लुइस स्वारेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुई स्वारेज
व्यक्तिगत जानकारी
पुरा नाम लुई आलबेर्तो स्वारेज दियास
जन्म मिति (1987-01-24) २४ जनवरी १९८७ (उमेर ३७)
जन्म स्थान साल्तो, उरुग्वे
उचाइ १.८१ मी (५ फिट ११ इन्च)
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
एफसी बार्सिलोना
सङ्ख्या
युवा करियर
सन् २००३-२००५ नास्योनाल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००५-२००६ नास्योनाल २७ (१०)
सन् २००६-२००७ ख्रोनिङेन २९ (१०)
सन् २००७-२०११ एएफसी आयाक्स ११० (८१)
सन् २०११-२०१४ लिभरपुल ११० (६९)
सन् २०१४–२०२० बार्सिलोना १६३ (१३१)
२०२०- एथ्लेटिको म्याड्रिड
अन्तर्राष्ट्रिय करियर
सन् २००६-२००७ २० वर्ष मुनिको राष्ट्रिय फुटबल टोली (२)
सन् २०१२- २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टोली (३)
सन् २००७- उरुग्वे १०६ (५५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २० मे २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ६ जुलाई २०१९

लुइ आलबेर्तो स्वारेज दियास (जन्म २४ जनवरी १९८७) उरुग्वेली फुटबल खेलाडी हुन्। उनी एथ्लेटिको म्याड्रिड र उरुग्वेको राष्ट्रिय टोलीमा अग्रपङ्क्तिको रूपमा खेल्ने गर्दछन्।

स्वारेजलाई उनको पुस्ताको एक महान खेलाडी र फुटबल इतिहासको महान अग्रपङ्क्ति खेलाडी मध्ये एक मानिन्छ। [note १] स्वारेजले आफ्नो व्यावसायिक फुटबल खेल जीवनमा क्लब स्तरको ७ लिग, १ युएफा च्याम्पियन्स लिग र उरुग्वेको तर्फबाट २०११ कोपा अमेरिका सहित १९ वटा मुख्य उपाधिहरू जितेका छन्। सदावहार गोलकर्ता स्वारेजले दुई युरोपेली सुनौलो जुत्ता, एरिडिभिसी सुनौलो जुत्ता, एक प्रिमियर लिग सुनौलो जुत्ता र पिचिची उपाधि जितेका छन्। उनले क्लब र देशको लागि ५०० भन्दा धेरै गोल गरिसकेका छन्।[९][१०]

स्वारेज आफ्नो फुटबल खेल जीवन भरी विवादले घेरिएका छन्। [note २] उनले तीन पटक आफ्नो विपक्षी खेलाडीलाई टोकेका थिए भने सन् २०१० को विश्वकपमा उनले गोल लाइनमा हातले बल रोकेका थिए। [note ३] स्वारेजलाई मैदानमा लडेको नाटक गर्ने आरोप लाग्ने गरेको छ र यो कुरा उनले स्वीकार गरेका छन्।[१८][१९] सन् २०११ मा फुटबल सङ्गठनले उनलाई पेत्रिस इभ्रालाई जातीय दुर्ववहार गरेकोमा दोषी पाइएको थियो भने यो निर्णयमा स्वारेजले विवाद गरेका थिए।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

क्लब खेल जीवन[सम्पादन गर्नुहोस्]

बार्सिलोनाबाट फुटबल खेल्दै स्वारेज

स्वारेज हाल विश्व चर्चित फुटबल क्लब एथ्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने गर्दछन्। यस अघि उनी बार्सिलोनाका एक महत्त्वपूर्ण अग्रपङ्क्ति खेलाडी थिए।

बार्सिलोना[सम्पादन गर्नुहोस्]

हस्ताक्षर र निलम्बन[सम्पादन गर्नुहोस्]

स्वारेजले बार्सिलोनाको लागि पहिलो खेलमा क्लब लियोन विरुद्ध सन् २०१४ अगस्टमा खेल खेलेका थिए।

सन् २०१४ जुलाई ११ का दिन स्वारेजले गोप्य स्थानान्तरण मूल्यमा बार्सिलोनासँग पाँच वर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। [२०] यद्यपि फुटबल लिकद्वारा सार्वजनिक गरिएको कागजात अनुसार मुल्य £६४.९८ मिलियन (€८२.३ मिलियन) थियो। यसबाट उनी विश्व फुटबल इतिहासमा सबैभन्दा मूल्यवान खेलाडी मध्ये एक बनेका थिए।[२१][२२] बार्साले सन् २०१४-१५ संस्करणमा स्वारेजले ९ नम्बरको खेल पोशाक लगाउने कुरा पक्का गरेको थियो। [२३]

