रोक्साना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोक्साना
पियट्रो रोटरीले बनाएको चित्रमा अलेक्जेन्डर द ग्रेटको साथमा रोक्साना
ब्याक्ट्रियन राजकुमारी
जन्मलगभग ईपू ३४३
बाल्ख, ब्याक्ट्रिया
मृत्युलगभग ईपू ३१०
जीवनसाथीअलेक्जेन्डर द ग्रेट
सन्तानअलेक्जेन्डर चतुर्थ एगस
बाबुअक्स्यार्टस

रोक्साना (एभेस्टन: Raoxshna or रोशनाक, "अपूर्व सुन्दरता"; फारसी: رخسانه Rokhsāna; पस्तो: روښانه Rox̌āna) ब्याक्ट्रियन (अफगानिस्तान) राजकुमारी तथा अलेक्जेन्डर द ग्रेटकी श्रीमती हुन ।

जिवन[सम्पादन गर्नुहोस्]

रोक्सानाको जन्म लगभग ईपू ३४३ तिर बाल्ख (हाल अफगानिस्तानको बाल्ख राज्य)का ब्याक्ट्रियन अक्स्यार्टसको छोरीको रूपमा भएको थियो । अलेक्जेन्डरले सजडियन रक किल्लाको लडाई पश्चात उनीसँग विवाह गरे, त्यस बेला उनी १६ वर्षकी थिईन । बाल्ख अलेक्जेन्डरसँग हार ब्यहोर्ने अन्तिम पर्सियन राज्य थियो । प्राचिन स्रोतका अनुसार अलेक्जेन्डर उनलाई आत्मिय प्रेम गर्दथे । साथै ईपू ३२६मा उत्तर भारतको लडाईको क्रममा उनी अलेक्जेन्डरको साथ मै थिईन ।

ईपू ३२३ तिर बेबिलोनमा अलेक्जेन्डरको अचानक मृत्यु भएपछि, ईपू ३२३ अगस्टमा रोक्सानाले उनका छोरा अलेक्जेन्डर चतुर्थ एगसलाई जन्म दिईन । साथै अलेक्जेन्डरको मृत्यु पश्चात रोक्सानाले अलेक्जेन्डरकी अर्की श्रीमती स्टाटेइरा द्वितिय तथा उनकी बहिनीहरू ड्राइपेटिस[१]परिसाटिस द्वितिय (अलेक्जेन्डरकी तेस्री श्रीमती)को हत्या गरिन ।

ऐतिहासिक उपन्यासाहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Plutarch. Alex. 77.4

बाहिरी लिङ्क[सम्पादन गर्नुहोस्]