनिक समाज यस्तै प्रकारका जैविक, प्राकृतिक र साइड इफेक्टयुक्त जडिबुटीहरूबाट निर्मित साबुन, स्याम्पु, पाउडर, जेल आदि वस्तु र अवस्थाका चीजहरूमा आकषिर्त हुँदै गएकाले आगामी दिनहरूमा यसको बजार अझ बढ्ने निश्चित नै छ। हालसम्म यसको दानाभित्रको बीउ त्यतिकै खेर जाने गरेको छ। त्यसलाई पनि पेलेर तेल निकाल्ने प्रविधि हालै चिनले विकास गरेको जडिबुटी व्यवसायीहरूको तर्क छ। यदि यो प्रविधि अझ विकसित हुनसके आगामी वर्षदेखि भित्रको दाना पनि खेर फाल्नुपर्ने छैन।

  1. "Sapindus L.", TROPICOS, Missouri Botanical Garden 
  2. "Genus: Sapindus L.", Germplasm Resources Information Network, United States Department of Agriculture, 2007-10-05