२०१४ फिफा विश्वकपमा इटालीका खेलाडी जर्जो किएलिनीलाई टोकेकोमा उनलाई दोषी पाएकाले स्वारेजले उक्त संस्करणको पहिलो भाग छुटाएका थिए। [२४][२५] उनको निलम्बनको हिस्साको रूपमा उनलाई बार्सिलोनामा प्रशिक्षण सहित (२६ अक्टोबर सम्म) सबै प्रकारको "फुटबल सम्बन्धी गतिविधि" बाट प्रतिबन्ध गरिएको थियो। उनलाई सो अवधिमा दर्शकको रूपमा रङ्गशालामा प्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको थियो।[२४][२५]

२४ जुलाईमा स्वारेज र उनका वकिलले खेलकुदको मध्यस्तकर्ता न्यायलयमा अपिल दायर गरेपछि उनको प्रतिबन्ध छोट्ट्याउन वा निलम्बन हटाउन आग्रह गरिएको थियो।[२६] ८ अगस्ट मा स्विट्जरल्यान्डको लाउसानेमा उनको पक्षको सुनुवाई भएको थियो। [२७] ६ दिन पछि खेलकुद न्यायलयले फिफाद्वारा स्वारेज माथि गरिएको ४ महिना खेलबाट निलम्बन र ९ अन्तर्राष्ट्रिय खेलको प्रतिबन्धलाई अनुमोदन गरेको थियो। यद्यपि खेलकुद न्यायलयले खेलाडीको "फुटबल सम्बन्धी गतिबिधी"को प्रतिबन्ध हटाएपछि उनलाई बार्सिलोनामा प्रशिक्षण गर्न अनुमति दिएको थियो। यो प्रतिबन्धको कारण स्वारेज २०१५ कोपा अमेरिकामा सहभागी हुन प्रतिबन्धित भएका थिए।

खेलकुद मध्यस्थता न्यायलयले स्वारेजलाई मैत्रीपूर्ण खेलमा सहभागी हुन अनुमति दिएपछि उनले १८ अगस्टमा क्याम्प नाउमा क्लब लियोन विरुद्ध बार्सिलोनाको लागि पहिलो खेल खेलेका थिए। उनी राफिन्याको स्थानमा प्रवेश गर्दै अन्तिम १४ मिनेट खेलेका थिए। स्वारेज मैदान प्रवेश गर्दा सहकर्मी खेलाडी लियोनेल मेसीनेयमारलाई प्रतिस्थापन गरिइसकेको थियो। [२८]

सन् २०१४-१५: एमएसएन त्रीमुर्ती र ट्रिबल विजेता[सम्पादन गर्नुहोस्]

स्वारेजले बार्सिलोनाको प्रतिस्पर्धा खेलमा अक्टोबरमा २५ का दिन लियोनेल मेसी र नेयमार सँगै एल क्लासिकोमा रियल म्याड्रिड विरुद्ध प्रवेश गरेका थिए। [२९] उनले खेलको चौँथो मिनेटमा सुरुवाती गोलको लागि उनले नेयमारलाई सहायता प्रदान गरेका थिए। दोस्रो हाफमा स्वारेजलाई प्रतिस्थापन गरिएपछि बार्सिलोना त्यस खेलमा ३-१ ले पराजित भएको थियो। [२९] क्लबको लागि उनले पहिलो गोल २६ नोभेम्बरमा अपोएल एफसी विरुद्ध च्याम्पियन्स लिगको समूह चरणको खेलमा गरेका थिए। त्यो खेल बार्सिलोनाले ४-० ले जितेको थियो। [३०] २० डिसेम्बरमा उनको ला लिगाको आठौँ खेलमा उनले क्लबको लागि पहिलो लिग गोल गरेका थिए। कोर्दोवा विरुद्धको खेलमा बार्सिलोना ५-० ले विजयी भएको थियो।[३१]

बर्लिनमा हुने सन् २०१५ युएफा च्याम्पियन्स लिगको अगाडि आक्रमक त्रिमुर्ती मेसी, स्वारेज र नेयमारको तस्वीर प्रदर्शन गर्दै बार्सिलोना समर्थकहरू

स्वारेजले बार्सिलोनामा पहिलो संस्करणको सबै खाले प्रतियोगितामा २५ गोल र गोल गर्नका लागि २० सहयोग गरि अन्त्य गरेका थिए।[३२] बार्सिलोनाले ला लिगा कोपा देल रे र च्याम्पियन्स लिग ट्रिबल जितेको यो दोस्रोपटक थियो। बार्सिलोनाको आक्रमक त्रिमुर्ती मेसी, स्वारेज र नेयमार छोटकरीमा "एमएसएन" ले १२२ गोल गरि स्पेनीी फुटबल इतिहासकै आक्रमक त्रिमुर्तीले एकै संस्करणमा गरेको सर्वाधिक गोलको कीर्तिमान बनाएको थियो। [३३]

अन्तर्राष्ट्रिय खेल जीवन[सम्पादन गर्नुहोस्]

स्वरेजलाई सन् २००७ को २० वर्ष मुनिको फिफा विश्व कपको छनोट चरण खेल्नको लागि बोलाइएको थियो तर उनको क्लबले उनलाई खेल्न पठाएको थिएन। तैपनी उनले यो प्रतियोगिताको चार खेलमा दुई गोल गरेका थिए।[३४] उनले स्पेन विरुद्ध बराबरी गोल गरेका थिए[३५] र अमेरिका विरुद्ध एक गोल गरेतापनि अमेरिका २-१ गोलले विजयी भएको थियो र उरुग्वे प्रतियोगिताबाट बाहिएको थियो। [३६]

