लखन थापा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
Unbalanced scales.svg यो लेखको निरपेक्षता विवादमा परेको छ
कृपया यो लेखको वार्तालाप पृष्ठ हेर्नुहोस्

शहीद लखन थापाको जन्म वि.सं. १८९१मा गोरखा जिल्लाको बुङकोटमा भएको थियो। उनले लखनऊ (भारत)मा सामान्य शिक्षा र तन्त्रमन्त्रको विद्या हासिल गरेका थिए। वि.सं. १९११मा नेपाली सेनाको गोरखागण (मगरपल्टन)मा उनी भर्ना भए। फुर्तिला र चल्तापुर्जा हुनाको कारण १४ वर्षपछि उनी क्याप्टेन (कप्तान) हुन पुगे।

वि.सं. १९२७मा तीन महिना बिदा लिएर घर गएका लखन र उनका साथी जयसिं चुमी राणा जंगबहादुर विरुद्ध प्रचारमा लागे। जंगबहादुर राणाको आदेशअनुसार उनका ७ साथीलाई पक्राउ गरी बाँसको पिंजरामा बन्द गरी काठमाडौँ ल्याइयो। उनलाई वि.सं. १९३३ साल राजद्रोहको अभियोगमा मनकामनाको मन्दिर (गोरखा जिल्ला) अगाडि रूखमा झुन्ड्याएर मारियो।

नेपालका पहिला शहीद हुन्। सरकारले अहिलेसम्म औपचारिक रूपमा उनलाई पहिलो शहीद मानेको छैन। व्यापक जनदबाब परेपछि २०५६ सालमा सरकारले उनलाई शहीद घोषणा गरे पनि पहिलो शहीद भन्न सकेन।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा