रूप्से झरना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूप्से झरना
रूप्से झरनाको दृश्य
रूप्से झरना is located in नेपाल
रूप्से झरना
रूप्से झरना
नक्सा
स्थानअन्नपूर्ण गाउँपालिका, म्याग्दी जिल्ला, नेपाल
निर्देशाङ्क२८°३३′२०″N ८३°३८′१०″E / २८.५५५५°N ८३.६३६१°E / 28.5555; 83.6361निर्देशाङ्कहरू: २८°३३′२०″N ८३°३८′१०″E / २८.५५५५°N ८३.६३६१°E / 28.5555; 83.6361
अवनति१,८०० मिटर (५,९०० फिट)[१]
जम्मा उचाइ७५ मिटर (२४६ फिट)[२]
पानीको धाराकाली गण्डकी नदी

रूप्से झरना अथवा रूप्से छहरा नेपालको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा रहेको दाना नामक स्थानमा अवस्थित एक मनमोहक झरना हो।[३]बेनी-जोमसोम सडक खण्डमा पर्ने यो झरना अवलोकन गर्न दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको छ।[४]म्याग्दी सदरमुकाम बेनी नगरपालिकादेखि ३० किलोमिटर उत्तर पूर्वमा पर्ने रुप्से झरना ७५ मिटर अग्लो रहेको छ। वि.सं. १९७५ सालमा ७५ पैसाको हुलाक टिकटमा यो झरनाको फोटो टाँसिएको थियो जुन टिकट वर्तमान समयमा प्रचलनमा छैन।[५]

भूगोल[सम्पादन गर्नुहोस्]

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको रूप्से झरना बेनी-जोमसोम सडक खण्डमा पर्दछ। यो पोखरादेखि लगभग ११० किलोमिटर र जोमसोमदेखि ४१ किलोमिटरको दूरीमा अवस्थित छ।[६]

झरना[सम्पादन गर्नुहोस्]

समुद्री सतहबाट १८०० मिटरको उचाइमा रहेको रूप्से झरना ७५ मिटर अग्लो रहेको छ।[७]

भौगोलिक महत्व[सम्पादन गर्नुहोस्]

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रूप्से झरनाको वरिपरी विश्वकै सबैभन्दा गहिरो गल्छी कालीगण्डकी खोंच वा अन्ध गल्छी र काली गण्डकी नदी रहेको छ।

पर्यटन[सम्पादन गर्नुहोस्]

रूप्से झरना

बेनी जोमसोम सडक प्रयोग गरेर आवत जावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूमाझ यो झरना लोकप्रिय रहेको छ। यो झरना अवलोकन गर्न दैनिकजसो मानिसहरूको भिड लाग्ने गर्छ। वर्षेणी यहाँ लगभग एक लाख पचास हजार पर्यटकहरू आउने तथ्याङ्क रहेको छ।[८] बेनी-जोमसोम-कोरला सडकखण्ड सुचारू भएपछि यो झरनाको सौन्दर्यता अवलोकन गर्न पर्यटकहरु सडकमा गाडी रोकेर झरनामा रमाउने गरेका छन्। पूर्वाधारको विकास भए लगत्तै आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा बृद्धि आएको हो। पर्यटकहरूको लागि रूप्से झरना रहेको क्षेत्रमा व्यवस्थित पदमार्ग र भ्यु टावरको निर्माण गरिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "आहा ! पर्यटकीय गन्तव्य ग्याग्दी", न्युज अफ नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२० 
  2. "मनमोहक रुप्से झरना र अन्धगल्छी ओझेलमा", इ नेपाली, अन्तिम पहुँच २०२०-०९-२० 
  3. "रुप्से झरनामा पूर्वाधार अभाव", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२० 
  4. "रुप्से झरना र अन्धगल्छी नयाँ पर्यटकीय गन्तब्य", विकल्प समाचार (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२० 
  5. "पर्यटकीय केन्द्र बन्दै म्याग्दीको रुप्से झरना", पोखरा न्युज (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२० 
  6. "Along the Kali Gandaki - Nepali Times", नेपाली टाइम्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०९-२० 
  7. "पर्यटक लोभ्याउदै रुप्से झरना हेर्नुहोस् भिडियो सहित...........", कृषि टेलिभिजन (नेपालीमा), २०१९-१२-१४, अन्तिम पहुँच २०२०-०९-२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३० मिति
  8. "Tourist arrival up in Rupse water fall" (अङ्ग्रेजीमा), गोरखापत्र, मूलबाट २६ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २६ डिसेम्बर २०१३ मिति

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]