स्वारेजले वरिष्ठ टोलीमा सन् २२०७ फेब्रुअरी ८ का दिन प्रवेश गरेका थिए। कोलम्बिया विरुद्धको खेलमा उरुग्वे ३-१ ले विजयी भएको थियो। खेलको ८५औँ मिनेटमा दोस्रोपटक पहेँलो कार्ड पाएर उनले मैदान छाडेका थिए। स्वारेजले सन् २०१० को विश्व कप छनोटको २० मध्ये १९ खेल र इन्टर कन्फिडिरेसन प्ले अफको खेलमा पाँच गोल गरेका थिए।[३४]

स्वारेज र डिएगो फोर्लान

सन् २०१० फिफा विश्वकप[सम्पादन गर्नुहोस्]

सन् २०१० जुनमा उरुग्वेका प्रशिक्षक ओस्कार तेबारेजले उरुग्वेको विश्वकप टोलीमा स्वारेजको नाम छनोट गरेका थिए। [३७] उरुग्वेले फ्रान्स विरुद्ध ०-० खेल्दै प्रतियोगिता सुरु गरेको थियो।[३८] दोस्रो खेलमा दक्षिण अफ्रिका विरुद्ध ३-० को जितमा स्वारेजले पेनाल्टी मार्फत एक गोल र एल्भारो पेरेरालाई थप समयमा एक गोलको सहायता गरेका थिए।[३९] समूह चरणको अन्तिमा खेलमा मेक्सिको विरुद्धको १-० जितमा एडिनसन काभानीको पासमा हेड गर्दै गोल गरेका स्वारेज खेलको उत्कृष्ट खेलाडी घोषित भएका थिए।[४०][४१] उरुग्वे समूह क को विजेता बनी नक आउट चरणमा पुगेेेेको थियो [४०][४१]

अन्तिम १६ मा दक्षिण कोरिया विरुद्धको खेलमा २-१ को जितमा स्वारेजले दुवै गोल गरेका थिए। बराबरीमा चलिरहेको खेलको उनले ८०औँ मिनेटमा रक्षापङ्क्तिका खेलाडीहरूलाई छलाएर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।[४२] स्वारेज यस खेलको उत्कृष्ट खेलाडी बनेका थिए।[४२] यो जितले उरुग्वे १९७० पछि पहिलो पटक क्वाटर फाइनलमा प्रवेश गरेको थियो। [४३]

घाना विरुद्धको क्वाटर फाइनलको खेलमा नियमित समयको खेल १-१ को बराबरीमा टुङ्गिएको खेलमा समय थप गरिएको थियो। थप समयको उत्तरार्ध तिर घानाको फ्रि किक प्रहारलाई स्वेरजले गोल लाइनमा छेकेका थिए। [४४] उनले त्यस पछिको डोमिनिक अडियाहको हेडरलाई हातले छेकेर व्यवसायिक फल गरेर आफ्नो टोलीलाई जिताएका थिए।[४५] उनको यो हर्कतबाट उनलाई रेड कार्ड दिइएपछि उनले मैदान छाडेका थिए। [४४] खेलबाट बाहिरिएर भित्र छिर्दै गर्दा पेनाल्टी प्रहार हेर्न रोकिएका स्वारेज पेनाल्टीमा गोल नभएपछि खुसी मनाएका थिए।[४६][४७] उरुग्वेले पेनाल्टी सुटआउट ४-२ गोल अन्तरले जित्न सफल हुँदै सेमिफाइनल पुगेको थियो। [४४][४८] खेल पछि स्वारेजले भनेका थिए, "मैले प्रतियोगिता कै उत्कृष्ट बचाउ गरेँ।"[४५] उनले उनीसँग "विकल्प नभएको, आफू स्वाभाविक प्रवृत्ति भन्दा बाहिर भएको र यदि यसले आफ्नो टोलीलाई जिताउँछ भने यो फेरी गर्ने" बताएका थिए।[४९] घानाको मुख्य प्रशिक्षाक मिलोभान राजेभाकले खेल "अन्यायपूर्ण" भएको बताउँदै[४६] उनले स्वारेजलाई खलनायक र धोकेवाजको सङ्ज्ञा दिएका थिए।[५०][४९] अन्यले उनलाई नायकको नजरले हेरेका थिए।[५१] रातो कार्ड पाए पछि उनले स्वत: अर्को सेमिफाइनल खेल गुमाएका थिए।[५०]

