रोल्पा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रोल्पाबाट अनुप्रेषित)
रोल्पा जिल्ला
थवाङ गाउँपालिका
लुम्बिनी प्रदेशमा रोल्पाको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा रोल्पाको (गाढा पहेँलो) स्थान
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामरोल्पा नगरपालिका
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, रोल्पा
जनसङ्ख्या
 • जम्मा२३६२२६
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली भाषा

रोल्पा नेपालको एक पहाडी जिल्ला हो। रोल्पा जिल्लाको क्षेत्रफल एक हजार आठ सय ७९ बर्ग किलोमिटर रहेको छ। नेपालको पहाडमा अवस्थित रोल्पा पश्चिम नेपालको लुकेको रत्न हो। ठुला पहाड, घना जङ्गल, धनी संस्कृति र मानिसहरूको परम्परा, धार्मिक स्थल र फराकिलो उपत्यका भएको रोप्लामा यो ठाउँबाट बाहिर निस्कन खोज्ने सबै कुरा छन्। यससँग जोडिएका जिल्लाहरू दक्षिणमा दाङ, पूर्वमा प्युठान, पश्चिममा सल्यान र उत्तरमा पूर्वी रुकुम जिल्ला पर्दछन्।[१]

नामाकरण[सम्पादन गर्नुहोस्]

"रोल्पा" भनेर चिनिने यो जिल्ला स्थान विशेष "रोल्पाथुम"को कारणले रोल्पा बनेको हो। तर अनौठो कुरा के छ भने अहिले "रोल्पा" भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ। सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो। त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा "रोल्पा" पनि सल्यान मै छुट्न गएको हो।

इतिहास[सम्पादन गर्नुहोस्]

एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरूमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो। त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ। सेन राजा गजुलमा सुरूदेखि नै बसेको भने पाइदैन। गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरू राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिएँ भन्ने जनश्रुति छ। उनीहरूले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजीकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिएँ। यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरूको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो।

प्रशासनिक विभाजन[सम्पादन गर्नुहोस्]

जिल्लामा १० स्थानीय तहहरू छन्, जसमध्ये १ नगरपालिका र ९ गाउँपालिका छन्।

रोल्पा जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
रोल्पा नगरपालिका १० लिबाङ ३४,९९८
त्रिवेणी गाउँपालिका नेर्पा बजार २५,९५७
परिवर्तन गाउँपालिका पुतलाचौर २०,७७८
माडी गाउँपालिका घर्तिगाउँ २३,४६४
रुन्टीगढी गाउँपालिका झेनाम ३१,९३४
लुङग्री गाउँपालिका बडाचौर २६,५३९
गंगादेव गाउँपालिका सानाडाँडा ३०,६२५
सुनछहरी गाउँपालिका पोबाङ १६,०३४
सुनिलस्मृति गाउँपालिका मिझीङ २८,२१३
थवाङ गाउँपालिका थवाङ १०,८९१

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "संक्षिप्त परिचय : रोल्पा जि.स.स", रोल्पा जिल्ला, अन्तिम पहुँच २०२३-०६-२८