लता मंगेशकर
| लता मंगेशकर | |
|---|---|
लता मंगेशकर सन् २००८ मा |
|
| व्यक्तिगत विवरण | |
| जन्म |
सेप्टेम्बर Expression error: Unrecognized punctuation character "�"., १९२९ इन्दौर, भारत |
| किसिम | चलचित्र संगीत (पार्श्व गायिका), भारतीय शास्त्रीय संगीत |
| पेशा | गयिका |
| बाद्ययन्त्र | स्वर |
| सक्रिय वर्ष | १९४२–अहिलेसम्म |
लता मंगेशकर (जन्म: २८ सेप्टेम्बर, १९२९) एक भारतिय गायिका हुन। उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पार्श्व गायिका हुन। [१][२] सन् १९४२मा गाउन शुरु गरेकि उनले एक हजार भन्दा बढी बलिवुडका चलचित्रहरूमा ३६ भाषाहरूमा स्वर दिएकि छिन। उनी आशा भोसले, ह्रिदयनाथ मंगेशकर, उशा मंगेशकर र मीना मंगेशकरको दिदी हुन। भारतको सबैभन्दा ठूलो गैर-सैनिक पदक भारत रत्न पाउने उनी केवल दोस्री गायिका हुन। [३]
मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गितहरू रेकर्ड गराउने गायिकाको रूपमा दाखिल थिईन। उनले १९४८ देखि १९७४ सम्म् तिस हजार गितहरू रेकर्ड गराएकि थीइन। तर यो पनि भनिन्छ कि उनकै बहिनी आशा भोसलेले त्यो भन्दा बढी गीत रेकर्ड् गराएकी थिईन। [४][५]
विषयसूची |
प्रारम्भिक जीवन [सम्पादन गर्ने]
मंगेशकरको जन्म मामाघर इन्दोरमा भयो।[६] त्यसपछि उनिहरू कोल्हापुर सरे। उनका बुबा दीननाथ मंगेशकर नाटक कम्पनी चलाउनुहुन्थ्यो, पछि बन्द गरेर चलचित्र कम्पनी चलाउनुभयो। त्यही उनिहरूको घर बन्यो। सानोमा उनी चुलबुले स्वभावकी थीइन। उनका एक भाइ र चार बहिनी थिए। उनी ५/६ वर्ष हुँदादेखि नै बुबाले गीत सिकाउन थाल्नुभयो। बुबाको नाटक कम्पनीमा सानो-सानो बच्चाको रोल लिने गर्थिन। सन् १९४२मा बुबा बितेपछी सबै परिवार धान्ने जिम्मा उनको काधमा आयो। त्यसैबखत उनले'नवयुग फिल्म'मा हिरोइनको बहिनीको भूमिका निभाइन। यो उनको पहिलो चलचित्र थियो, त्यो पनि मराठी। कोल्हापुर आएपछि मराठी फिल्मका हस्ती मास्टर विनायकको कम्पनीमा जागीर गरिन।[७]
पार्श्व गायन [सम्पादन गर्ने]
लता बालककालदेखि नै गायक बन्न चाहान्थिन। बालककालमा कुंदनलाल सहगलको एक चलचित्र चण्डीदास देखेर उनले भनेकी थिईन कि ठूलो भएर सहगलसँग विवाह गर्ने छिन। पहलो पटक लताले वसँग जोगलेकर द्वारा निर्देशित एक चलचित्र कीर्ती हसालको लागि गाईन। उनके पिता लताले फ़िल्मको लागि नगाउन भन्ने चहन्थे। त्यसैले, यस गीतलाई फ़िल्मबाट निकालियो। तर उनको प्रतिभाबाट वसंत जोगलेकर धेरै प्रभावित भए।
पिताको मृत्यु पछि (जब लता मात्र १३ बर्षकी थिईन), लतालाई पैसाको धेरै ठूलो समस्या पर्यो र धेरै संघर्ष गर्न पर्यो। उनलाई अभिनय धेरै राम्रो लागेको थिएन तर पिताको असामयिक मृत्युको कारणबाट पैसाको लागि उनके केही हिन्दी र मराठी फ़िल्महरूमा काम गर्नु पर्यो। अभिनेत्रीको रूपमा उनको पहिलो चलचित्र पाहिली मंगलागौर (१९४२) थियो, जसमा उनले स्नेहप्रभा प्रधानको सानी बहिनीको भूमिका निभाईन। पछि उनले धेरै फ़िल्महरूमा अभिनय गरिन जसमा, माझे बाल, चिमुकला संसार (१९४३), गजभाऊ (१९४४), बड़ी माँ (१९४५), जीवन यात्रा (१९४६), माँद (१९४८), छत्रपति शिवाजी (१९५२) शामिल थिए। बड़ी माँ,मा लताले नूरजहाँको साथ अभिनय गरिन र उनको सानी बहिनीको भूमिका आशा भोंषलेले निभाईन। उनले आफैलाई भूमिकाको लागि गीत पनि गाईन र आशाको लागि पार्श्वगायन गरिन।
