| रूपन्देही जिल्ला |
 |
| अञ्चल: |
लुम्बिनी अञ्चल |
| सदरमुकाम: |
भैरहवा, |
| क्षेत्रफल: |
१,३६०.७० वर्ग कि.मि. |
| जनसंख्या: |
|
| गाविस संख्या: |
६९ |
| नगरपालिका(हरू): |
बुटवल नगरपालिका, सिद्धार्थनगर नगरपालिका |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: |
६ |
| भौगोलिक अवस्थिति: |
तराई, पहाडी प्रदेश |
| सबै भन्दा अग्लो स्थान: |
१२१९ मिटर |
| सबै भन्दा होचो स्थान : |
१०० मिटर |
| प्रमुख जातिहरू: |
बाहुन, क्षेत्री, नेवार, गुरुङ,मगर, कामी, दमै, सुनार आदि |
| प्रमुख भाषाहरू: |
नेपाली, भोजपुरी, नेवारी, थारु, मगर आदि |
| मानव विकास सूचाङ्क स्थिति: |
(७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: |
०७१ |
| प्रमुख जिल्ला अधिकारी: |
|
| वेबसाइट: |
www.ddcrupandehi.gov.np |
| हे • वा • सं |
रूपन्देही जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्लाहरू मध्ये तराईमा पर्ने एक जिल्ला हो। यस जिल्लाको पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ। गौतम बुद्धको पवित्र जन्मस्थलको रूपमा विश्वमा नै परिचित यो जिल्ला ऐतिहासिक भौगोलिक एंव पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण मानिन्छ।
- क्षेत्रफल : १,३६०.७० वर्ग किलोमिटर [१]
- अवस्थिति: ८३.०१२.१६ देखि ८३०.३८-७ पूर्व( देसान्तर) २७०-२०-००देखि २७०-४७-२४ उत्तर (अक्षांश)
- सिमाना: पूर्व नवलपरासी जिल्ला, पश्चिम कपिलवस्तु जिल्ला, उत्तर पाल्पा र दक्षिण भारतको उत्तर प्रदेश राज्य
- उचाई : १५२ मिटर देखि १२१९ मिटर सम्म (समून्द्री सतहदेखि)[१]
- तापक्रम: न्यूनतम ८-७५ डिग्री सेल्सियस, अधिकतम ४२-४ डिग्री सेल्सियस
- औषत वर्षा : १३९१ मी मी
- हावापानी: उष्ण प्रदेशीय
- मुख्य नदीहरू : तिनाउ, रोहीणी, दानव, कोठी, महाव, कञ्चन, बधेला,
- प्रमुख तालहरू: गैडहवा, बिष्णपुरा, नन्दभाउजु, चिल्हिया
समुद्र सतहबाट १५२ मिटर देखि १२१९ मिटर सम्मको उचाईमा यो जिल्ला अवस्थित छ। यस जिल्लाको कुल क्षेत्रक्रल १३६७.७० वर्ग किलोमिटर रहेको छ। यस जिल्लामा ६९ गाउँ विकास समिति, दुई नगरपालिका, १७ इलाका र पांच संसदीय निर्वाचन क्षेत्रहरू छन्। [१]
यस जिल्लाको नामाकरणको सम्वन्ध भगवान गौतम बुद्धसँग जोडिएको छ। गौतम बुद्धको आमा माया देवी यसै जिल्ला देवदहको भवानीपूरमा जन्मिएकी थिइन। उनी अत्यन्त सुन्दरी भएकोले उनलाई रूपिदेवी भनिन्थ्यो र त्यही शब्द रूपिदेवीवाट रूपिन्देही र रूपन्देही भएको हो भन्ने भनाई छ।
यहाँका प्रमुख जनजातिमा ब्राहमण,क्षेत्री, थारु, मसुलमान, यादव, लोध, गुरुङ्ग, पासी, तेली, मल्लाह, धोवी आदि हुन। राष्ट्रिय भाषा नेपाली भएपनि यस जिल्लामा ६१%ले अवधी, २४%ले नेपाली, ९% लेथारु र ६%ले विभिन्न भाषाहरू बोल्ने गरेके पाइन्छ।
यस जिल्लाको मुख्य पेशा कृषि नै हो र कुल क्षेत्रक्रल मध्ये ८५९२२२ हेक्टर जमीन खेतीपातीको लागि उपयुक्त रहेको छ। यस जिल्लामा सतह सिंचाई, भूमिगतसिंचाई र लिफ्ट सिंचाईको माध्यमबाट ४८% खेती योग्य जमीनका सिंचाई सुविधा उपलब्ध छ। सिंचाईको मूख्य श्रोत नदि नाला भएपनि वर्षा याममा अध्यधिक पानीका बहावले गर्दा भू-क्षय, बाढी पहिरोर नदि कटान जस्ता गम्भीर समस्याहरू उत्पन्न हुने गर्दछन्। समतल भू-भाग, यातायातको सुविधा (सिर्द्धार्थ र महेन्द्र राजमार्गको मुख्य योगदान), कच्चा पर्द्धार्थ उपलब्धता, मेशिनरी औजारहरूको पैठारीमा सुगमता र उपलब्ध बजारको कारणले गर्दा यस जिल्लामा ठूला, मझौला र स(साना विविध उद्योगहरू स्थापना भएका छन्। बुटवल र सिर्द्धार्थनगर यस जिल्लाका महत्वपूर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन्।[१]
रूपन्देही जिल्लाबाट सन्चालित सञ्चार माध्यमहरू