रौता
नेपाली विकिपीडियाबाट
चित्र:Rauta.jpg
रौता पोखरी
रौता पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उदयपुर जिल्लामा एउटा गबिस तथा धार्मिक एवं पर्यटन स्थल हो। करीब ५९०० फिटको ऊँचाईमा रहेको रौताको पोखरी प्रमुख रूपमा लिन सकिन्छ, यसको पानी कहिले पनि सुक्दैन। धर्मिक रूपले ठूलो श्रद्धा र विश्वास रहेको यो पोखरीमा मनोकामना पुरा गर्न भक्तजनहरूको भिड लाग्ने गर्छ।
रौता डाँडा उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट प्रत्यक्ष रूपमा देखिन्छ। रौताको लागि हाल बाटो पनि खोलिएको छ र गाईघाटबाट रौताको लागि बसहरू पाइन्छ। रौता उदयपुर जिल्लाको आन्तरिक पर्यटनलाई बढावा दिने ठूलो सम्भावनाको रूपमा रहेको छ।
|
|||||