लहान नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लहान
पूर्व पश्चिम राजमार्गसँगै रहेको लहान नगर
पूर्व पश्चिम राजमार्गसँगै रहेको लहान नगर
लहान is located in मधेश प्रदेश
लहान
लहान
नक्सामा लहान नगरपालिका
लहान is located in नेपाल
लहान
लहान
लहान (नेपाल)
निर्देशाङ्क: २६°४०′उ॰ ८६°४८′पू॰ / २६.६६७°N ८६.८००°E / 26.667; 86.800निर्देशाङ्कहरू: २६°४०′उ॰ ८६°४८′पू॰ / २६.६६७°N ८६.८००°E / 26.667; 86.800
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
नगर पञ्चायतवि.सं. २०३३ असार २२[२]
समावेश गाउँ पञ्चायतलहान बजार, लहान गोठ र सिगराही मटियर्वा[३]
समावेश (गाविस)पडरिया थारुटोल, सोनमति मझौरा, बस्तीपुर, तरेगना गोविन्दपुर, ढोढना, भदैया, ब्रह्मान गोरछारी, सिस्वानीभवानीपुर
समावेश मितिवि.सं. २०७१ पौष २८[४]
समावेश (गाविस)गाढागोविन्दपुर मल्हनिया
समावेश मितिवि.सं. २०७३ फाल्गुण २७[५]
सरकार
 • प्रकारस्थानीय तह
 • मेयरमुनि साह सुडी
 • उप मेयरसरियार चौधरी
क्षेत्रफल
 • जम्मा१६७.१७ किमी (६४.५४ वर्ग माइल)
उन्नतांश
१११ मिटर (३६४ फिट)
जनसङ्ख्या
 • जम्मा९१७६६[१]
 ५औँ (मधेश प्रदेश)
२६औँ (नेपाल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३३
वेबसाइटनगरपालिका वेबसाइट

लहान नेपालको मधेश प्रदेशमा पर्ने सिराहा जिल्लाको एक नगरपालिका हो। पूर्व पश्चिम राजमार्ग छेउमै रहेको यो नगरपालिका नेपालको राजधानी काठमाडौँबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको छ। यो नगरपालिका सिराहा जिल्लाको पहिलो नगरपालिका हो। सिराहा जिल्लाका तत्कालिन लहान बजार, लहान गोठ र सिगराही मटियर्वा गाउँ पञ्चायतलाई वि.सं. २०३३ असार २२ गते मिलाएर लहान नगर पञ्चायत घोषणा गरिएको थियो।[२][३]

वि.सं. २०७१ मङ्सिर १६ मा नेपाल सरकारको निर्णय र वि.सं. २०७१ पौष २८ गते नेपाल राजपत्रमा प्रकाशित भएअनुसार पडरिया थारुटोल, सोनमति मझौरा, बस्तीपुर, तरेगना गोविन्दपुर, ढोढना, भदैया, ब्रह्मान गोरछारी, सिस्वानीभवानीपुर गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[४] यसै प्रकार सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन गाढागोविन्दपुर मल्हनिया गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[६][७][८] कुल २४ वडामा विभाजित यो नगरपालिकामा गत २० वर्षको अवधिमा सहरीकरणका कारण जनसङ्ख्या क्रमशः बढ्दै गएको छ।[९] वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस नगरको जनसङ्ख्या ९१,७६६ रहेको छ। भारतको बिहार राज्यमा पर्ने लौकाहा र नेपालको लहानबाट १८ किलोमिटर दक्षिणमा पर्ने ठाडी नजिकैको सहर नेपाल र भारतबीचको पारस्परिक व्यापारका लागि सहमति भएको मार्गको एक भाग हो।[१०] लहानले ठाडीलाई नेपालको अन्य भोगौलिक क्षेत्रहरूसँग जोड्ने गर्दछ।[११] नेपाल सरकारले सीमाक्षेत्रमा एउटा भन्सार कार्यालय स्थापना गरेको छ भने भारत सरकारले परिवेक्षक स्तरका अधिकारीसहितको भूमि भन्सार केन्द्रको स्थापना गरेको छ।[१२]

भौगोलिक स्थिति[सम्पादन गर्नुहोस्]

