लक्ष्मीप्रसाद देवकोटा
नेपाली विकिपीडियाबाट
लक्ष्मीप्रसाद देवकोटा |
|
| जन्म: | वि.सं. १९६६ काठमाण्डौ |
|---|---|
| मृत्यु: | वि.सं. २०१६ काठमाण्डौ |
| कार्यक्षेत्र: | अध्यापन, लेखन, राजनीति |
| राष्ट्रियता: | नेपाली |
| भाषा: | नेपाली |
| विधा: | गद्य तथा पद्य |
| विषय: | कविता, नाटक, यात्रा संस्मरण, निबंध आदि |
| साहित्यिक आन्दोलन: |
स्वछन्तावाद , प्रयोगवाद |
लक्ष्मीप्रसाद देवकोटा जन्म बिसं १९६६ (सन् १९०९), मृत्यु बिसं २०१६ (सन् १९५९)) नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका बिभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए। बिशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।
विषयसूची |
[परिवर्तन्] सुरुवाती जीवन
देवकोटा पण्डित तिलमाधव र अमर राज्य लक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी धोबीधारा, काठमाण्डौँमा तिहारको लक्ष्मी पूजाका दिन जन्मेका थिए। उनले सानै उमेर देखि कवितामा आफ्नो प्रतिभा देखाउन थाले।
पछि उनले नेपाली साहित्यमा रुमानी (स्वच्छन्दतावाद) को सुरुवात गरि नयाँ पुस्ताका लेखकहरूलाई निक्कै प्रभाव पारे। उनी एक आधुनिक कविका रुपमा बिकास हुँदै नेपाली साहित्यमा आफ्नो उच्च ओहदा कायम गरे, जसलाई धेरैजनाहरू नक्कल गर्न खोज्दछन्।
उनले सहनशीलता, सहयोगी भावना र दयाको उपदेश दिन्थे । कामबाट घर फर्किदै गर्दा, एक दिन, उनका सामुन्ने एक माग्ने पैसा माग्दै आयो। जाडोले कठ्याङ्ग्रिएको देखेर देवकोटाले आफैँले लाइराखेको कोट फुकालेर त्यस माग्नेलाई दिए।
देवकोटा सन १९०९ मा जन्मिदा, देशमा राणा शासन थियो। राणाहरू चाहन्थे जनताहरूले शिक्षा नपाउन, तर धेरै चोटिको प्रयत्नपछि देवकोटाको परिवारले उनलाई काठमाण्डौँ उपत्यकाको एकमात्र विद्यालय दरवार स्कुलमा भर्ना गरिदिए। देवकोटाले आफ्नो पहिलो कविता यही स्कुलमा लेखे, र भनिन्छ, उनले आफ्ना कविता साथीहरू र गुरुहरूलाई सुनाउने गर्दथे । धेरै पटक साथीहरूले उनले त्यस्ता उत्कृष्ट कविताहरू लेख्दा छक्क पर्दथे, तर उनका शिक्षकहरू त्यस कलिलो प्रतिभाबाट निक्कै प्रभाबित थिए।
सन् १९२५ मा देवकोटा त्रि-चन्द्र कलेजमा बिज्ञान बिषयमा भर्ना भए। बिज्ञानमा प्रमाणपत्र तहको अध्यन पुरा गरेपछि उनले मानविकी सङ्कायमा सरे। सन् १९२९ मा उनले आफ्नो स्नातक तहको अध्यन पुरा गरे पछि सन् १९३१ मा छात्रबृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पठ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी बिषयमा स्थान नपाएपछि उनले कानून पढे।
[परिवर्तन्] पारिवारिक जीवनी
कानूनमा स्नातकोपाधी हाँसिल गरेपछि उनी आफ्नो घर फर्के जहाँ उनले बिभिन्न ब्यक्तिगत सङ्कटहरू भोग्नु पर्यो। दुई बर्ष भित्रै उनको बुवा, आमा र दुई बर्षे छोरीको मृत्यू भयो। ती बियोगान्त घटनाहरूले उनलाई मर्माहत तुल्यायो र सायद यसैले उनलाई चुरोटको आदत बसायो। पछिल्ला बर्षहरूमा उनका कलिला छोराहरू प्रकाश र कृष्णको असामायिक मृत्यूले उनलाई अझ दुःखी बनायो र केही हदसम्म उनको दिमाखलाई चोट पुर्यायो। उनले केही समय मानसिक संस्थामा पनि बिताए।
दुखमा दुख थपिएझैँ, देवकोटालाइ १९५८ (बि सं२०१५) मा क्यान्सर लागेको थाहा भयो। भारत गइ ठुलो आन्द्राको ३ इन्च निकालीए पनि उनलाइ आफ्नो मृत्यु आएको पक्का थियो। उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले। एक बर्षपछि उनको मृत्यु भयो।
सान्ता भवन अस्पतालमा रहदा उनले आफ्नो साथीलाइ चिठीमा लेखेका थिए- "मृत्यु मेरो अगाडि छ। म आकासमा नक्षत्रहरु खोज्छु तर भेट्दिन। म आफुलाइ शान्ति दिन सक्दिन। म उठ्न सक्ने भए, म आफु र आफ्ना बच्चाहरुलाइ मार्नेथिएँ"
जीबनभर, उनले भगवान मानेनन्। तर, मृत्यु शैय्यामा उनले बाचे- , "आखिरमा श्रीकृष्ण रहेछ एक"
[परिवर्तन्] कार्यजीवन
देवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उनले महाकाव्य, लामा बर्णनात्मक कविताहरू निबन्धहरु, कथाहरु, नाटकहरु, गीतहरु, र समालोचना हरू लेखेका छन्। कविता पढेजस्तै अनुभव हुने देवकोटाका निवन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रसंसायोग्य छन्। नेपालीमा महाकाव्य लेख्ने यिनी साहित्यकार हुन्। यिनीद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि अत्याधिक विक्री हुने कृतिमा पर्दछ। मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गरे। यिनी एक पटक नेपालको शिक्षा मन्त्री सम्म भएका थिए। यिनैक पालामा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो।
देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्ने अद्वितिय प्रतिभा थियो । -- उनले शाकुन्तल ३ महिनामा, सुलोचना महाकाब्य दश दिनमा र कुन्जीनी एकै दिनमा लेखे । उनले नेपाली साहित्यलाइ नया उचाइमा पुर्याए. "मुनामदन,"प्रचलित लोक भाकामा लेखिएको कृति,ले नेपाली साहित्यमा संस्कृतको प्रभाब अन्त्य गर्यो। "पागल" उनको अर्को महान कृति हो।
[परिवर्तन्] सन्दर्भ सामाग्री
- नेपाली साहित्य श्रृङ्खला, भाग २, प्रा. डा. बासुदेव त्रिपाठी
- SpinyBabbler.org मा देवकोटाको जीवनी
- लक्ष्मीप्रसाद देवकोटा: नेपालका सर्वोत्कृष्ट कवि