१९४५मा उस्ताद ग़ुलाम हैदर (जसले पहिलानूरजहाँको खोज गरेका थिए) आफ्नो आउने फ़िल्मको लागि लतालाई एक निर्माताको स्टूडियोमा लिएर गए जसमा कामिनी कौशल मुख्य भूमिका निभाई रहेकी थीइन। उनी चाहान्थे कि लता त्यस फ़िल्मको लागि पार्श्वगायन गरुन। तर गुलाम हैदरलाई निराशा हात लाग्यो। १९४७मा वसंत जोगलेकरले आफ्नो चलचित्र आपकी सेवा मेंमा लतालाई गाउने मौका दिए। यस फ़िल्मको गितबाट लताको धेरै चर्चा भयो। यस पछि मजबूर फ़िल्मको गीत "अङ्ग्रेजी छोरा चला गया" र "दिल मेरा तोड़ा हाय मुझे कहीं का न छोड़ा तेरे प्यार ने" जस्तो गीतबाट आफ्नो स्थिति सुदृढ गरिन। यध्यपी यसपछि पनि लतालाई अत्याधिक सफ़लता भने मिलिसकेको थिएन। १९४९मा लतालाई यस्तो मौका चलचित्र "महल"को "आयेगा आनेवाला" गीतबाट प्राप्त भयो। यस गीतलाई त्यस समयको सबैभन्दा सुन्दरी र चर्चित अभिनेत्री मधुबालामा बनाईएको थियो। यो फ़िल्म अत्यन्त सफल रहेको थियो र लता तथा मधुबाला दुबैको लागि बहुत शुभ साबित भयो। यस पछि लताले कहिल्यै पछाडी फर्केर हेर्नु परेन।
पुरस्कारहरू [सम्पादन गर्ने]
- फिल्म फेयर पुरस्कार (१९५८, १९६२, १९६५,१९६९, १९९३ ऱ १९९४)
- राष्ट्रिय पुरस्कार (१९७२, १९७५ ऱ १९९०)
- महाराष्ट्र सरकार पुरस्कार (१९६६ ऱ १९६७)
- १९६९ - पद्म भूषण
- १९७४ - गिनीज बुक रेकर्ड
- १९८९ - दादा साहब फाल्के पुरस्कार
- १९९३ - फिल्म फेयर - लाइफ टाइम अचीवमेन्ट पुरस्कार
- १९९६ - स्क्रीनको लागि लाइफटाइम अचीवमेंट पुरस्कार
- १९९७ - राजीव गान्धी पुरस्कार
- १९९९ - एन.टी.आर. पुरस्कार
- १९९९ - पद्म विभूषण
- १९९९ - जी सिने का का लाइफटाइम अचीवमेंट पुरस्कार
- २००० - आई. आई. ए. एफ.को लाइफटाइम अचीवमेंट पुरस्कार
- २००१ - स्टारडस्टको लाइफटाइम अचीवमेंट पुरस्कार
- २००१ - भारतको सर्वोच्च नागरिक सम्मान "भारत रत्न"
- २००१ - नूरजहाँ पुरस्कार
- २००१ - महाराष्ट्र भुषण
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
- ↑ "Lata Mangeshkar", December 10, 2002
- ↑ Yasmeen, Afshan (September 21, 2004), "Music show to celebrate birthday of melody queen"
- ↑ Lata Mangeshkar given Bharat Ratna The Hindu
- ↑ Raju Bharatan (23 August 2006), "How fair were they to Mohammed Rafi?: Page 7"
- ↑ Raju Bharatan (23 August 2006), "How fair were they to Mohammed Rafi?: Page 6"
- ↑ Harish Bhimani (1995), In search of Lata Mangeshkar, Indus, ISBN 9788172231705
- ↑ कसैले एकसुरमा गीत सुनाउँदा दिक्क लाग्छ,नयापत्रिका, १६ जुलाई २०११