लहान नगरपालिकाको पूर्वमा बलान नदी[१३] (सप्तरी जिल्ला), पश्चिममा धनगढीमाई नगरपालिका, उत्तरमा उदयपुर जिल्ला र दक्षिणमा लक्ष्मीपुर पतारी गाउँपालिकासखुवानान्कारकट्टी गाउँपालिका पर्दछन्।[३]

नामकरण[सम्पादन गर्नुहोस्]

'लहान'को नामकरण सम्बन्धमा एक जनश्रुति अनुसार वर्षौ पहिले यस ठाउँमा हाट लाग्ने गरेको र पहाडबाट व्यापार गर्न आउने व्यापारीहरू सरसामान खरिद तथा बेचबिखन गर्न आउँदा ती व्यापारीहरूबीच परस्पर मारपीट र झैझगडा हुने क्रममा 'लौ हान' शब्दको बारम्बार प्रयोग भएपछि कालान्तरमा 'लौहान' शब्दबाट अप्रभंश भई लहान नामकरण भएको हो।[१४] एक अन्य जनविश्वास अनुसार पहिले यस क्षेत्रमा लौहान सिंह नामक राजाले राज्य गरेकाले उनैको नाउँमा यसको नाम लहान भएको बताउने गरिन्छ।

जनसङ्ख्या र रितिथिति[सम्पादन गर्नुहोस्]

लहान नगरपालिकाभित्र वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार ९१,७६६ जनाको बसोबास रहेको छ। नगरपालिकामा अधिकांश व्यक्ति मैथिली भाषा बोल्छन्। हिन्दू धर्मावलम्बीहरूको दशैं, तिहारका साथै स्थानीय चाडपर्वमा सिरूवा, फागु, भातृ द्वितीया, चौठ चन्द्र, छठ, दीपावली प्रमुख छन्। नगरमा कोइरी, कायस्थ, कथवनियाँ, थारु, मुसलमान, मारवाडी, मुसहर, यादव, डुम, चमार, ब्राम्हण, क्षेत्रीलगायत विभिन्न जातजाति बसोबास गर्दै आइरहेका छन्।

पर्यटन स्थल[सम्पादन गर्नुहोस्]

लहान बजारदेखि ४ किलोमिटर पश्चिममा ऐतिहासिक धार्मिकस्थलको रूपमा राजा सहलेसको सहलेस फुलबारी रहेको छ।[१५] उक्त फूलवारीमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन मेला लाग्छ।[१६] उक्त ठाउँको एउटा रूखमा वर्षको एकचोटि वैशाख १ गते मात्र फूल फुल्छ।[१७] उक्त फूल हेर्न नेपालभारतका हजारौं व्यक्तिहरू पुग्ने गर्छन्। यसै प्रकार लहानदेखि ६ किलोमिटर उत्तरमा पकडरिया गढ अवस्थित छ भने नगरमा विभिन्न मठ मन्दिरहरू छन्।[१८]

नगर निर्वाचन इतिहास[सम्पादन गर्नुहोस्]

वि.सं. २०३३ मा नगर पञ्चायत बनेको लहान नगरमा वि.सं. २०३३ देखि वि.सं. २०७४ सालसम्म ६ पटक निर्वाचन भइसकेको छ। ६ पटक सम्पन्न स्थानीय निर्वाचनमा लगातार तीनपटक लगनलाल चौधरी नगरप्रमुखमा विजयी भएका छन्। वि.सं. २०३३ को पहिलो नगर पञ्चायत चुनावमा पहिलो प्रधानपञ्चको रूपमा रामलोचन महतो[१९] र उप-प्रधानपञ्चमा विश्वनाथ चौधरी विजयी भएका थिए। यस्तै वि.सं. २०३९ सालको चुनावमा लगनलाल चौधरी प्रधानपञ्चमा विजयी भएका थिए। वि.सं. २०४३ सालको चुनावमा पुन: लगनलाल चौधरी प्रधानपञ्चमा निर्वाचित भएका थिए। वि.सं. २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना पश्चात् वि.सं. २०४९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट लगनलाल चौधरी र प्रकाशबहादुर केसी क्रमशः नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका थिए।[२०] यसै प्रकार वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मुनी साह सुडी र राजेन्द्र महतो क्रमशः प्रमुख तथा उपप्रमुखमा निर्वाचित भएका थिए।[२१][२२] त्यसपछि तोकिएको समयमा निर्वाचन हुन नसक्दा तत्कालीन श्री ५ को सरकारद्वारा नगरप्रमुखमा प्रकाशबहादुर केसी र उप-प्रमुखमा सागरलाल चौधरीलाई मनोनित गरिएको थियो।

