लिगलिगकोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिगलिगकोट
गोरखा जिल्लाको आँपपिपल गाविस
लिगलिगकोटको भग्नावशेष
द्रव्य शाहको दरवार रहेको स्थान
लिगलिगकोट is located in नेपाल
लिगलिगकोट
लिगलिगकोट
साइट जानकारी
अवस्थाभग्नावशेष
साइट इतिहास
सामग्रीढुंगा

लिगलिगकोट गोरखा जिल्लाको आँपपिपल गाविसमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो। सदरमुकामबाट करिब चार कोस टाढा पश्चिममा[१], ४/५ घण्टाको पैदल यात्राबाट पुग्न सकिने लिगलिगकोट आँपपिपल गाविस वडा नम्बर ४मा, समुन्द्री सतहबाट करिब १,४३७ मिटर (४,७९० फिट) उचाईमा अवस्थित छ |[२] यो स्थान दौड जित्ने मानिस एक वर्षको लागि राजा बन्ने परम्पराको लागि प्रख्यात छ। लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो, हाल उक्त दरवार नभए पनि दरवारको भग्नावशेष यद्यपी त्यहाँ विद्यमान छ। कोट आसपासमा भत्किएर भग्नावशेष रूपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका ससाना देवीदेवताका मन्दिर छन्।[१] मर्स्याङ्दी नदी र चेपे नदीको सँगमस्थल चेपेघाटदेखि यस स्थान सम्म दौडेर प्रथम हुने घले राजा हुने परम्परा रहेको थियो।

नामाकरण[सम्पादन गर्नुहोस्]

लिगलिगकोटको नाम स्थानीय मगर भाषामा सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द लिङलिङ र युद्धसामग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागि प्रयोग हुने शब्द कोट मिलेर बनेको लिङलिङकोटबाट अपभ्रंश भएर बनेको विस्वास गरिन्छ। यो स्थान डाँडाको टुप्पोमा रहेको र त्यहाबाट हेर्दा वरपरको मनमोहक दृश्य देखिने हुदा,यो स्थानलाई लिङलिङकोट भनिएको र त्यही शब्द अपभ्रंश भएर लिगलिगकोट भन्नथालिएको हुनसक्ने इतिहासकार तथा स्थानीय वासिन्दा बताउछन।[२][३]

खस राज्य स्थापना हुनु अघि लिगलिग लगायत सम्पूर्ण गोरखा क्षेत्र मगरहरूको अधिनमा थियो त्यसैले यहाँका नदी, पहाड, खोला आदिको नाम मगर भाषाबाट नै भएको पाइन्छ। मर्स्याङ्दी, दरौंदी, भुसुन्दी, घिरुङ्ग, खोप्लाङ्ग लगायतका नामहरू जस्तै उक्त स्थानको नाम लिङलिङ रहेको र पछि खसहरूको आगमनसँगै उक्त शब्दलाई गलत उच्चारण गरिएर लिगलिग भएको अनुमान गर्न सकिने इतिहासकारहरूको राय छ।

इतिहास[सम्पादन गर्नुहोस्]

प्राचीन समयमा गोरखा विभिन्न राजवंशद्वारा शासित भएको थियो। राजा यक्ष मल्ल पछि, तत्कालिन गोरखा राज्य राजा मुकुन्द सेनको कब्जामा पुग्यो। शक्तिशाली राजा मुकुन्द सेनले उपत्यकामा तीन प्रमुख हमलाको प्रयास गरेका थिए तर सफल हुन सकेनन्। बिसं १६०३मा मुकुन्द सेनको मृत्यु पश्चात उनको छोरा पिताले विजय प्राप्त गरेको विशाल भूमि शासन गर्नमा असमर्थ भए। त्यसपछि विभिन्न राज्यका मुखियाहरूले आफूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले। यसरी मुकुन्द सेनको राज्य टुक्रिएर गोरखा क्षेत्रमा नै लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट, बार्पाक आदि राज्यमा विभाजित भयो। यसरी विभाजित राज्यहरू मध्ये लिगलिगकोटमा एउटा नयाँ परम्पराको थालनी भयो। दौडबाट राजा छान्ने परम्परा। प्रत्येक वर्ष विजया दशमीका दिन लिगलिगकोटको मुल दरवारबाट करीब १० किलोमिटर टाढा रहेको चेपेघाटदेखि दौडेर जो पहिला लिगलिगकोटसम्म पुग्थ्यो त्यो व्यक्ति एक वर्षको लागि लिगलिगकोटको राजा हुने गर्दथ्यो। [२]

चित्रावाली[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]