घाना विरुद्धको खेलमा रातो कार्ड पाएकाले स्वारेज सेमिफाइनल खेलका लागि निशकाशित भएका थिए।[५२] नेदरल्यान्ड विरुद्धको सेमिफाइनलमा उनको अभाव प्रष्ट देखिन्थ्यो [५३] भने उरुग्वे ३-२ गोल अन्तरले पराजित भएको थियो।[५४][५५] जर्मनी विरुद्धको तेस्रो स्थानको खेलमा स्वारेज खेलमा फर्किएका थिए। [५६] उनले काभानीलाई उरुग्वेको पहिलो गोलका लागि सहायता गरेतापनि[५७] उरुग्वे ३-२ गोल अन्तरले पराजित भएको थियो। [५६] प्रतियोगिता भरी स्वेरजले ६ खेलमा ५४३ मिनेट खेल्दै तीन गोल गरेका थिए। [५८]

सन् २०११ कोपा अमेरिका[सम्पादन गर्नुहोस्]

२०११ कोपा अमेरिका फुटबलमा स्वारेज सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए

२०११ कोपा अमेरिकामा उरुवेको पहिलो खेलमा स्वारेजले पेरु विरुद्धको खेलमा १ गोल गरेर उरुग्वेलाई अग्रता दिलाएका थिए। त्यो खेल १-१ को बराबरीमा सकिएको थियो। [५९] अर्को खेलमा उनलेे अल्भारो परेेेरालाई चिली विरुद्धको १-१ बराबरीको लागि गोल गर्न सहायता गरेका थिए[६०] उरुग्वे समूहमा दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेको थियो। [६१] उसले मेेकसिकोसंँग १-० को जित र पेरु र चिलीसँग बराबरीमा खेलमा टोलीको तर्फबाट खेलेका थिए।[६२] क्वाटरफाइनलमा उरुग्वेले आयोजक अर्जेन्टिनासँग नियमित समय र थप समयसम्म १-१ को बराबरी खेलेेको थियो। उरुग्वेले पेनाल्टी सुटआउट ५-४ गोल अन्तरले खेल जितेेेेको थियो। [६३][६४] स्वारेजलेे सेेेेमिफाइनलमा पेेेरु विरुद्धको २-० को जितमा दुवै गोल गर्दै खेलको उत्कृष्ट खेलाडी बनेका थिए।[६५] फाइनलमा स्ववारेजले सुरुवाती गोल गर्दै र डिएगो फोर्लानलाई दोस्रो गोललाई सहायता गरेका थिए। उरुग्वेले पारग्वेलाई ३-० ले हराएर किर्तिमानी १५ कोपा अमेरिका उपाधी जितेको थियो। [६६][६७] स्वारेजले ४ गोल गर्दै र दुई सहायता गरेका थिए। उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। [६६][६८]

२०१४ फिफा विश्व कप, टोकाइको तेस्रो घटना[सम्पादन गर्नुहोस्]

२०१४ फिफा विश्व कपमा इंल्यान्ड विरुद्ध दुई गोल मध्ये एक गोलको खुसी मनाउँदै स्वारेज (बीचमा)

स्वारेज २०१४ विश्व कपको दक्षिण अमेरिकी छनोट अभियानमा सर्वाधिक गोलकर्ता भए। उनले १४ खेलमा ११ गोल गरेका थिए। [६९] २०१३ नोबेम्बरमा एएफसी-कोन्मेबोल प्ले अफमा, उरुग्वेले जोर्डनलाई ५-० पराजित गरि २०१४ फिफा विश्व कपमा छनोट भयो।[७०]

मे २२ मा, स्वारेजले आफ्नो बायाँ घुँडाको शल्यक्रिया गराउनु पर्यो। केही समयको लागि उनी व्हिलचेयरमा सिमित भए। यसबाट उनी विश्वकपमा सहभागी हुन नहुने बारे अडकलबाजी सुरु भयो। [७१][७२][७३] कोस्टा रिका विरुद्धको उरुग्वेको पहिलो खेलमा उनी सब्स्टिच्युट थिए, तर खेल खेलेनन्। त्यो खेलमा उरुग्वे ३-१ ले पराजित भयो। स्वारेजले इंल्यान्ड विरुद्धको उरुग्वेको दोस्रो खेलबाट सुरुवात गरे। साउ पाउलोको एरिना कोरिन्थियन्स मैदानमा भएको खेलमा २-१ को जितमा स्वारेजले दुवै गोल गरे। [७४]

"These are just things that happen out on the pitch. It was just the two of us inside the area and he bumped into me with his shoulder and that's how my eye got like this as well. There are things that happen on the pitch and you should not make such a big deal out of them."

— Suárez's post-match interview against Italy, 24 June 2014.[७५]

"... I lost my balance ... falling on top of my opponent ... I hit my face against [Chiellini], leaving a small bruise on my cheek and a strong pain in my teeth."

— Suárez's defence to the FIFA Disciplinary Committee, 25 June.[७६]

"... the truth is that my colleague Giorgio Chiellini suffered the physical result of a bite in the collision he suffered with me ... I apologize to Giorgio Chiellini and the entire football family. I vow to the public that there will never again be another incident like [this]."

