| रुकुम जिल्ला |
 |
| अञ्चल: |
राप्ती अञ्चल |
| सदरमुकाम: |
मुसिकोट, |
| क्षेत्रफल: |
वर्ग कि.मि. |
| जनसंख्या: |
|
| गाविस संख्या: |
४३ |
| नगरपालिका(हरू): |
० |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: |
२ |
| भौगोलिक अवस्थिति: |
पहाड |
| सबै भन्दा अग्लो स्थान: |
सिस्ने हिमाल् मिटर |
| सबै भन्दा होचो स्थान : |
चवर्जहारी मिटर |
| प्रमुख जातिहरू: |
मगर् छेत्रि गुरुग ब्रहमन् आदि |
| प्रमुख भाषाहरू: |
Nepali, Magar Kham आदि |
| मानव विकास सूचाङ्क स्थिति: |
(७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: |
०८८ |
| प्रमुख जिल्ला अधिकारी: |
|
| वेबसाइट: |
ddcrukum.gov.np |
| हे • वा • सं |
रुकुम नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलमा अवस्थित रमणीय पहाडी जिल्ला हो। समुन्द्र सतहबाट ७५४ देखि ६,००० मिटर उचाइ सम्म रहेको बेसी, फाँट, पहाड र हिमाली भाग मिलेर बनेको रुकुमको पूर्वमा म्याग्दी र बाग्लुङ जिल्ला, पश्चिममा जाजरकोट जिल्ला, दक्षिणमा सल्यान र रोल्पा जिल्ला र उत्तरमा डोल्पा जिल्ला पर्दछन। रुकुमकोटस्थित कमल दह, मैकोटस्थित पुथा हिमाल, सामझाङ हिउँचुली, सिस्ने हिमाल, ढोरपाटन सिकार आरक्ष, तातोपानीको मुल, डिग्रे साइकुमारीको मन्दिर आदि स्थानहरू रूकुमका प्रसिद्ध पर्यटकीय गन्तव्यहरू हुन्। '५२ पोखरी ५३ टाकुरी'को जिल्लाका रूपमा परिचित रुकुममा स्यार्पु ताल, दुर्लभ वन्यजन्तु नाउरलगायत अन्य धेरै आकर्षक जडिबुटी तथा रमणीय क्षेत्रहरू रहेका छन्।
ऐतिहासिक तथ्यहरूमा बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरूः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाफिकोट कोटजहारी नेपालमा गाभिएको पाइन्छ। वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिएपछि राप्ती अञ्चलको रुकुम जिल्लाको रूपमा यस जिल्लाले मान्यता पायो।
रुकुमकोटमा रहेको रुक्मेणी देवीको नामवाट रुकुमकोट रहेको र पछि रुकुमकोटवाट रुकुम नाम रहेको जनश्रुति पाइन्छ।
रुकुम जिल्लामा पाइने प्रमुख जडिबुटिहरू यार्चागूम्वा, पाँचऔंले, कूरिलो, टिमूर, दाल्चिनी, गूर्जो, कुट्की, पाङर, बादलपाते, बोझो, हर्रो, अमला, पदमचाल, सतूवा, हलहले, कूमकूम, चिराइतो, जटामसी,भलायो आदि हुन।
वन्यजन्तु तथा चराचुरुङ्गी [सम्पादन गर्ने]
कस्तुरीमृग, नाउर, रातोबाँदर,ढेडु, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दूम्सी, लोखर्के, गोहोरो, डाँफे, मुनाल, च्याखुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं, वनकुखुरा आदि।