रिनाक (Rhenock)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
रिनाक
Lampokhari.jpg
रिनाक, आरिटार स्थित लामपोखरी, आरिटार
नगरको नाम: रिनाक
स्थापना : -
राज्य : सिक्किम
जिल्ला: पूर्व सिक्किम
महकुमा : रङ्गेली
प्रखण्ड : रिनाक
जनसंख्या : -
क्षेत्रफल: -
अवस्थिति: पहाडी प्रदेश
प्रशासक:  ??
टेलिफोन कोड: ०३५९२
पिन कोड: ७३७१३३
वेबसाईट:
 हे  वा  सं 

रिनाक सिक्किमको पूर्व जिल्लामा अवस्थित एउटा सानो बजार हो। सिक्किमको राजधानी गान्तोकदेखि ६३ किलोमिटर टाडा जलेपला पास जाने मार्गमा अवस्थित छ। यो समुद्र सतहदेखि १०४० मिटरको उचाईमा अवस्थित छ। [१] रे - नोक लेप्चा भाषाका दुइ शव्दले बनेको छ जसको अर्थ हुन्छ "कालो पहाड"। रिनाकदेखि केही माथि अवस्थित आरिटारमा राज्यको प्रथम प्रहरी चौकिको स्थापना भएको हो।[२]

विषयसूची

इतिहास [सम्पादन गर्ने]

रिनाकको कुनै पनि लिखित इतिहास जानकारीमा नआएको हुंदा बुढा-पाकाको मुखबाट सुनेको आधारमा र सीमित स्रोतबाट जानकारी मिले अनुसार- तेह्रौं शताव्दीसम्म यो स्थल बाक्लो जंगलले ढाकिएको थियो। लेप्चा जातिले सबैभन्दा पहिला ढालफांड गरी बसेका र पछिबाट भुटिया अनि नेपालीहरू आई बसेको कुरा बताइन्छ।

सामाजिक संरचना [सम्पादन गर्ने]

रिनाक सिक्किमका अरु ठाउँ सरह सबै जातिले बसोबास गरेको ठाउँ हो, यहाँ लेप्चा, भुटिया, नेपाली(गोर्खा), मारवाडी र बिहारीहरू छन्।

शैक्षिक प्रतिष्ठानहरू [सम्पादन गर्ने]

रिनाकको शैक्षिक क्षेत्रको इतिहास राज्यका अरु ठाउँको भन्दा धेरै लामो छ। रिनाक खाम्दोंगमा राज्यको सर्वप्रथम विद्यालयको स्थापना मिसिनरीहरूद्वारा गरिएको थियो। [३] पछि गएर यो विद्यालयलाई सिक्किम सरकारले अधिग्रहण गरी किंगस्टोनमा सारिएको र उच्चतर माध्यमिक विद्यालयको दर्जा दिइएको हो। हाल यसलाई रिनाक उच्चतर माध्यमिक विद्यालयको नामले जानिन्छ। सिक्किमको सर्वप्रथम संस्कृत विद्यालय रिनाकको मन्दिरमा स्थापित गरिएको थियो। सिक्किम भारतमा विलय भएपछि धेरैवटा विद्यालयहरूको स्थापना गरियो, जसको ब्यहोरा निम्न प्रकर छ-

  • सरकारी महाविद्यालय
  • रिनाक उ. माध्यमिक विद्यालय
  • तारपिन मा. विद्यालय
  • सुदुंगलाखा मा. विद्यालय
  • आरिटार मा. विद्यालय
  • सन्त जोशेफ विद्यालय
  • संस्कृत पाठशाला
  • अरु धेरै नि.मा.विद्यालय र प्रा.पाथशालाहरू

पर्यटक स्थलहरू [सम्पादन गर्ने]

  • आरिटार पोखरी (लाम्पोखरी)
  • आरिटार गुम्पा
  • सिद्धिविनायक मन्दिर (निर्माणाधीन)
  • नर्सरीहरू

स्रोत [सम्पादन गर्ने]