वि.सं. २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका मुनि साह सुडी[२३] नगर प्रमुख पदमा निर्वाचित भएका छन् भने नेकपा एमालेकी सरियारकुमारी चौधरी नगर उप-प्रमुख पदमा निर्वाचित भएकी छिन्।[२४][२५][२६]

यातायात[सम्पादन गर्नुहोस्]

लहान नगरमा स्थानीय यातायात बस वा निजी सवारी साधन चल्ने गरेको छ। नेपालका अन्य विकासशील सहरहरू जस्तै लहान पनि वरपरका नयाँ बासस्थानका साथ विस्तार हुँदै गएको छ। यी क्षेत्रहरूमा यातायात सेवा पनि द्रुत रूपमा विस्तार भइरहेको छ। पर्यटक ट्याक्सीहरू पनि सहर बाहिर यात्राको लागि एक विकल्प हो। स्थानीयहरू सामान्यतया पैदल हिड्ने गर्छन्। अन्य सहरहरूमा जस्तै अटो रिक्सा पनि यहाँ सामान्य रहेको छ।

सडक सञ्जाल[सम्पादन गर्नुहोस्]

यो नगरपालिका अन्तर्गत पूर्व-पश्चिम राजमार्ग सडक खण्ड रहेको छ।[२७] पूर्व पश्चिम राजमार्गको कारण यहाँबाट देशका हरेक भागमा जानका लागि बस, माइक्रो बस, भाडाको कार, ट्याक्सी, लगायत लामो दुरीका यातायात साधन उपलब्ध छन्। यातायातको प्रमुख साधन सडक सञ्जालद्वारा यो नगरबाट नेपालको पूर्व पश्चिम भागमा जान सकिने सहजता रहेको छ।[२८]

हवाई यातायात[सम्पादन गर्नुहोस्]

यहाँबाट सबैभन्दा नजिकको राजविराज विमानस्थल लगभग ४० किलोमिटरको दूरीमा रहेको छ। यो विमानस्थलबाट दैनिक काठमाडौँको लागि विमान सेवा उपलब्ध रहेको छ।[२९]

रेलवे[सम्पादन गर्नुहोस्]

यो सहर लौकाहा बजार रेलवे स्टेसनसँग पनि जोडिएको छ जुन नजिकैको भारतीय सहर लौकाहामा रहेको छ। नेपाली सहर ठाडी हुँदै लहानबाट लगभग १८ किलोमिटर दक्षिणमा अवस्थित रहेको यो रेलवे स्टेसन नेपाल र भारतका मानिसहरूका लागि मुख्य प्रवेश र निकास बिन्दु हो।[३०]

विविध[सम्पादन गर्नुहोस्]

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले मुलुक र विशेष गरी भारतमा प्राप्त गरेको ख्यातिले अन्तर्राष्ट्रिय जगतमा लहानको पहिचान कायम भएको छ।[३१] सन् १९८२ मा स्थापना भएको यस अस्पतालबाट हालसम्म २० लाखभन्दा बढी व्यक्तिको आँखा उपचार गरिएको अस्पतालले जनाएको छ।[३१] यहाँ एउटा सरकारी क्याम्पस तथा तीन वटा उच्च शिक्षाका निजी कलेजहरू छ्न्।

शिक्षा[सम्पादन गर्नुहोस्]

कलेजहरू[सम्पादन गर्नुहोस्]

लहान सहरमा रहेका कलेजहरू
  • जे एस मुरारका बहुमुखी क्याम्पस
  • रोयल सफ्टेक कलेज
  • लहान मेरी चिल्ड्रेन कलेज
  • लहान इन्टरनेशनल कलेज

अस्पतालहरू[सम्पादन गर्नुहोस्]

