लेओनार्दो दा भिञ्ची
| लियोनार्दो दा भिञ्ची | |
|---|---|
|
|
|
| न्वारनको नाम | लियोनार्दो दि सेर पिएरो दा भिञ्ची |
| जन्म | अप्रिल 15, 1452 भिञ्ची, फ्लोरेन्स गणतन्त्र, हाल फ्लोरेन्स राज्य, इटाली |
| मृत्यू | मे 2 1519 (67वर्ष ) Amboise, Touraine (in present-day Indre-et-Loire, फ्रान्स) |
| राष्ट्रियता | इटालियन |
| विधा | कला र विज्ञानका विभिन्न विधाहरू |
| अभियान | High Renaissance |
| प्रमुखकार्य | मोना लिसा, अन्तिम भोज, The Vitruvian Man |
लेओनार्दो दा भिञ्ची (अप्रिल १५, १४५२ - मे २, १५१९) इटालीको फ्लोरेन्समा जन्मेका थिए। उनी इटालियन चित्रकार, मूर्तिकार, निर्माणकर्ता, आविस्कारक र इन्जिनियर थिए।
लेओनार्दोका सबैभन्दा प्रमुख चित्रहरूमा अन्तिम रात्रीभोज र मोना लिसा पर्दछन्।
लेओनार्दो दा भिञ्चीले एक नयाँ चित्रकला शैली विकाश गरे। त्यतिबेलाका चित्रकारहरूले चित्र बनाउन सामान्यतया सेतो पृष्ठभूमि प्रयोग गर्दथे। तर उनी गाढा रङ्गको पृष्ठभूमि प्रयोग गर्दथे। यसले गर्दा प्रमुख वस्तुमा त्रिआयामी प्रभाव पर्न जान्थ्यो। उनी आफ्ना चित्रहरू गाढा शैलीमा बनाउने कारणले प्रशिद्ध थिए, जसमा धेरै छाँयाहरू हुनेगर्दथ्यो।
लेओनार्दो दा भिञ्ची पुनर्जागरण कालका गुरुहरूमध्येका एक थिए। उनी यती हुबहू चित्र बनाउन चाहन्थे कि शरीरले कसरी काम गर्छ भनेर जान्न उनले मानव शरीर चिरेर हेरे।
यो पनि हेर्नुहोस [सम्पादन गर्ने]
पुनर्जागरण कालका यी चित्रकारहरूलाई पनि दा भिञ्चीसँग जोडिने गरिन्छ:
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: लेओनार्दो दा भिञ्ची |