लाली गुराँस
| लाली गुराँस Rhododendron arboreum | |
|---|---|
| लाली गुराँस फूल |
|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| (unranked): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म) |
| (unranked): | Eudicots |
| (unranked): | Asterids |
| गण: | Ericales |
| कुल: | Ericaceae |
| वंश: | Rhododendron |
| Subgenus: | Vireya |
| प्रजाति: | R. arboreum[१] |
लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ। यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो। लाली गुराँस साधारण तया माघ, फागुन तिर फूलेको देखिन्छ। तर छिटो फूल्ने ठाउँमा यो फूल पौषको महिनामा पनि फूलेको देखिन्छ। फूलको रंग रातो हुन्छ। फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ। यसको पात लामो हुन्छ। पातको लम्बाई लगभग ५ देखि १० से.मी.सम्म हुन्छ। यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ। निम्न पहाडी भू-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ।
उपयोग [सम्पादन गर्ने]
यसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ।
यो पतझड अर्थात् decidious वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ। उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र-बैशाख महिनामा फूल्ने गर्दछ।
गुराँस २ प्रकारका हुन्छन्। लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। ३ हजार मीटर भन्दा माथिको उचाइमा सेतो गुराँस अर्थात् चिमाल पाइन्छ। दुवै प्रकारका गुराँस औषधि मानिन्छन्।
नेपालमा गुराँसको सर्वत बन्दछ। विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ।
महत्व [सम्पादन गर्ने]
सन्दर्भ सामाग्री [सम्पादन गर्ने]
- ↑ Source: RBG, Edinburgh