लौका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लौका
लहरामा फलेको हरियो लौका
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
L. siceraria
वैज्ञानिक नाम
Lagenaria siceraria
(Molina) Standl.
पर्याय
  • Cucurbita lagenaria (L.) L.
  • Lagenaria vulgaris Ser.
Lagenaria siceraria var peregrina

लौका तरकारी बनाउने सब्जीको प्रकार जो लहरामा फल्छ, विश्वका प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ । लौका धेरै थरीका हुन्छन् । लौका मानव स्वास्थ्यलाई निकै फाईदाजनक छ। यसका साथै लौका औषधि पनि हो । लौकामा पित्त, कफनासक, रुचिनासक गुण छ । लौकाको जुस ज्वरो, खोकी, मुटुको विकार, गर्भाशयसम्बन्धि सबै रोगको लागि लाभदायक हुने गरेको छ ।


लौकाबाट निम्न लाभहरु प्राप्त गर्न सकिन्छ[सम्पादन गर्नुहोस्]

  • रक्तविकार
रक्त विकारमा आधा गिलास लौकाको जुसमा थोरै मिश्री मिलाएर बिहान बेलुका पिउनाले रगतको विकार कम हुदै जान्छ । 
  • दाँतको दुःखाई
दातको दुःखाईको समस्या भएमा १ सय ग्राम लौकाको गुदी र २५ ग्राम पिसेको लसुन १ लिटर पानीमा उमाल्ने । आधा नहुञ्जेल यसलाई उमालिरहने । त्यसपछि यसलाई जाली कपडाले छान्ने।    छानेको पानीले कुल्ला गर्ने। दिनमा २-३ पटक यसो गर्नाले दाँतको दुःखाई कम हुन्छ ।
  • मुटुको रोग
मुटु रोगीले लौकाको तरकारीका साथसाथै १०/२० मि.ली. लौकाको जुस दिनहुा बिहान पिउनाले फाइदा गर्छ ।
  • पिलो
पिलो भएको व्यक्तिले दैनिक १५/३० मि.ली. लौकाको जुसमा थोरै मिश्री घोलेर २/३ पटक पिउनाले फाइदा गर्दछ।
  • मुत्र नलीको जलन
मुत्रसम्बन्धि रोगमा लौकाको रस निकालेर एक चिम्टि सिधे नुन र कागतीको रस मिलाएर दैनिक बिहान पिउनाले मुत्रनली खुलेर आउाछ र मुत्रनलीको दुःखाई हट्छ।
  • अनिन्द्रा
लौकाको रसमा थोरै तिलको तेल मिलाउने। सुत्नुभन्दा पहिला टाउकोमा राम्रोसाग मालिस गर्ने। केहि दिनपछि राम्रोसाग निन्द्रा लाग्न थाल्छ।
  • रक्तश्राप
रक्तश्रापमा पनि लौका लाभदायक छ। शरीरको कुनै भागमा रगत बगिरहेको अवस्थामा लौकालाई ताछेर ताछेको बोक्रा पिसेर त्यस ठााउमा लगाउने र पट्ट बााध्ने। यसले बगेको रगत रोकिन्छ। यसका साथै लौकाको रस पनि पिउने।
  • ज्वरो, पित्त र बाथ
ज्वरो आएको बेला २० मि.ली. लौकाको रसमा थोरै मिश्री मिलाएर सेवन गर्दा लाभ हुन्छ । यसले बात, पित्तको समस्यामा पनि लाभ पुग्छ ।
  • गर्भाशय सम्बन्धि समस्या
गर्भाशय सम्बन्धि समस्यामा लौकाको रस निकै लाभदायक मानिन्छ। पटक पटक गर्भपतन हुने महिलाहरूले लौकाको रस तथा तरकारीका रूपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ । 

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]