लालबन्दी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लालबन्दीबाट अनुप्रेषित)
लालबन्दी नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासर्लाही जिल्ला
स्थापना२०७१ जेष्ठ ४
सरकार
 • मेयरमान बहादुर खडका
 • उप मेयरशान्ति कुमारी लामा
जनसङ्ख्या
 (बि.स.२०६८)[१]
 • जम्मा२७,८१२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६
वेबसाइटwww.laalbandimun.gov.np

लालबन्दी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३] लालबन्दी बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[४] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा लालबन्दी, जब्दीपत्थरकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[१] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा लालबन्दी पनि नगरपालिका बनेको हो ।[५] महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[५]

परिचय[सम्पादन गर्नुहोस्]

लालबन्दी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो । पूर्व-पश्चिम महेन्द्र राजमार्गसंगै जोडिएको लालबन्दीमा उब्जनी योग्य जमीन, खान र सिचाईको लागि प्रसस्त पानी, विद्यार्थीको लागि प्रसस्त स्कूल र कलेज, फलफूल तथा तरकारी अन्य किसिमका उत्पादन लागि छुटै बजार, कल-कारखानाको लागि चाहिने वातावरण, ब्यपारको लागि बजार, रकम राख्नको लागि बैङ्कसहकारीको भण्डार भएको क्षेत्र र विकाशको लागि प्रचुर सम्भावना वोकेको ठाउँ हो । तामाङ, नेवार, मगर, क्षेत्री, वाहुन, दलित, मधेसीका साथै प्राय सवै धर्म मान्ने मानिसहरूको वसोवास रहेको छ । यो नेपालको सबै भन्दा बढी गोलभेडा पाइने ठाउँ पनि हो । सायद लालबन्दिको नाम यहाँ पाउने लाल गोलभेडा र बन्दागोभी को सुयुक्त नामले लालबन्दी नाम हुन गएको हो कि भन्ने धारणा पनि भेटिन्छ । यहाँ तरकारीहरू बढी उत्पादन हुने भएकोले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ । साथै धान, मकै, गहुँ तथा अन्य कृषिजन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ ।[६] लालबन्दी बजार ब्यापारिक प्रबर्धनको लागि प्रख्यात भएर होला यहाँ वित्तीय कारोबार गर्ने बैङ्क तथा सहकारीको दिन पर्तिदिन संख्या बढ्दै गइ राखेको छ । हालै लालबन्दीमा विभिन्न अस्पताल कल कारखाना थपिने क्रम पनि उलेखनीय रूपमा भै राखेकोले होला त्यसैले पनि लालबन्दीको जमीनको मूल्य आकासिदै गएको छ ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

लालबन्दी, जब्दीपत्थरकोट गाविसहरूलाई मिलाएर लालबन्दी नगरपालिका बनाइएको हो ।[२] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर लालबन्दी नगरपालिकाको जनसङ्ख्या २७,८१२ रहेको छ । लालबन्दी नगरपालिकामा ५,६८२ घरधुरि छन ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. २.० २.१ "जिल्ला विकास समिति, सर्लाही (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सर्लाही, http://www.ddcsarlahi.gov.np/app/webroot/index.php/content_pages/view/1556। 
  3. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  4. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  5. ५.० ५.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति
  6. "तरकारीखेतीले किसानको जीवनशैलीमा परिवर्तन"  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]