— Suárez on 30 June 2014.[७७]

अन्तर्राष्ट्रिय गोल[सम्पादन गर्नुहोस्]

अद्यावधिक ८ जुन २०२१ [७८]
राष्ट्रिय टोलीमा वर्ष अनुसार खेल र गोल
राष्ट्रिय टोली वर्ष खेल गोल
उरुग्वे सन् २००७
सन् २००८ १०
सन् २००९ १२
सन् २०१० ११
सन् २०११ १३ १०
सन् २०१२
सन् २०१३ १६
सन् २०१४
सन् २०१६
सन् २०१७
सन् २०१८ ११
सन् २०१९
सन् २०२०
सन् २०२१
कुल ११८ ६३

जितेका उपाधिहरू[सम्पादन गर्नुहोस्]

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

लिभरपुल

  • फुटबल लिग कप: सन् २०११-१२

बार्सिलोना

एथ्लेटिको म्याड्रिड

उरुग्वे

विवादहरू[सम्पादन गर्नुहोस्]

स्वारेजलाई व्यापक रूपमा लडेको नाटक गर्ने आरोप लाग्ने गरेको छ। [note ४] उनको प्रशिक्षक, सहकर्मीहरू र धेरै विश्लेषकहरूले लडेको नाटक गर्ने उनको क्रियाकलापले गर्दा रेफ्रीहरूले उनले पाउने पर्ने पेनाल्टी समेत दिँदैनन् भनेर टिप्पणी गरेका थिए। [८२][८३] सन् २०१३ को जनवरीमा स्वारेजले स्टोक सिटी विरुद्धको सन् २०१२ अक्टोबरको खेलमा लडेको नाटक गरेको स्वीकर गरेका थिए। त्यसपछि उनका व्यवस्थापक ब्रेन्डन रोड्जर्सले उनको काम "अस्वीकार्य" भएको टिप्पणी गरेका थिए र उनी आन्तरिक रूपमा क्लबमा कुरा गर्ने बताएका थिए [८४] सन् २०१८ को विश्वकपमा पोर्चुगल विरुद्धको खेलमा पोर्चुगेली खेलाडीसँग ठोकिएपछि दुई पटक टाउकोमा चोट लागेको जस्तो नाटक उनले गरेतापनि स्वारेजको टाउको छोइएको थिएन। [८५]

स्वारेजले अनेक पटक विपक्षी खेलाडीलाई टोकेकोमा बद्नाम भएका छन्। सन् २०१४ को विश्वकपको 'समूह घ' खेलमा स्वारेजले इटालीका मध्यपङ्क्ति खेलाडी जर्जो किएलिनीलाई टोकेका थिए। परिणामस्वरूप फिफाले उनलाई ४ महिना सबै प्रकारको फुटबल गतिविधिबाट निश्काशन गरेको थियो। लिभरपुलबाट खेल्दा प्रिमियर लिगको खेलमा स्वारेजले चेल्सीका खेलाडी ब्रानिस्लाभ इभानोभिकलाई टोकेका थिए र सजायस्वरुप उनलाई १० खेलमा प्रतिबन्ध गरिएको थियो। यो भन्दा अघिल्लो घटनामा एएफसी आयाक्सबाट खेल्दा उनले ओट्मान बक्कललाई टोकेकोले उनलाई सात खेलमा निष्कासन गरिएको थियो। स्वारेजलाई प्रिमियर लिग र युएफा युरोपा लिगको खेलमा विपक्षी खेलाडीलाई खुट्टाले हान्नेेेको आरोप पनि लाग्ने गरेको छ। [८६][८७][८८][८९]

उनको लडेको नाटक गर्ने, स्टाम्पिङ र अन्य हास्यास्पद तथा असामान्य क्रियाकलापले गर्दा उनलाई बारम्बार आइस हक्कीको धोकेबाजको रूपमा सङ्ज्ञा दिइन्छ। [९०][९१] सन् २०१३ को डिसेम्बरमा स्पेनी फुटबल वेबसाइट एल गोल डिजिटलले विश्वको सबैभन्दा खराब खेलाडीहरूको सूचीमा उनलाई पाँचौँ स्थानमा राखेको थियो। [९२]