लहान सहरमा भएका अस्पतालहरू
  • सगरमाथा चौधरी आँखा अस्पताल
  • रामप्रसाद रामप्रताप मेमोरियल अस्पताल
  • सप्तर्षि अस्पताल
  • स्टार हस्पिटल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, वि.सं. २०७२ मङ्सिर २४, अन्तिम पहुँच वि.सं. २०७८ माघ २८ 
  2. २.० २.१ भट्ट (सन् १९८१), नेपाल राजपत्र सारा सङ्ग्रह : नेपालको साप्ताहिक राजपत्रबाट छनोट, अधिकांश कानूनमा, सन् १९५१-१९८० मार्च (नेपालीमा), पृ: १२८। 
  3. ३.० ३.१ ३.२ "नगरको सङ्क्षिप्त परिचय", लहान नगरपालिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१७ 
  4. ४.० ४.१ "शंखरापुर लगायत बिभिन्न नगरपालिका घोषणा" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७१ पौष २८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ५ 
  5. "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फाल्गुण २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९ 
  6. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  8. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  9. "कसरी बन्दैछन् सहर ?", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१७ 
  10. "दशगजा क्षेत्रमा भारतको रबैया", नेपाल पुकार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१७ 
  11. "विकासको नमूना नगर बन्दै लहान", सञ्चारकर्मी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१७ 
  12. "ठाडी भन्सारमा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजस्व संकलन", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१७ 
  13. "कमला नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाइने", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१७ 
  14. पोखरेल, तुलसीराम, "लहानको नामाकरण र ऐतिहासिक तथ्य", लहान पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१८ 
  15. "नयाँ वर्षको सलहेश फुलवारी मेला यसवर्ष नलाग्ने", देशसञ्चार (नेपालीमा), २०२०-०४-०८, अन्तिम पहुँच २०२२-०२-१७ 
  16. "सहलेस फूलबारीः जहाँ निःसन्तानले भाकल गर्छन् (फोटो फिचर)", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१७ 
  17. "नयाँ वर्षको दिन मात्र फुल्ने अनौठो फूल", न्युज अफ नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१७ 
  18. "सलहेस फुलवारी,पकडिया गढ,पतारी लगायतका मेला स्थगित", जनप्रभा समाचर (नेपालीमा), २०२०-०४-०८, अन्तिम पहुँच २०२२-०२-१७  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-१७ मिति
  19. मन्त्रालय, पञ्चायत (सन् १९६४), प्रशासन शक्ति विकेन्द्रीकरण आयोग प्रतिवेदन (नेपालीमा), पृ: १९८। 
  20. विश्वकर्मा, मणिलाल, "लहानमा तात्यो चुनावी माहोल, २४ वडामै मोटरसाइकल र्‍याली", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१८ 
  21. "देशभरको जोडघटाउ ‘चर्चित उम्मेदवारहरूको चुनावी अवस्था’", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१८ 
  22. "तेस्रो चरणको निर्वाचन : तराईमा चुनावी अभियान तीव्र", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१८ 
  23. यादव, मिथिलेश, "ब्रान्ड ‘मेयर साब’ मुनी साह", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१८ 
  24. "पूर्वी मधेसको गढ सिरहाको लहान नगरपालिका प्रमुख, उपप्रमुखमा एमालेको शानदार जित", जनबोली न्यूज (नेपालीमा), २०१७-०९-२३, अन्तिम पहुँच २०२२-०२-१८ 
  25. "सिरहाको १७ स्थानीय तहमध्ये १६ तहको नतिजा सार्वजनिक", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१८ 
  26. "लहान सहरको विकास पुनरुत्थान गर्नेछु", बुधबार (नेपालीमा), २०१७-०९-१३, अन्तिम पहुँच २०२२-०२-१७ 
  27. "पूर्व–पश्चिम एउटै शहर !", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१८ 
  28. "सिरहामा मानविय क्षती र सवारी दुर्घटना न्युनिकरण गर्न सचेतना कार्यक्रम -", उज्यालो नेटवर्क (नेपालीमा), २०२०-०२-१२, अन्तिम पहुँच २०२२-०२-१८ 
  29. "काठमाडौं-राजविराज उडानमा बुद्ध एयरकाे आकर्षक छुट", पूर्वेली समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१८  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-१८ मिति
  30. "नेपाली विद्यार्थी सीमापारि वारिका विद्यालय सुनसान", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१८ 
  31. ३१.० ३१.१ यादव, मिथिलेश, "उज्यालो देखाउँदै सगरमाथा आँखा अस्पताल", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१८ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]