रूपाकोट डाँडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पूर्वी पहाडी जिल्ला खोटाङ को सदरमुकाम दिक्तेलको शिरमा पर्ने डाँडा रूपकोट हो ।करिब यो समुद्र सतहबाट २३०० मिटर उचाइमा रहेको छ। यो डाँडा यस जिल्लाका उचाइमा रहेका डाँडामध्ये रूपकोट डाँडा पनि एक हो। नुनथला दिक्तेल पाथेका, नेर्पा ,जालपा ,खार्मी ,हौंचुर, खार्पा गाविसहरू बीचमा रहेको छ ।सदरमुकाम दिक्तेल देखि डेढ घण्टाको दूरीमा पैदल यात्रा गरेपछि रूपाकोट पुगिन्छ प्रकृतिको सुन्दर पहिरन लगाएर उभिएको रूपाकोट मा गुराँस, सुनाखरी, चाँप, चिमाललगायतका फूलले रूपाकोट सिँगारिएको देखिन्छ । यहाँ विभिन्न प्रजातिका रूख र विभिन्न पशुपक्षीको चिरबिरले मनै लोभ्याउँ ने गर्छ । चारैतिर चउर र हरियाली जङ्गलबीचमा सिद्घबाबाकोमन्दिर रहेकाले धर्मभीरु दर्शन गर्नसमेत पुग्ने गर्छन् । सिद्घबाबाको दर्शन गरे मनोकांक्षा पूरा हुने धर्मभीरुको विश्वास रहेको छ। यहाँ फागुपूर्णिमा,शिवरात्री, नेपाली नयाँ वर्ष, माघेसंक्रान्ति, साउनेसंक्रान्ति, तीज, किरात राईको महान् चाड वैशाखे पूर्णिमा चण्डी पूर्णिमा (उभौली) र मङ्सिरे पूर्णिमा (उधौली) शिवरात्री, रामनवमी जस्ता चाडबाडमा भीडभाड लाग्ने गर्दछ ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]