टिप्पणी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "The 100 best footballers in the world 2013 – interactive", The Guardian, २० डिसेम्बर २०१३, अन्तिम पहुँच १ जनवरी २०१४ 
  2. "Uruguay's Suárez, Known for Biting, Leaves Mark on World Cup", The New York Times, २५ जुन २०१४। 
  3. "Uruguay v England: Luis Suarez proved he is best in the world, says Peter Taylor", SkySports। 
  4. Quarrell, Dan (२१ सेप्टेम्बर २०१५), "Why Luis Suarez is better than Lionel Messi and Cristiano Ronaldo – Cristian Rodriguez", Eurosport, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१५ 
  5. "The 100 best footballers in the world 2016 – interactive", The Guardian, २० डिसेम्बर २०१६। 
  6. "Thierry Henry considers Suarez the best striker in the world", Hitc, १९ जुलाई २०१४, अन्तिम पहुँच १९ जुलाई २०१४ 
  7. "Luis Suarez: The best striker in Barcelona's history", Marca, २४ सेप्टेम्बर २०२०, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२० 
  8. "Barcelona striker Luis Suarez is Uruguay's 'best ever player'", Standard, २१ अप्रिल २०२०, अन्तिम पहुँच १५ जुन २०२१ 
  9. "Outrageous assist tees up Suarez's 300th", Fox Sports, १ नोभेम्बर २०१५। 
  10. Shaw, Chris (२४ डिसेम्बर २०१७), "Luis Suarez celebrates 400-goal landmark", Liverpool FC, अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  11. "Luis Suárez: 10 previous controversies involving the Liverpool striker", The Guardian, २१ अप्रिल २०१३, अन्तिम पहुँच २५ जुन २०१४ 
  12. "Luis Suarez: a history of controversy", ITV (TV network), २४ जुन २०१४, मूलबाट ९ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१४ 
  13. "Luis Suarez bites Giorgio Chiellini: Uruguay striker's career flashpoints", The Daily Telegraph (London), २४ जुन २०१४, अन्तिम पहुँच २५ जुन २०१४ 
  14. "Luis Suárez: 'The Cannibal of Ajax'?", The Guardian, Associated Press, २२ नोभेम्बर २०१०, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  15. Fifield, Dominic (२१ अप्रिल २०१३), "Luis Suárez's bite has proven again he is a liability, even at his peak", The Guardian, अन्तिम पहुँच २१ अप्रिल २०१३ 
  16. De Menezes, Jack (२४ जुन २०१४), "Luis Suarez bite: Uruguay striker accused of biting Giorgio Chiellini in latest controversy during World Cup clash", The Independent, अन्तिम पहुँच २४ जुन २०१४ 
  17. Borden, Sam (२५ जुन २०१४), "Uruguay's Suárez, Known for Biting, Leaves Mark on World Cup", New York Times, अन्तिम पहुँच २५ जुन २०१४ 
  18. १८.० १८.१ "World Cup: England striker Daniel Sturridge insists he won't cheat to win", Sky Sports, अन्तिम पहुँच २५ जुन २०१४ 
  19. "Luis Suarez diving: Liverpool boss Brendan Rodgers reveals anger", BBC Sport, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  20. "FC Barcelona and Liverpool FC have reached an agreement for the transfer of Luis Suárez" (प्रेस विज्ञप्ति), F.C. Barcelona, ११ जुलाई २०१४, मूलबाट १२ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१७ 
  21. "Revealed: How much Luis Suarez really cost Barcelona", The Daily Telegraph, २८ मार्च २०१६, अन्तिम पहुँच २४ अगस्ट २०१६ 
  22. Whaling, James (२८ मार्च २०१६), "Luis Suarez's Barcelona transfer fee "revealed as £65m" – £10m LESS than his Liverpool release clause", Mirror, अन्तिम पहुँच २९ अगस्ट २०१६ 
  23. "Luis Suárez, FC Barcelona's number 9", FC Barcelona, ११ जुलाई २०१४, मूलबाट १२ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुलाई २०१४ 
  24. २४.० २४.१ "Luis Suárez suspended for nine matches and banned for four months from any football-related activity", FIFA, २६ जुन २०१४, मूलबाट ३ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१४ 
  25. २५.० २५.१ De Menezes, Jack (२६ जुन २०१४), "Luis Suarez banned: Fifa hand striker record nine-game ban AND a four month football ban for biting Giorgio Chiellini in biggest ever World Cup suspension", The Independent, अन्तिम पहुँच २६ जुन २०१४ 
  26. "FOOTBALL – Decision in the Luis Suarez case", Court of Arbitration for Sport, १४ अगस्ट २०१४, मूलबाट २१ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०१४  वेब्याक मेसिन अभिलेखिकरण २१ अगस्ट २०१४ मिति
  27. "CAS hears the appeal of Luis Suarez", Court of Arbitration for Sport, ८ अगस्ट २०१४, मूलबाट २१ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अगस्ट २०१४  वेब्याक मेसिन अभिलेखिकरण २१ अगस्ट २०१४ मिति
  28. Lowe, Sid (१८ अगस्ट २०१४), "Luis Suárez finally makes Barcelona bow as substitute against León", The Guardian, अन्तिम पहुँच २३ अगस्ट २०१४ 
  29. २९.० २९.१ Sanghera, Mandeep (२५ अक्टोबर २०१४), "Real Madrid 3–1 Barcelona", BBC Sport, अन्तिम पहुँच २५ अक्टोबर २०१४ 
  30. Papantonopoulou, Vassiliki (२५ नोभेम्बर २०१४), "Record-breaker Messi leads Barça stroll at APOEL", UEFA, अन्तिम पहुँच २६ नोभेम्बर २०१४ 
  31. "Barcelona 5–0 Córdoba", BBC Sport, २० डिसेम्बर २०१४, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  32. "Luis Suárez", Goal.com, अन्तिम पहुँच ७ जुन २०१५ 
  33. "Barcelona's Luis Suárez, Leo Messi and Neymar too good for Juventus", The Guardian, ६ जुन २०१५। 
  34. ३४.० ३४.१ "Luis SUAREZ", FIFA.com, अन्तिम पहुँच २१ अगस्ट २०११ 
  35. Bell, Jack (९ जुलाई २००७), "U-20s: USA vs. Uruguay – the Preview", NYTimes.com (The New York Times Company), अन्तिम पहुँच २७ अगस्ट २०११ 
  36. "Match 38 – USA – Uruguay", FIFA.com, ११ जुलाई २००७, मूलबाट २७ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अगस्ट २०११ 
  37. "Tabarez trims Uruguay team to 23", FIFA.com, Press Association, १ जुन २०१०, मूलबाट १६ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०११ 
  38. "Uruguay draw a blank", FIFA.com, ११ जुन २०१०, मूलबाट १३ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  39. "Forlan silences South Africa", FIFA.com, १६ जुन २०१०, मूलबाट २७ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  40. ४०.० ४०.१ "Uruguay edge Mexico, both advance", FIFA.com, २२ जुन २०१०, मूलबाट ८ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  41. ४१.० ४१.१ Hassan, Nabil (२२ जुन २०१०), "Mexico 0–1 Uruguay", BBC Sport, अन्तिम पहुँच २८ जुन २०१० 
  42. ४२.० ४२.१ "Suarez double downs South Koreans", FIFA.com, २६ जुन २०१०, मूलबाट ३० अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  43. Chowdhury, Saj (२६ जुन २०१०), "Uruguay 2–1 South Korea", BBC Sport, अन्तिम पहुँच २८ जुन २०१० 
  44. ४४.० ४४.१ ४४.२ "Ghana pay the penalty", FIFA.com, २ जुलाई २०१०, मूलबाट ११ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  45. ४५.० ४५.१ "World Cup 2010: I have hand of God – Uruguay's Suarez", BBC Sport, ३ जुलाई २०१०, अन्तिम पहुँच २४ अगस्ट २०११ 
  46. ४६.० ४६.१ Marcus, Jeffrey (२ जुलाई २०१०), "Uruguay Trades Penalty for Chance at Victory", The New York Times, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  47. MacSwan, Angus (३ जुलाई २०१०), "I had no choice but to handle says Uruguay's Suarez", Reuters, अन्तिम पहुँच ३ जुलाई २०१०  वेब्याक मेसिन अभिलेखिकरण ५ जुलाई २०१० मिति
  48. Telegraph staff and agencies (३ जुलाई २०१०), "World Cup 2010: Uruguay striker Luis Suarez says it was 'Hand of God' against Ghana", The Telegraph, अन्तिम पहुँच ३ जुलाई २०१७ 
  49. ४९.० ४९.१ Doward, Jamie (४ जुलाई २०१०), "Luis Suarez is new World Cup villain after 'hand of God' claim", guardian.co.uk, अन्तिम पहुँच २४ अगस्ट २०११ 
  50. ५०.० ५०.१ White, Jim (४ जुलाई २०१०), "World Cup 2010: why can't football tackle cheats?", The Telegraph (Telegraph Media Group), अन्तिम पहुँच २८ अगस्ट २०११ 
  51. "A country full of gratitude defies freezing weather to honour Uruguay's soccer team", MercoPress, १४ जुलाई २०१०, अन्तिम पहुँच २४ अगस्ट २०११ 
  52. "Uruguay Star Won't Face Additional Sanctions for Handball", The New York Times, Associated Press, ३ जुलाई २०१०, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  53. Hughes, Rob (६ जुलाई २०१०), "Leader and Scorer, Yet Not a Finalist", NYTimes.com (The New York Times Company), अन्तिम पहुँच २३ अगस्ट २०११ 
  54. "Oranje edge five-goal thriller", FIFA.com, ६ जुलाई २०१०, मूलबाट २९ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  55. Clarey, Christopher (६ जुलाई २०१०), "Netherlands 3, Uruguay 2: A Flick of the Head, a Nod to the Past", The New York Times, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  56. ५६.० ५६.१ "Khedira's late winner gives Germany third place at World Cup", CNN, १० जुलाई २०१०, अन्तिम पहुँच २१ अगस्ट २०११ 
  57. "Germany pip Uruguay to third place", FIFA.com, १० जुलाई २०१०, मूलबाट २५ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  58. "9 Luis SUAREZ", FIFA.com, मूलबाट १९ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०११ 
  59. "Uruguay Rallies to Tie Peru in Copa América", NYTimes.com (The New York Times Company), Associated Press, ४ जुलाई २०११, अन्तिम पहुँच २६ अगस्ट २०११ 
  60. "Copa America 2011: Uruguay Vs. Chile: Uruguay And Chile Settle For 1-1 Draw", SBNation (SBNation), ८ जुलाई २०११, अन्तिम पहुँच ८ जुलाई २०११ 
  61. Snowdon, Paul (१३ जुलाई २०११), "Liverpool FC striker Luis Suarez helps Uruguay reach quarter-finals of Copa America Cup with 1–0 win over Mexico", Liverpool Echo (Trinity Mirror), अन्तिम पहुँच २६ अगस्ट २०११ 
  62. "Uruguay Matches", CA2011.com, Copa América 2011, २०११, मूलबाट ७ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०११  वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०१२ मिति
  63. "Matches: Argentina v Uruguay", CA2011.com, Copa América 2011, १६ जुलाई २०११, मूलबाट २६ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०११  वेब्याक मेसिन अभिलेखिकरण २६ अगस्ट २०११ मिति
  64. Fanning, Evan (१६ जुलाई २०११), "Argentina v Uruguay – as it happened | Evan Fanning", The Guardian, आइएसएसएन 0261-3077, अन्तिम पहुँच २७ मे २०२० 
  65. "Suarez sends Uruguay through", FIFA.com, २० जुलाई २०११, मूलबाट १८ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०११ 
  66. ६६.० ६६.१ "Luis Suárez and Diego Forlán shoot Uruguay to record 15th Copa América", The Guardian, २४ जुलाई २०११, मूलबाट ९ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मे २०२० 
  67. "Diego Forlan leads Uruguay to Copa America victory", BBC Sport, २४ जुलाई २०११, अन्तिम पहुँच २७ मे २०२० 
  68. "Suarez voted Player of Tournament at Copa America", en.people.cn, २५ जुलाई २०११, अन्तिम पहुँच २७ मे २०२०  वेब्याक मेसिन अभिलेखिकरण २५ जुन २०२१ मिति
  69. "Top scorers", FIFA, मूलबाट १६ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ मे २०२० 
  70. "World Cup 2014: Uruguay clinch final spot with Jordan win", BBC, २१ नोभेम्बर २०१३, अन्तिम पहुँच ६ डिसेम्बर २०१३ 
  71. "England's World Cup all but over as they lose to Uruguay", The Telegraph, १९ जुन २०१४, मूलबाट ११ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०१४ 
  72. "Uruguay confident Luis Suárez will make World Cup despite knee surgery", The Guardian, United Kingdom, २२ मे २०१४, अन्तिम पहुँच २० जुन २०१४ 
  73. "Missing World Cup would kill Suarez – Gerrard", ESPN, २५ मे २०१४, अन्तिम पहुँच २० जुन २०१४ [dead link]
  74. Phil, McNulty (१९ जुन २०१४), "World Cup 2014: Uruguay 2–1 England", BBC Sport, अन्तिम पहुँच १५ मे २०२० 
  75. "Suarez claims 'these things happen' in biting row", ESPN, अन्तिम पहुँच २७ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण २५ जुन २०१४ मिति
  76. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named lostbalance
  77. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Suarez apology Twitter
  78. "लुई स्वारेज", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच ५ अप्रिल २०१८ 
  79. Hunter, Andy (२६ अक्टोबर २०१२), "Liverpool's Luis Suárez has a history of diving, says David Moyes", The Guardian, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  80. "Luis Suarez 'diving' debate continues", ESPN FC, अन्तिम पहुँच १९ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण ११ अक्टोबर २०१२ मिति
  81. "Chelsea boss Jose Mourinho accuses Luis Suarez of diving", BBC Sport, अन्तिम पहुँच २५ जुन २०१४ 
  82. Percy, John (२४ सेप्टेम्बर २०१२), "Luis Suárez is the victim of a referee witch-hunt over unfair reputation for diving, say Liverpool team-mates", The Daily Telegraph, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  83. Lacey, David (५ अक्टोबर २०१२), "A reputation for diving is hard for referees to forget in a hurry", The Guardian, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  84. "Luis Suarez diving: Liverpool boss Brendan Rodgers reveals anger", BBC Sport, १७ जनवरी २०१३, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  85. "Luis Suarez back to his tenacious best as Uruguay beat Portugal", ESPN, अन्तिम पहुँच १ जुलाई २०१८ 
  86. Smith, Ben (१७ नोभेम्बर २०१२), "Luis Suarez accused of stamping by Wigan boss Roberto Martinez", BBC Sport, अन्तिम पहुँच २७ जुन २०१४ 
  87. White, Jim, "Everton v Liverpool: Luis Suárez is Anfield's inspiration but a pantomime villain to away fans", The Telegraph, अन्तिम पहुँच २७ जुन २०१४ 
  88. "Uefa says no investigation over Luis Suárez 'stamp' against Zenit", BBC Sport, अन्तिम पहुँच २७ जुन २०१४ 
  89. "Luis Suarez appears to stamp on Valencia's Aymen Abdennour", Sky Sports (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०५-२७ 
  90. "Luis Suarez back to his tenacious best as Uruguay beat Portugal", Sky Sports (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०५-१५ 
  91. Skinner, Adam (२०१९-०५-१२), "Barcelona star Luis Suarez slammed in scathing rant for Liverpool antics by Frank Leboeuf", Express.co.uk (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०५-१५ 
  92. Bossi, Dominic (१२ डिसेम्बर २०१३), "Kevin Muscat named football's dirtiest player", Sydney Morning Herald, अन्तिम पहुँच ३१ अगस्ट २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]